यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
अमेरिकी मिडियाका अनुसार, हालै धेरै सामाजिक सञ्जालहरूमा केही संदिग्ध अमेरिकी सेनाको गोप्य कागजात देखिएको छ । जसबाट रूस–युक्रेन भिडन्तमा अमेरिकी सरकारको गहिरो संलग्नता रहनुका साथै युक्रेनलगायत दक्षिण कोरिया, इजरायल आदि सहयोगीहरूलगायत विभिन्न मुलुकमाथि घनिष्टरूपमा निगरानी गरिरहेको देखिएको छ ।
रूसी राष्ट्रपतिका प्रेस सचिव पेसकोभले अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि निगरानी गरेको सम्भावनालाई नकार्न नसकिने भन्दै वाशिङटनले यसअघि नै अरू मुलुकका राष्ट्राध्यक्षहरू, विशेषगरी युरोपेली मुलुकका नेताहरूलाई निगरानी गर्न थालेको बताउनुभएको छ ।
वास्तवमा विश्वको सबैभन्दा ठूलो ह्याकरको रूपमा रहेको अमेरिकाले नेटवर्क जासुसमा ठूलो मात्रामा लगानी र मानव स्रोत राखेको छ भने लामो समययता अमेरिकी सरकारले राष्ट्रिय हितको नाममा प्रभुत्व जमाउँदै सहयोगीहरूलगायत अरू मुलुकमाथि चौतर्फी निगरानी र इन्टरनेट जासुस गरिरहेको छ ।
सन् २०१३ मा प्रिजम कार्यक्रम खुलासा गरिएको थियो । सार्वजनिक गोप्य कागजातका अनुसार, अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले ३५ वटा विदेशी नेताका टेलिफोनको निगरानी गरेको छ भने प्राविधिक उपायमार्फत प्रतिदिन विश्वव्यापी ५ अर्ब सूचना सङ्कलन गरेको छ । तीमध्ये तत्कालीन जर्मन प्रधानमन्त्री एन्गेला डोरोथी मर्केल पनि समावेश थिए, उहाँमाथि अमेरिकाको निगरानी गतिविधि सन् २००२ देखि ट्रेस गरिएको थियो । त्यसपछि पनि अमेरिकाले युरोपेली नेता र सम्बद्ध व्यक्तिमाथि निगरानी गर्न छोडेको छैन । सन् २०१५ मा विकिलिक्सले एउटा सूचना देखाएको थियो कि अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले अघिपछि गरी फ्रान्सका ३ जना राष्ट्रपतिलाई निगरानी गरेको छ, उहाँहरू ज्याक रेने सिराक, निकोलास सार्कोजी र फ्रान्कोइस गेरार्ड जोच्र्स निकोलास ओलान्डे हुनुहुन्छ ।
सन् २०२१ मा डेन्मार्क मिडियाले पनि रिपोर्ट गरेको थियो कि सन् २०१२ देखि सन् २०१४ सम्म अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले डेन्मार्क रक्षा जासुस एजेन्सीमार्फत डेनमार्क नेटवर्कबाट मौलिक डाटा सङ्कलन गरी जर्मनी, फ्रान्स, स्वीडेन, नर्वे, नेदल्र्यान्डसलगायत युरोपका विभिन्न मुलुकमाथि निगरानी गरेको थियो र ती मुलुकहरूको कडा विरोध गरेको थियो । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पनि सहयोगीबीच निगरानी गर्नु अस्वीकार्य रहेको भन्दै सम्बद्ध गतिविधिका सबै सूचना प्रदान गर्न डेनमार्क र अमेरिकासमक्ष आग्रह गर्नुभएको छ ।
लामो समययता अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत नियमको उल्लङ्घन गरी विदेशी सरकार, व्यवसाय, व्यक्तिमाथि इन्टरनेट जासुस र निगरानी गरिरहेको छ त्यसबाट संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय सङ्गठनको नेटवर्क सुरक्षासम्बन्धी ग्लोबल नियमलाई अमेरिकाले दीर्घकालदेखि अपनाएको छैन र ‘अमेरिका प्राथमिकता’ को रूपमा प्रभुत्व देखिएको छ । यो नै संरा अमेरिका हो ।
Leave a Reply