भर्खरै :

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – २

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – २

उहाँले वर्ष २०२३ मा कोरियाली मजदुर पार्टीको आठौँ महाधिवेशनले दिशानिर्देश गरेको पञ्चवर्षीय योजना कार्यान्वयनको तेस्रो महत्वपूर्ण कार्यभार रहेको बताउनुभयो । यो वर्ष पितृभूमि मुक्ति युद्धको विजयको ७५ औँ वर्षगाँठ र जनगणतन्त्र स्थापनाको ७० औँ वार्षिकीसमेत रहेको बताउँदै उहाँले समाजवादी विकासको मार्ग र प्रजग कोरियाको इतिहासको एक महत्वपूर्ण वर्ष भएको उल्लेख गर्नुभयो । पञ्चवर्षीय योजनाको पूर्ण सफलता सुनिश्चित गर्न नयाँ वर्षमा मार्गनिर्देशन गर्दै उहाँले समाजवादी निर्माणको नयाँ चरण सुरु गर्ने कार्यलाई अझ व्यापक पार्नुपर्ने र कार्यलाई सबै जनताको सङ्घर्षको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्ष २०२३ लाई एक महान् मोडलसहितको वर्षको रूपमा बदल्नुपर्नेमा जोड दिँदै वर्ष २०२२ मा प्रदर्शित लडाकु भावनालाई दोब्बर पारेर, यस वर्षको लक्ष्य प्राप्त गर्न सम्भव सबै प्रयास लगाएर तथा नयाँ दीर्घकालीन कार्य लक्ष्य पूरा हुने सुनिश्चित गरी प्रजग कोरियाको विकासको मार्गमा उल्लेखनीय अभिलेख दर्ज गर्नुपर्ने बताउनुभयो ।
महासचिव कामरेड किमले राष्ट्रिय अर्थतन्त्रको स्थिर विकास सुनिश्चित गर्न सबै कार्यहरू र जनताको जीवनस्तर सुधार गर्न गर्नुपर्ने आधारभूत परिवर्तनहरू औँल्याउनुभयो ।
प्रतिवेदनमा यस वर्ष झन् उच्च लक्ष्यहरूमा पुग्नुपर्ने र राष्ट्रिय आर्थिक विकासको पञ्चवर्षीय योजना पूरा गर्न ठूलो कार्यसम्पादन गर्नुपर्ने उल्लेख गरिएको छ । राष्ट्रिय अर्थतन्त्रको विकासको मार्गमा लामो छलाङ मार्नुपर्ने वर्ष भएको स्पष्ट पार्दै यो वर्ष उत्पादनमा अत्यधिक वृद्धि गर्ने, पुनव्र्यवस्थापन र पुनर्सबलीकरणको रणनीति कार्यान्वयन गर्ने र जनताको जीवनस्तर उकास्ने वर्ष हो । प्रतिवेदनमा कोरियाली मजदुर पार्टीको महाधिवेशनको निर्णयबमोजिम मुख्यतया पुनव्र्यवस्थापन र पुनर्सबलीकरणको योजना पूरा गर्न गर्नुपर्ने मूल आर्थिक कार्य सुनिश्चित गरिनुका साथै सबै क्षेत्र र एकाइका उत्पादनमा अत्यधिक वृद्धि गर्ने योजना समाविष्ट छ ।
पार्टी महासचिव कामरेड किमले अगाडि भन्नुभयो, “कोरियाली मजदुर पार्टीले राष्ट्रपति किम इल सङले स्थापित गर्नुभएको आत्मनिर्भरताको विचारधारालाई निरन्तररूपमा अनुसरण गर्न कष्टसाध्य प्रयासहरू गर्दै आएको छ र प्रजातान्त्रिक जनगणतन्त्र राज्यको स्थापनाकालदेखि नै समाजवादी निर्माणको सम्पूर्ण मार्गमा आत्मसमर्पणवाद र प्राविधिक रहस्यवादलाई निर्मूल गर्दै आएको छ । जति कोसिस गर्दा पनि केही आर्थिक क्षेत्रका अधिकारीहरूको माझमा यस्तो रुढीवादी विचारधाराको प्रवृत्ति उपचार गर्न नसकिने र प्राचीन रोगको रूपमा चलाखीपूर्ण आवरणमा रहेको उहाँले बताउनुभयो ।

प्रजग कोरियामा राज्यले बनाएर जनतालाई वितरण गरिएका आवासीय भवनहरू

कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठकले आत्मनिर्भरता (जुछे) को सिद्धान्तमा मोलमोलाइ गर्न कोसिस गर्ने म्याद नाघेका विचार र अरुको प्रविधिमा भर पर्न नछोड्ने प्रवृत्तिमाथि स्पष्टरूपमा बज्रमुक्का प्रहार गरेको छ । साथै विभिन्न व्यावहारिक कठिन परिस्थितिको बहाना बनाएर आत्मनिर्भरताको हाम्रो मार्गमा तगारो हाल्ने बाँकी रहेका पुराना विचारलाई निर्मूल गर्ने सङ्घर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
महासचिव कमरेड किमले १९६० र ७० को दशकको जस्तो उच्च लडाकु भावनालाई अझ उँचो पारेर राष्ट्रिय अर्थतन्त्रको विकासको सफलता अगाडि तेर्सिएका कठिनाइमाथि आफ्नै प्रयासहरू र मेहनतले विजय पाउन देशको मुख्य आर्थिक क्षेत्रका मजदुर, वैज्ञानिक र प्राविधिकहरूलाई जोसिलो तवरले र जुझारु ढङ्गले आह्वान गर्नुभयो ।
कोरियाली मजदुर पार्टीको उक्त प्रतिवेदनले आर्थिक विकासका मुख्य मुख्य लक्ष्यहरू तय गर्नुका साथै नयाँ वर्षमा राष्ट्रिय अर्थतन्त्रका सबै क्षेत्रले हासिल गर्नुपर्ने १२ मुख्य लक्ष्यहरू पनि निर्धारण ग¥यो र तिनीहरूलाई प्राप्त गर्ने मार्गहरू पनि विशिष्टिकृत ग¥यो । प्रतिवेदनले देशको मध्यम र दीर्घकालीन आर्थिक विकासको रणनीति कार्यान्वयनलाई नेतृत्व गर्न यस वषृको योजना कार्यान्वयन गर्ने सञ्चालन र मार्गनिर्देशनमाथि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएको छ ।
जनताको आवासको निम्ति अझ बढी सुविधासम्पन्न आवासीय भवन निर्माणलाई मुख्य नीतिगत कार्य तय गर्दै उक्त कार्य जनताको जीवनस्तरमा तात्विक परिवर्तन ल्याउने क्रान्ति र जनताले रुचाएको परियोजना रहेको निश्चित गरिएको छ । प्रतिवेदनले ह्वासोङ क्षेत्रमा १० हजार फ्ल्याटसहितका आवासीय भवनहरूको निर्माणको दोस्रो चरणपछि तेस्रो चरणको रूपमा ३७ सय धल्याटसहितको अर्को आवासीय भवन क्षेत्र निर्माणमा जोड दिएको छ । देशको राजधानी प्योङयाङ सहरलाई विस्तार गर्ने, ५० हजार नयाँ फ्ल्याटसहितका आवासीय भवन बनाउने योजनाअनुसार तेस्रो वर्षमा निर्माण कार्य चालु रहेको छ । प्रतिवेदनले २०२२ मा हासिल गरेको अनुभवका आधारमा ग्रामीण क्षेत्रमा सुरक्षित र सुविधासम्पन्न आवासीय घरहरूको निर्माणमा ठुलो प्रयास लगाउन पनि जोड दिएको छ ।
उक्त प्रतिवेदनले कोरियाली मजदुर पार्टीले सबैभन्दा बढी जोड दिइरहेको जनताको जीवनस्तर तात्विकरूपमा उकास्ने कार्यलाई नीतिगत कार्यको रूपमा प्राथमिकतामा राखेको छ । साथै जीवनस्तरको परिवर्तनलाई बढी जोड दिँदै कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने महत्वपूर्ण कार्यको विस्तृत विवरण उल्लेख गरेको छ ।
प्रतिवेदनले राष्ट्रिय रणनीतिहरू कार्यान्वयनका लागि थप व्यावहारिक र विवेकसम्मत प्रणाली विकास गर्न तिनलाई देशका हल्का उद्योगहरू, क्षेत्रीय उद्योगहरू, सार्वजनिक सेवा, मत्स्यपालन, सहरी व्यवस्थापन र जनताको जीवनस्तरसित जोडिएका सबै क्षेत्रमा बिनासर्त लागु गर्न आह्वान गरेको छ ताकि पार्टी र राज्यका नीतिहरू सही ढङ्गले जनतामाझ पुगोस् ।
उक्त प्रतिवेदनले विज्ञान र प्रविधिको प्रयोग र विकासलाई महत्व र जोड दिने कोरियाली मजदुर पार्टीको सिद्धान्तमा अडिग रहँदै अगाडि बढ्नुपर्ने आवश्यकतामा जोड दिएको छ । राष्ट्रिय अर्थतन्त्रको विकास तथा जनताको जीवन स्तर परिमार्जनमा विज्ञान र प्रविधिले इन्जिनको भूमिका निर्वाह गर्ने महत्वलाई स्वष्ट समझदारी राख्दै प्रतिवेदनमा देशको वैज्ञानिक र प्राविधिक स्तरलाई अझ उच्च स्तरमा पु¥याउन अन्वेषणसम्बन्धी अभिमुखीकरणको योजना तय गरिएको छ ।
प्रतिवेदनमा प्रजग कोरियाको शिक्षा, सार्वजनिक स्वास्थ्यलगायत अन्य सबै क्षेत्रमा समाजवादी संस्कृति विकास गर्ने सङ्घर्षमा वर्ष २०२२ मा हासिल भएका सफलता र अनुभवलाई समेट्दै समस्या र कठिनाइहरू पार लगाउँदै त्यसलाई अभिवृद्धि गर्ने सिद्धान्त र तरिकाहरू उल्लेख गरिएको छ ।
प्रतिवेदनमा पार्टी महासचिव कामरेड किमले समाजवादी देशभक्तिपूर्ण आन्दोलनलाई सक्रियतापूर्वक सङ्गठित गर्नुपर्ने र क्रान्तिकारी जनआन्दोलनको नेतृत्व गर्नुपर्नेमा जोड दिँदै ती आन्दोलन नै देशको प्रगति र विकासको शक्तिशाली चालक शक्ति भएको बताउनुभयो ।
कोरियाली क्रान्तिप्रति विशेष बफादारीको परम्परा र हाम्रो राज्यप्रतिको देशभक्तिको परम्पराप्रति निष्ठावान बनिरहने कुरामा प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले बफादारी देशभक्तिको भावना अगाडि बढाउनुपर्ने बताउनुभयो । कोरियाली मजदुर पार्टी र कामदार जनताका सङ्गठनहरूले सक्रियतापूर्वक सङ्गठित गरेको जनतामाझ लोकप्रिय देशभक्तिपूर्ण आन्दोलनहरूका अहिलेका मुख्य मुख्य विषयबारे स्पष्ट पार्नुभयो ।
प्रतिवेदनमा अन्तर कोरियाली सम्बन्धको अहिलेको परिस्थिति र क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर धम्की दिइरहेका बाह्य चुनौतीहरूको विश्लेषणको आधारमा प्रजग कोरियाको आत्मरक्षाको क्षमतालाई वृद्धि गर्ने अत्यावश्यक नीतिका प्रस्तावहरू स्पष्ट उल्लेख गरिएको छ ।
हालै प्रजग कोरियाले तीव्रगतिले विकास गरेको सैनिक शक्ति र विश्वमै अतुलनीय आणविक कानुनको घोषणाले संरा अमेरिका र अरू शत्रु शक्तिहरूमाथि कडा प्रहार गरेको छ । प्रजग कोरियाको कडा प्रतिकार कार्यबाट उत्पन्न त्रास र असजिलोपनलाई लुकाउन साम्राज्यवादी शक्तिहरू प्रजग कोरियालाई एक्ल्याउन लागिपरेका छन् ।

प्रजग कोरियाको आणविक शक्तिको सबलीकरणको प्रतीक आईसीबीएम परीक्षण

सन् २०२२ मा संरा अमेरिकाले दक्षिण कोरियामा पटकपटक विभिन्न प्रकारका आणविक अस्त्रहरू तत्काल प्रहार गर्न सकिने अवस्थामा तैनाथ ग¥यो । त्यसले प्रजग कोरियामाथि सैनिक आक्रमण (युद्ध) को दबाब अत्यधिक स्तरमा वृद्धि ग¥यो । त्यतिखेर नै संरा अमेरिकाले जापान, दक्षिण कोरिया र संरा अमेरिकाबिच त्रिभुजाकार सहयोगको योजनालाई पूर्णस्तरमा कार्यान्वयनतिर अगाडि सा¥यो । त्यतिमात्र होइन ‘बलियो गठबन्धन’ को नाममा नाटोको एसियाली संस्करणजस्ता नयाँ सैन्य खेमा स्थापना गर्न कडा मेहनत ग¥यो ।
कुनै पनि प्रकारको ‘धम्की’ सामना गर्ने बहानामा दक्षिण कोरियाले साम्राज्यवादीहरूको अगाडि झुकेर अविवेकपूर्ण र खतरनाक अस्त्र निर्माण गरिरहेको छ भने शत्रु सेनासँग मिलेर प्रजग कोरियाविरुद्ध भिडन्तको निम्ति तयारी गरेको छ ।
कोरिया प्रायःद्वीपमा अहिले विद्यमान परिस्थितिले गणतन्त्रको सार्वभौमसत्ता, सुरक्षा र आधारभूत हित रक्षाको सुनिश्चितताका लागि सैनिक शक्ति सबलीकरणको प्रयासमा दोब्बर प्रयास गर्नुपर्ने माग गरेको छ । विशेषगरी संरा अमेरिका र अन्य शत्रु शक्तिहरूको प्रजग कोरियाविरुद्ध लक्षित सैनिक कदमले चिन्ताजनक स्थिति निम्त्याएको छ ।
आणविक शक्तिको सबलीकरणको महत्वलाई जोड दिँदै पार्टी प्रतिवेदनले प्रजग कोरियाको आणविक शक्तिको पहिलो उद्देश्य युद्धलाई टाल्नु र यस क्षेत्रको शान्ति र स्थिरताको प्रतिरक्षा गर्नु रहेको र यदि कसैगरी युद्धलाई टाल्न सकिएन भने यसले दोस्रो उद्देश्य बोक्ने र त्यो उद्देश्य प्रतिरक्षा नहुने स्पष्ट पारेको छ ।
कोरियाली मजदुर पार्टी र प्रजग कोरिया सरकारको आणविक शक्ति सबलीकरणको योजना र रणनीतिको उद्देश्उ गणतन्त्रको स्वाभिमान, सार्वभौमिकता र अस्तित्वको अधिकारको प्रतिरक्षा रहेको छ र उक्त योजना र रणनीतिअनुसार तत्कालीन कार्यभार भनेको शीघ्र आणविक प्रत्याक्रमणका लागि बलियो अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसीबीएम) प्रणाली विकास गर्नु रहेको थियो, जसमा सन् २०२२ मै सफलता प्राप्त भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *