भर्खरै :

शक्तिखोर र खोलेसिमल बजारमा नेमकिपाको चुनावी कोणसभा

शक्तिखोर र खोलेसिमल बजारमा नेमकिपाको चुनावी कोणसभा

चितवन, ६ वैशाख । कालिका नगरपालिका वडा नं. ९, १०, ३ लगायत क्षेत्रहरूमा नेपाल मजदुर किसान पार्टीको आयोजनामा मङ्गलबार चुनाव प्रचार प्रसार तथा कोणसभा सम्पन्न भयो ।
शक्तिखोर बजारमा भएको कोणसभामा नेमकिपा चितवनका उपाध्यक्ष राजकुमार श्रेष्ठले नेमकिपाले निर्वाचनलाई वैचारिक र राजनीतिक छलफल गर्ने दबुको रूपमा लिँदै आएको बताउनुभयो ।
समाजवादमा मात्र कामदार जनताको हक अधिकार सुनिश्चित हुने धारणा राख्दै उहाँले नेमकिपाले जनतामाझ समाजवादी विचार प्रचारप्रसार गर्दै आएको बताउनुभयो ।
विदेशी पुँजीको दलाल र भ्रष्टाचारीहरूलाई मत नदिई सजाय गर्न उहाँले आग्रह गर्नुभयो ।
खोलेसिमल बजारमा भएको कोणसभामा नेमकिपा चितवन क्षेत्र नं. २ का उम्मेदवार ज्ञानेन्द्र चेपाङले जित्नेलाई भन्दा पनि जिताउनैपर्नेलाई मत दिन अनुरोध गर्नुभयो ।
नेमकिपा सच्चा देशभक्त पार्टी हो, देश र जनताको हितको निम्ति ऐन, कानुन बनाउन र संसद्मा आवाज बुलन्द पार्नको निम्ति नेमकिपाको मादल चिह्नमा मतदान गर्न अनुरोध गर्दछु, उहाँले भन्नुभयो ।
कार्यक्रममा पद्म थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *