रास्वपाको राष्ट्र सङ्घमा सम्बोधन अध्ययन – २
- कार्तिक १०, २०८३
भक्तपुर, १९ असोज । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरले बिहीबार एक समारोहबीच ‘सेवा निवृत्त वरिष्ठ शिक्षक सम्मान, शैक्षिक अनुभव’ नामक पुस्तक विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छें (रोहित)को प्रमुख आतिथ्यमा भयो ।
पुस्तक विमोचन गर्दै अध्यक्ष रोहितले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको चरित्र पूँजीवादी भएको हुँदा उनीहरूबीचको चुनावी तालमेल सत्ता स्वार्थ र चुनाव जित्ने खेलमात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेका पूँजीवादी पार्टी हो । एमाले–माओवादीको चरित्र कम्युनिष्टको सिद्धान्तमा आधारित नभएको तथ्यलाई शिक्षकहरूले आफ्ना विद्यार्थीलाई शिक्षित पार्दै लानुपर्छ । देशमा राम्रो प्रतिपक्षको आवश्यकता छ ।’
देशको स्वतन्त्रताको निम्ति लड्ने शिक्षकहरूको आवश्यकता रहेको औंल्याउँदै अध्यक्ष रोहितले निरन्तर अध्ययन तथा अन्तरक्रिया कार्यक्रमले निवृत्त शिक्षकहरूलाई शारीरिक र बौद्धिक रुपले सचेत र सक्रिय राख्ने विचार राख्नुभयो । निवृत्त शिक्षकले हीनताबोधको मानसिकताले नभई उत्साहित र अग्रसर भएर अगाडि बढ्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । निवृत्तको अर्थ अनुभवी, विशिष्ट व्यक्ति र सन्तुलित विषयवस्तुमा दख्खल भएको व्यक्तित्वको रुपमा चर्चा गर्दै अध्यक्ष रोहितले निवृत्त शिक्षकहरूले आफ्नो बाँकी जीवन सार्थक ढंगले बिताउनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
आफ्ना विद्यार्थीलाई पाठ्यक्रममा समावेश विषयमात्र पढाउँदा समाज र देशको आधा काम अधुरो रहने चर्चा गर्दै उहाँले आफ्ना विद्यार्थीलाई नागरिक भावनामा जगाउने शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । आफ्ना विद्यार्थी तथा छोराछोरीलाई विदेश जान निरुत्साहित गर्नुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेंले शिक्षकहरूले विद्यार्थीहरूलाई बाल्यअवस्थादेखि देशभक्तिको भावना जगाउने शिक्षा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवृत्त शिक्षकहरु अम्बिकामान मानन्धर, बालमुकुन्द बासुकला, प्रअ मिनाक्षीलक्ष्मी प्रजापति, शिक्षक केवलप्रसाद कायस्थ, बालकृष्ण श्रेष्ठ, शिवप्रसाद राजभण्डारीलाई प्रमुख अतिथि बिजुक्छेंले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । कार्यक्रममा पूर्व प्रअ बालमुकुन्द बासुकला, समाजका कोषाध्यक्ष विश्वराम कवां, एभरेस्ट स्कूलका प्रिन्सिपल भक्त राजभण्डारी, निवृत्त शिक्षक केवलप्रसाद कायस्थ, इसानका अध्यक्ष प्रेमजन थापा, वडाअध्यक्ष प्रेमगोपाल कर्माचार्य, रामगोपाल कर्माचार्यले आ–आफ्नो विचार राख्नुभएको थियो । कार्यक्रमको बीचमा न्हुछेरत्न बुद्धाचार्यले कविता वाचन गर्नुभएको थियो ।
Leave a Reply