कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ६ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेका नेतृत्वको सरकारले आर्थिक उदारीकरणको नीति लागू गरेको कारण निजी क्षेत्र बलियो र सरकार आर्थिकरूपमा कमजोर हुँदै गएको बताउनुभयो ।
भनपा वडा नं. ६ को वडा समितिको आयोजनामा विकास निर्माण र समसामयिक विषयमा बुधबार आयोजित जनसभामा प्रमुख प्रजापतिले देशको उद्योगधन्दा कौडीको मूल्यमा बिक्री गरेर युवाहरूलाई रोजगारीको निम्ति विदेश जान बाध्य पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवाहरू विदेशमा पठाउँदैमा देशमा क्रान्ति रोकिँदैन ।”
नगर प्रमुख प्रजापतिले किसानलाई चाहिने रासायनिक मलसम्म उपलब्ध गराउन नसक्ने सरकारबाट अरू अपेक्षा गर्नु बेकार हो भन्नुभयो ।
उहाँले माओवादीले जातीय नारा उठाएको कारण अहिले कोसी प्रदेशमा अशान्ति मच्चिएको प्रस्ट पार्दै माओवादीले जानीबुझी देशलाई कमजोर बनाउने उद्देश्यले जातीय राज्यको कुरा उठाएको हो भन्नुभयो ।
नपाद्वारा सञ्चालित देको मिवा आवास योजनामा केही असन्तुष्ट जग्गा धनीहरूसँग छलफल गरी अघि बढिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले पुँजीवादले कामदार वर्गको हित नगर्ने बताउनुभयो ।
भनपा ६ नेमकिपा समितिको तर्फबाट गोपीकृष्ण चाँगुभारीले आवास योजना जनताको हितमा गरिएको हुँदा कसैले पनि बाधा व्यवधान गर्न नहुने बताउनुभयो ।
भनपा कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले पश्चिमाञ्चलका जनतामा राजनीतिक चेतना कमजोर भएको आफूले भ्रमणको बेला अनुभव गरेको उल्लेख गर्नुभयो ।
वडाध्यक्ष हरिराम सुवालले आ.व. २०७९÷८० मा वडामा भएका विकास निर्माणका कामहरूको विस्तृत जानकारी दिनुभयो । कार्यक्रम वडाध्यक्ष सुवालको सभापतित्वमा सम्पन्न भएको थियो ।
Leave a Reply