नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
नगर देश, प्रदेश र जिल्लालाई परिचय दिने ‘पहिचान’ हो । प्राचीन नगरहरू यसका उदाहरणहरू हुन् । एउटै जातजाति र भाषाहरूबाटै नगरहरूको निर्माण भएको हो । मानव समाजको विकास र सत्यताको अभिव्यक्ति नै नगर हो । मानिस जङ्गलबाट बाहिर आए† घुमन्तु जीवन बिताए† गाउँबाट बिस्तारै रचना र निर्माणको सिपको विकास भयो । मानव जीवनको असमान विकासले घुमन्तु जाति र बस्तीका मानिसहरूको बिचमा बरोबर लडाइँहरू भए । नगरमा मानिसहरूले आफू र आफ्ना सम्पत्ति एवम् निर्माणलाई जोगाउन पर्खालहरूको आवश्यकता प¥यो ।
सुरुमा घुमन्तु समूहहरूबाट सुरक्षाको निम्ति नगर वरिपरि पर्खाल बनाइयो, नगरमाथि निरन्तरको हमलाबाट पार पाउन रक्षात्मक मात्र होइन आक्रमणको कौशल पनि विकास गरियो । रक्षा र आक्रमण दुवै कपर्दीको खेलजस्तै हुन्थ्यो । समाजको स्थिति र आवश्यकताले बिस्तारै ‘नगर राज्य’ को प्रादुर्भाव भयो । नगर स्वयम् सभ्यताको एक धरोहर बन्यो, त्यसै सिलसिलामा नगर नै मूर्तकलाको नमुना र भण्डार बन्यो ।
स–साना नगरहरू स–साना समूहको आक्रमणको सामना गर्न सबल भए, तर आफूभन्दा ठूलो शक्तिसँग लड्नैपर्ने बाध्यता पनि नगरहरूलाई आइप¥यो । नजिक नजिक स–साना नगरहरूले बलियो शक्तिलाई हराए, पराजित सबै दास र विजयी सबै मालिक भए । यसरी रोम, ग्रीस र संसारका अन्य मुलुकहरूको नगर राज्यहरूमा दास युगको विकास भयो । पराजित जातिले विजयी जातिलाई आफ्नो मूर्त र अमूर्त कलाले प्रभावित पा¥यो । त्यसबेलासम्म महिलाहरूलाई विजयी जातिको व्यक्तिगत सम्पत्तिको रूपमा लिइन्थ्यो ।
यस्तै अनेक युद्ध र संहारहरूकै चिहानबाट मिश्रित र उन्नत सभ्यता र संस्कृतिको उदय भयो । आज हामी नगर र नागरिकहरू त्यसैका उपज हौँ । भूगोलअनुसार आवश्यकता हुन्छ र आवश्यकताअनुसार निर्माण हुन्छ । ग्रिसेली दार्शनिक प्लेटो (क्राइस्टभन्दा ४२९–३४७ वर्ष पहिले) र थोमस मोर (सन् १४७४–१५३५) का रचनाहरूमा ढलको फोहर उपचार पोखरीको उल्लेख छैन वा त्यसबेला त्यसको आवश्यकता थिएन । आजको तुलनामा त्यो समाज सा¥है सानो थियो र आजको जस्तो प्रदूषणको कल्पनासम्म गरिएको थिएन । प्लेटोको ‘गणतन्त्र’ र थोमस मोरको ‘स्वप्न लोक’ मा त्यो कुरा उल्लेख छैन । तर, हडप्पा र मेहेन्जो डारो नगर सभ्यताको सहरको अवशेषमा नगरको ढलको सङ्केत छ । आर्य सभ्यता सहरी सभ्यता नभएको हुँदा सम्भवतः नेपालका राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रका शासकहरूले नगरहरू घोषणा गर्दा ढल, उपचार पोखरी र फोहर व्यवस्थापनको बन्दोबस्तबारे कुनै नीति र निर्माणबारे ध्यानै दिएनन् । अस्ट्रेलियाका पाषाण युगीन मानिसहरू काँचै मासु खान्थे र भारतको अन्डमान निकोबारका आदिवासीहरू पोलेको मासु खान्थे । आज पनि हामी सभ्य कहलिएका सहरी मानिसहरू पोलेको मासु मन पराउँछौँ – भोज र मन्दिरको पूजाआजामा ¤
नगरको स्वरूप त्यहाँको धरातल (भूगोल) अर्थात् उँचो, भिरालो, गहिरो वा समतल भूमिमा निर्भर गर्छ । लाम्चो, चारकुने वा गोलाकार भूगोलको नगर सोअनुसार हुनु आश्चर्यको विषय भएन । पुरानै नगरको सडक बाङ्गोटिङ्गो हुनु वा लाम नमिल्नुमा भूगोलको दोष नभए त्यसबेलाका दास मालिक र सामन्तहरूको सौन्दर्यप्रतिको अज्ञानता होला ।
कुनै नगरका घरहरूको मोहडा, झ्याल–ढोकाको आकार एवम् उचाइ पनि तत्कालीन इँटा, काठपातको उपलब्धता, जाडोमा कोठामा घाम आउनु र गर्मीमा घाम नहुने घर बन्नु पनि भूगोलकै ज्ञान होला । घरहरूको सुन्दर बान्की, काठपातमा कुँडिएका चित्रहरू, घरभित्रका भित्ताहरूमा लेखिएका वा छापिएका प्राचीन चित्रहरू पनि तत्कालीन शासक वर्ग, बुद्धिजीवी, गुरु पुरोहित, ज्योतिष र आचार्यहरूकै चमत्कार मानेमा फरक नपर्ला । काठमाडौँ उपत्यकाका लाय्कुभित्र आकर्षक र कलात्मक चित्रकारी र कुँडिएका मूर्ति र बुट्टाहरू शिल्प र प्रतीकको अनुपम उदाहरण हुन् ।
नेपाली जनतामा ती सबै मूर्त र अमूर्त कला (नाचगान, बाजागाजा) लाई पनि प्राचीन कालको ‘बरदान’ मानेर त्यसलाई जोगाउनु र अझ राम्रो चमक प्रदान गर्नु आवश्यक छ । बालुवा लिनको निम्ति केही नगरहरूले भएका ती सम्पदाहरूलाई समेत क्षति पु¥याउने वा नासै गर्ने अनि नयाँ निर्माणमा आफ्नै मानिसलाई ठेक्का दिने मनसाय र प्रवृत्ति मानव सभ्यता र संस्कृति मास्ने अज्ञानता हो । त्यसको दोषी ठेकेदार नभई ठेक्का दिने संस्था र सरकार अथवा शासनमा बस्ने पार्टी, नेता, प्रधानमन्त्री, मन्त्रीहरू माथिल्ला कर्मचारी र कार्यकर्ताहरू हुन् होइन भने ती अज्ञानी हुन् । यसकारण, नगरपालिकाका निर्वाचित सदस्यहरू, मेयर र उपमेयरहरू, कानुन बनाउने सांसद र सरकारी कर्मचारी ‘नागरिक’ हुनु आवश्यक छ ।
Leave a Reply