नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ, जनवरी १ (केसीएनए) । महान् कोरियाली क्रान्तिको उत्साहप्रद विकासले अग्रगति लिइरहेको छ† सबैभन्दा न्यायोचित कार्यभारका साथ अगाडि बढिरहेको छ र कोरियाली मजदुर पार्टीको बुद्धिमत्तापूर्ण मार्गनिर्देशनमा दीर्घकालीन आदर्शलाई दृढतापूर्वक सुनिश्चित गरिएको छ । कोरियाली मजदुर पार्टीले हरेक अवधि र चरणमा वैज्ञानिक मार्ग र स्पष्ट व्यावहारिक कार्यनीति अवलम्बन गर्दै आएको छ । त्यसैको माध्यमले जनसमुदायको नेतृत्व गर्दै र पूर्ण कार्यान्वयन गर्दै आएको छ ।
हाम्रो पार्टीका सदस्यहरूले, कामदार जनताले र राज्य सेवाका कर्मचारीहरूले २०२२ को वर्षमा उच्च साहसका साथ अतुलनीय चुनौतीहरू र खतराहरूलाई पराजित गरेका छन् र सदाविजयी कोरियाली मजदुर पार्टीको सङ्गठित झन्डामुनि महान् कोरियाली जनताको विशेष सुरक्षा गरेका छन् । उनीहरूले यी दिनमा समाजवादी निर्माणको बृहत् विकासको कठिन मार्गमा अद्वितीय बुद्धिमत्ताका साथ सबैभन्दा जटिल कठिनाइमाथि जीत हासिल गरी ठुलो गौरव र आत्मविश्वास हासिल गरेका छन् ।
सन् २०२२ को वर्ष कैयौँ पत्रका परीक्षाले भरिएका थिए । हाम्रो पार्टीका सदस्यहरू, कामदार जनता, अधिकारीहरू र जनसेनाका सदस्यहरूले आफ्नो लक्ष्यको वैधता र स्वाभिमान र सम्मानको रक्षाका लागि वीरतापूर्ण सङ्घर्ष चलाएका छन् । यसप्रकार उनीहरूले शक्तिशालीरूपमा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको क्षमता, त्यसको भावना र कोरियाली क्रान्तिको सशक्त विशेषता प्रदर्शन गरेका छन् । उल्लेख्य र अर्थपूर्ण प्रगति प्राप्त गर्ने प्रक्रियाको क्रममा उनीहरूले आफूमा निहित शक्तिमा अझ दृढ विश्वास गरेका छन्† परिवर्तनका लागि मुख्य कडीहरू पत्ता लगाएका छन् र समग्र विकासको मार्गचित्र अझ व्यापकरूपमा कोरेका छन् ।
वर्तमान चुनौतीपूर्ण परिस्थितिमा खतरनाक र राज्यकै अस्तित्वमाथिको निर्णयात्मक कठिनाइमाथि सफलतापूर्ण विजय प्राप्त गरिसकेपछि कोरियाली क्रान्तिले निरन्तररूपमा पन्छाउनै नसकिने बाधाहरू सामना ग¥यो, जसमाथि कोरियाली मजदुर पार्टीको सही र समयसान्दर्भिक नेतृत्वमा कोरियाली जनताको एकीकृत, शक्तिशाली र साहसी सङ्घर्षबाट मात्र सम्भव छ ।
कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक पार्टी क्रान्तिको सर्वोच्च मुख्यालय केन्द्रीय समितिको कार्यालय भवनमा डिसेम्बर २६ देखि ३१, २०२२ (जुछे १११) मा भएको थियो । उक्त बैठक कोरियाली शैलीको समाजवादलाई ताजा परिवर्तन अगाडि बढाउने, सकारात्मक र वैज्ञानिक नीति अभिमुखीकरणलाई स्पष्ट पार्ने र स्वाधीनता, आत्मनिर्भरता र कोरियाली क्रान्तिको अपरिवर्तनीय दिशानिर्देशअनुसार अघि बढाउने ध्येयका साथ भएको थियो ।
उक्त विस्तारित बैठकको अध्यक्षता कोरियाली मजदुर पार्टीका महासचिव किम जोङ उनले गर्नुभएको थियो ।
किम जोङ उन जब मञ्चमा पुग्नुभयो गड्गडाहट तालिका साथ उत्साहको सञ्चार भएको थियो ।
सबै सहभागीहरूले पार्टी र क्रान्तिका महान् नेता एवं हाम्रो देश र जनताको सम्पूर्ण गौरव र विजय ध्वजाको रूपमा रहनुभएका किम जोङ उनप्रति आदर प्रकट गर्नमा उच्चतम गर्व अनुभूति गरे । कामरेड किमले आत्मविश्वासपूर्वक हाम्रो समाजवादी लक्ष्यलाई समग्र क्रान्तिकारी विकासको नेतृत्व गरिरहनुभएको छ भने स्वाधीनताको पारदर्शी विचारधारा र विशिष्ट नेतृत्वकारी गतिविधिसाथ सिङ्गो पार्टीलाई बलियो बनाउने र सदाविजयी जुछे क्रान्तिलाई अझ माथि उठाउने कार्य गरिरहनुभएको छ ।
उक्त बैठकमा कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको अध्यक्ष मण्डलका सदस्यहरू, राजनीतिक ब्युरोका सदस्य र वैकल्पिक सदस्यहरू र पार्टी केन्द्रीय समितिका सदस्य र वैकल्पिक सदस्यहरूको उपस्थिति थियो । पार्टी केन्द्रीय समितिका विभिन्न विभागका अधिकारीहरू र मन्त्रालय र राष्ट्रिय प्रतिष्ठानका नेतृत्वकारी अधिकारीहरू, पार्टीको प्रान्तीय, महानगर, काउन्टी र मुख्य औद्योगिक क्षेत्र तहका नेतृत्वकारी अङ्गका पदाधिकारीहरू पर्यवेक्षकको रूपमा उपस्थित रहनुभएको थियो ।
उक्त बैठकको अध्यक्ष मण्डल पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्यहरूबाट चुनिएको थियो ।
कोरियाली मजदुर पार्टीको राजनीतिक ब्युरोले उक्त बैठकको अध्यक्षता गर्न कामरेड किम जोङ उनलाई अधिकार प्रदान गरेको थियो ।
कामरेड किम जोङ उनले कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिले सिङ्गो पार्टी उत्साह अभिवृद्धि गरेर समाजवादी निर्माणलाई बढी गतिशील र विस्तारितरूपले अगाडि बढाएकोमा र सङ्घर्षको लागि सबै जनतालाई नेतृत्व गर्न सफल भएकोमा प्रशंसा गर्नुभयो । कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनपछिका समस्याहरू र कठिनाइमाथि विजय प्राप्त गर्नु १० वर्ष लामो सङ्घर्षको बराबर छ ।
उहाँले भन्नुभयो, यस सिलसिलामा कोमपाले सही ढङ्गले कोरियाली क्रान्तिको आन्तरिक र बाह्य वातावरणको विशेषतालाई हासिल ग¥यो, यो नै सबैभन्दा बढी मूल्यवान अनुभव रह्यो र पुनः एक पटक हाम्रो क्रान्तिकारी सिद्धान्त, तौरतरिका र अग्रगमनको अभिमुखीकरणलाई सुनिश्चित ग¥यो । उहाँले भन्नुभयो, कोरियाली मजदुर पार्टीका केन्द्रीय समितिको यो विस्तारित बैठकले नयाँ छलाङको मार्ग छर्लङ्ग पारेर राज्यको विकास तथा जनतालाई ठुलो आत्मविश्वास र आशावादिता प्रदान गर्ने फराकिलो मार्गको थालनीको रूपमा सेवा गर्न सक्नुपर्छ । साथै अनुभव, शिक्षा र २०२२ को हालैको सङ्घर्षबाट सङ्कलित अग्रगामी अनुभवको आधारमा सबैभन्दा सही र प्रभावकारी मार्ग पहिल्याउन सक्नुपर्छ ।
पार्टी केन्द्रीय समितिको नेतृत्वकारी अङ्गका सदस्यहरूले उच्च स्तरको जिम्मेवारी र अन्तिमसम्मको सक्रियता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उहाँले आठौँ पार्टी केन्द्रीय समितिको छैटौँ विस्तारित बैठक उद्घाटन भएको घोषणा गर्नुभयो ।

देशैभरिका सहर र गाउँहरुमा निर्माण गरिएका नयाँ युगमा ग्रामीण विकासको प्रतिनिधित्व गर्ने नमुना घरहरु । तस्बिर : केसीएनए
विस्तारित बैठकले निम्न विषयवस्तुलाई आफ्नो छलफलको एजेन्डाका रूपमा राखेको थियो :
१) २०२२ मा पार्टी र राज्यको मूल नीतिहरूको कार्यान्वयनमाथि समीक्षा र २०२३ को कार्ययोजना निर्माण ।
२) साङ्गठिनक विषयवस्तु ।
३) २०२२ को निम्ति राज्य बजेटको पूर्ति तथा २०२३ को राज्य बजेट निर्माण ।
४) क्रान्तिकारी विद्यालयहरूमाथि पार्टी मार्गनिर्देश बलियो बनाउने सम्बन्धमा ।
५) नयाँ युगमा पार्टी निर्माणको पाँचबुँदे नीति सम्बन्धमा ।
पार्टी विस्तारित बैठकले सर्वसम्मतरूपमा उक्त एजेन्डा अनुमोदन ग¥यो । विस्तारित बैठकले सर्वप्रथम ‘२०२२ मा पार्टी र राज्यको मूल नीतिहरूको कार्यान्वयनमाथि समीक्षा र २०२३ को कार्ययोजना निर्माण’ एजेन्डामाथि छलफल ग¥यो ।
पहिलो एजेन्डा सम्बन्धमा कोरियाली मजदुर पार्टीका महासचिव एवं राज्य मामिला आयोगका अध्यक्ष आदरणीय किम जोङ उनले एउटा प्रतिवेदन पेश गर्नुभयो ।
आफ्नो प्रतिवेदनमा उहाँले २०२२ मा हाम्रो पार्टी र जनताले दृढ एकता कायम गर्न लगनशील र शक्तिशाली प्रगतिको उच्च प्रशंसा गर्नुभयो । हाम्रो पार्टीको गतिविधिहरूमा नै उल्लेखनीय सफलता र प्रगतिहरू हासिल भएका र पार्टी स्वयम् पनि बलियो बनेको उहाँले स्पष्ट पार्नुभयो ।
पार्टी केन्द्रीय समितिले आठौँ पार्टी केन्द्रीय समितिको चौथो र पाँचौँ विस्तारित बैठकका निर्णयहरूको कार्यान्वयनको माध्यमले पार्टी गतिविधिहरूमा मार्गनिर्देशन र अभिमुखीकरण गरेको छ । साथै आन्तरिक र बाह्य परिस्थितिमा आएको आकस्मिक र तीव्र परिवर्तनहरूको सामना गर्न सिङ्गो पार्टी र जनतालाई निरन्तररूपमा अगाडि बढ्न र विकास हासिल गर्न शक्तिशाली ढङ्गले नेतृत्व गरेको छ । कोरियाली मजदुर पार्टीले साहसपूर्वक र तत्काल सम्बोधन गर्नसक्ने नेतृत्वको गुण निरन्तर कायम राखेर आफ्नो नेतृत्व क्षमता अझ सुदृढ पारेको छ र क्रान्तिकारी तहहरूको संयुक्त शक्ति उल्लेख्य र उच्च तहमा विकास गरेको छ ।
सिङ्गो पार्टीभित्र पार्टी कार्यलाई बलियो बनाउनमा मुख्य–मुख्य सम्बन्ध नवीकरण गर्न जरूरी उपायहरू गरिएका छन् र हाम्रो पार्टीको दीर्घकालीन भविष्य सुनिश्चित हुने गरी नयाँ युगमा पार्टी निर्माणको सिद्धान्त स्थापित गरेको छ र पार्टीको स्वस्थ विकासको निम्ति शक्तिशाली अस्त्र प्रदान गरेको छ ।
प्रजग कोरियालाई अनन्तकालसम्म सुरक्षित बनाउने यस देशको परमाणु अस्त्रसम्बन्धी नीतिलाई आधिकारिकरूपमा वैध बनाउने रणनीतिक अडानलाई विश्वबाट स्पष्टरूपमा मान्यता प्राप्त गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको छ । आफ्नो आणविक शक्तिको बारेमा प्रजग कोरियाको नीति निकै सान्दर्भिक र महत्वपूर्ण रहेको छ । यसले कोरियाली मजदुर पार्टीको स्वाधीनता र आत्म रक्षासम्बन्धी नीतिलाई छर्लङ्ग पारेको छ । प्रजग कोरियाको आणविक शक्तिसम्बन्धी नीति विश्वको राजनीतिक संरचनामा परिवर्तन ल्याउन र यस देशको विकासको मार्गलाई एउटा नयाँ उचाइमा पु¥याउनको लागि अन्य राजनीतिक घटनाहरूभन्दा बढी महत्वपूर्ण रहेको छ ।
उक्त प्रतिवेदनले शत्रुविरुद्धको सङ्घर्षमा देशको रक्षा क्षमतामा आएको नाटकीय परिवर्तनको रूपमा विश्लेषण र मूल्याङ्कन गरेको छ ।
प्रजग कोरियाको सरकार र जनताले आफ्नो देशको शक्तिलाई थप सुदृढ पार्नु र रक्षा क्षमताहरू अभिवृद्धि गरी शक्तिशाली र अतुलनीय सैनिक बल निर्माण गर्न सफल हुनु हाम्रो पार्टीको ठुलो गौरवको विषय हो ।
राष्ट्रिय हित रक्षा गर्ने र राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्नेसम्बन्धी कोरियाली मजदुर पार्टीको आधारभूत नीतिलाई विश्वका कैयौँ प्रतिकूल राजनीतिक घटनाहरू र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति हुँदाहुँदै पनि सफलतापूर्वक लागु गरिएका छन् । यसरी पार्टीको सही रणनीतिक योजना र नीतिका कारण प्रजग कोरियाविरुद्धको साम्राज्यवादी अमेरिकी अभ्यास नीतिमाथि आफ्नो हात माथि पर्ने गरी सामना गर्न सफल भएको छ ।
प्रतिवेदनले वर्ष २०२२ मा आर्थिक निर्माण र सांस्कृतिक निर्माणमा उल्लेखनीय प्रगति भएको उल्लेख गरेको छ । ह्वासोङ र ¥योन्फो क्षेत्रका निर्माणमा प्राप्त गरेका उत्साहप्रद सफलताले वर्ष २०२२ मा सङ्घर्षको सफलतालाई सङ्केत गरेको छ र ती निर्माण क्षेत्रका सबैभन्दा महत्वपूर्ण कार्यहरू थिए । त्यस्तै ती निर्माणहरूले आर्थिक वृद्धि र जनताको जीवनस्तर उत्थानमा हासिल भएको ठूलो सफलता महत्वलाई दर्शाउँछन् ।
ग्रामीण क्रान्तिका लागि नयाँ कार्यक्रम कार्यान्वयन गर्ने लहर तीव्रगतिमा अगाडि बढेको छ, नयाँ युगमा ग्रामीण विकासको प्रतिनिधित्व गर्ने नमुना घरहरू देशैभरका सहर र गाउँहरूमा निर्माण गरिएका छन् र आर्थिक व्यवस्थापनमा सुधार ल्याउनका लागि सकारात्मक लहरहरू सिर्जना गरिएका छन् । यसरी आर्थिक सङ्कटको सामना गर्ने राज्यको क्षमता र देशको सभ्यताको स्तर वृद्धि गरिएको छ ।

वर्ष २०२२ कुनै पनि हिसाबले खेर नगएको समय हो र हामीले स्पष्ट उन्नति गरेका छौँ । महासचिव मार्शल किमले भन्नुभयो, “पार्टी र राज्यका सबै कार्यमा निश्चित सफलताहरू हासिल भएका छन्, जुन हाम्रो देशका जनताले प्राप्त गरेका मूल्यवान विजयहरू हुन् । तिनले हाम्रा जनताको आत्मनिर्भरता र मेहनतको भावना प्रदर्शित गरेको छ भने अर्कोतिर सिर्जनात्मक क्रियाकलापले सही ढङ्गले गहिरो राष्ट्रिय सङ्कट सामना गरेको छ । यसले हाम्रो देशको लामो इतिहासमा अमर चमक थपेको छ ।”
महासचिव किमले पार्टी नीतिहरूको दृढतापूर्वक रक्षा र कार्यान्वयन गरेकोमा पार्टीका सबै सदस्यहरू र देशभरका अरू जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले वर्ष २०२२ मा पार्टीका नीतिहरूको सफल कार्यान्वयन इतिहासमा अतुलनीय शक्तिशाली र साहसपूर्ण सङ्घर्ष भएको बताउनुभयो । उक्त सङ्घर्षले कोरिया राज्यको सम्मान, आत्मगौरव र प्रतिष्ठा सारा विश्वकासामु प्रदर्शित गरेको र वर्ष २०२२ मा हाम्रो क्रान्तिको नयाँ अन्वेषणको चरण उद्घाटन गर्ने महत्वपूर्ण कोशेढुङ्गाको रूपमा गौरव प्राप्त गरेको छ ।
Leave a Reply