भर्खरै :

निर्वाचन वैचारिक र सैद्धान्तिक सङ्घर्ष गर्ने थलो

निर्वाचन पनि वैचारिक र सैद्धान्तिक सङ्घर्ष गर्ने थलो हो । यो दलको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउने एउटा भरपर्दो माध्यम हो । दलको सिद्धान्त र विचारबाट जनतालाई सचेत र सङ्गठित गर्न पनि राजनीतिक दलले निर्वाचनलाई उपयोग गर्छन् । तर, ठूला दलका नेता तथा कार्यकर्ता र शासकहरू सिद्धान्त र विचारको प्रचारभन्दा एकले अर्कोलाई गालीगलौज गर्न, जनतामाझ भ्रम फैलाएर मतदाताको मत आफूतिर तान्न अनेक लोभलालच र पैसा बाँडेर मतदातालाई मतिभ्रष्ट बनाउने काम गरिरहेका छन् ।
वैशाख १० गते तनहुँ निर्वाचन क्षेत्र नंं १, चितवन क्षेत्र नं. २ र बारा निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदै छ । निर्वाचनमा नेमकिपालगायत अन्य दलका उम्मेदवारहरू पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् । हरेक उम्मेदवारले आ–आफूलाई जिताउन आग्रह गरिरहेका छन् । निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण हुने जनताको विश्वास हो । आचारसंहिता उल्लङ्घन गर्ने, पैसा बाँड्ने, लोभलालच देखाउने उपनिर्वाचन निष्पक्ष हुनेछैन । जसरी भए पनि जित्न अनेक दाउपेच गर्ने शासक र ठूला दलका नेताहरू स्वच्छ राजनीति गर्दैनन् । निर्वाचनमा मत सीमा, सीमा अतिक्रमणको विरोध नगर्ने, लिपुलेक, लिम्पियाधुराको पक्षमा नबोल्ने, कालापानीबाट भारतीय सेना फर्काउन पहल नगर्ने उम्मेदवारहरूलाई जनताले हराउनुपर्छ ।
देश र जनताको पक्षमा सङ्घर्षरत देशभक्त दलका उम्मेदवारलाई मतदाताले मतदान गर्नुपर्छ । देशको अर्थतन्त्र धुजाधुजा पार्ने, देशको सन्तुलित विकास नचाहने, नेपाल र नेपाली जनताको सेवाभन्दा विदेशी शक्ति राष्ट्रको पृष्ठपोषण गर्ने उम्मेदवारहरूलाई मतदान गरेर जनता विदेशी दलाल बन्नु हुँदैन । सिद्धान्त र विचारको राजनीतिभन्दा पद र पैसाको निम्ति गठबन्धनमा जुटेका सत्तामुखी दलका उम्मेदवार हराउन मतदाता सचेत हुनुपर्छ । मतदाताको आफ्नो मत जित्ने या ठूला दलका उम्मेदवारलाई होइन देश र जनताको सेवा गर्ने सच्चा, इमानदार, देशभक्त उम्मेदवार चयन गर्न सके मतदान गर्दाको सार हुन्छ । निर्वाचनमा शक्ति प्रदर्शन गरेर, प्रतिष्ठाको लडाइँ भनेर, त्रिकोणात्मक रोचक प्रतिस्पर्धा भनेर बल, शक्ति या लहरमा मतदान गरेर असल उम्मेदवार जित्दैन । मतदाताले व्यक्ति र दलको अभियानको आधारमा हामीले मतदान गर्ने हाइन । पहिले निर्वाचित भएका दलका उम्मेदवारहरूले जनताको विश्वास जित्न नसकेको, घोषणापत्रअनुसार काम नगरेको हुँदा पहिले जितेको दलको उम्मेदवार यो उपचुनावमा हार्ने कुरा पनि जनतामाझ व्यापक चर्चा भइरहेको छ । जहिलेसम्म जनता सचेत हुँदैनन् तहिलेसम्म शासक र ठूला दलका नेताहरूले अनेक छलछाम गरिरहने छन्, छलछाममा जनता भुलाइरहनेछन् । यही कारण देशमा पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलका उम्मेदवारहरूको वर्चश्व हुँदै आएको हो । यसकारण, आफ्नो मत बहुमत जनताको सेवा गर्ने दलका उम्मेदवारलाई दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *