नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
हवाना, ७ वैशाख (ग्रान्मा/ सीआरआई) । क्युवाको एक सदनात्मक संसद् क्युवाली जनसत्ताको राष्ट्रिय सभाले त्यहाँको समयअनुसार बुधबार साँझ क्युवाका राष्ट्रपति मिगुएल डियाज–क्यानेल बर्मुडेजलाई पुनःनिर्वाचित गरेको छ ।
डियाज–क्यानेललाई पुनःनिर्वाचित गर्ने ४७० सदस्यीय सभाको यस्तो निर्णय अपेक्षित नै रहेको थियो । उहाँ सन् २०१८ मा पहिलो पटक राष्ट्रपति बन्नुभएको थियो भने सन् २०२१ मा क्युवाली कम्युनिस्ट पार्टीको प्रथम सचिव बन्नुभएको थियो । यी दुवै महत्वपूर्ण पदमा पुग्नुभएका उहाँ सन् १९५९ को क्रान्तिपछिको पहिलो क्यास्ट्रो परिवार बाहिरका नेता हुनुहुन्छ ।
जनरल राउल क्यास्ट्रोले आधिकारिकरूपमा पदबाट राजीनामा दिए पनि सेनाको जनरलको पद र राष्ट्रियसभा सदस्यको रूपमा भने रहिरहनुभएको छ । ६२ वर्षीय विद्युतीय इन्जिनियर डियाज–क्यानेलले पदभार ग्रहण गरेदेखि नै क्युवाले आर्थिक प्रगतिको कार्यक्रम अगाडि बढाउँदै आउनुभएको छ ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनको क्युवासँग संलग्नताको नीतिलाई फर्काएर कडा आर्थिक प्रतिबन्ध लगाएको थियो । यसैबीच कोरोना महामारीले क्युवाको पर्यटन उद्योगलाई लगभग समाप्त पारेको र ६ दशक लामो अमेरिकी क्रूर नाकाबन्दी विभिन्न ठूला समुद्री आँधीले गर्दा गम्भीर खाद्यान्न र औषधि सङ्कट देखिएको थियो ।
यसैबीच बिहीबार नै चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले क्युवाली कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव डियाज–क्यानेललाई राष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकोमा बधाई सन्देश पठाउनुभएको छ ।
राष्ट्रपति सीका अनुसार चीन–क्युवा सम्बन्धलाई उच्चस्तरमा कायम राख्दै नयाँ प्रगतितिर लगिरहन जरुरी छ । गत वर्षको नोभेम्बरमा राष्ट्रपति डियाज–क्यानेलको चीन भ्रमण पूर्ण रूपमा सफल रह्यो । राष्ट्राध्यक्ष सीले चीन र क्युवाबिचको सम्बन्धको विकासलाई निकै जोड दिँदै अध्यक्ष डियाज–क्यानेलसँग घनिष्ठ सम्पर्क कायम राखेर दुई पार्टी र देशहरूबीचको सम्बन्धको राजनीतिक नेतृत्वको सुदृढीकरणले निरन्तरता पाउने आशा गर्नुभएको छ ।
त्यस्तै चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले अप्रिल २० का दिन नियमित पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभयो । सो क्रममा एक पत्रकारले अप्रिल १९ मा क्युवामा क्युवाली जनसत्ताको राष्ट्रिय सभाको १० औँ अधिवेशनले नयाँ राष्ट्रिय नेता चयन गर्दै मिग्वेल डियाज–क्यानेललाई देशको राष्ट्रपतिमा पुनः निर्वाचित गरेकोप्रति चीनको टिप्पणी के छ भनी प्रश्न सोधेका थिए ।
प्रवक्ता वाङका अनुसार क्युवाली कम्युनिस्ट पार्टी र क्युवाका नयाँ राष्ट्रिय नेताहरूको बलियो नेतृत्वमा क्युवाले समृद्ध र दिगो समाजवादी उद्देश्यको निर्माणमा नयाँ र ठूलो उपलब्धि हासिल गर्ने चीनको विश्वास रहेको छ ।
उहाँका अनुसार चीन र क्युवा एकअर्कालाई विश्वास गर्ने असल साथीहरू, एउटै लक्ष्य राख्ने असल साथीहरू र असल दाजुभाइहरू हुन् । चीनले सधैँ क्युवालाई आफ्नो राष्ट्रिय परिस्थितिअनुरूप विकासको बाटोमा अघि बढ्न सहयोग गर्नेछ र क्युवासँग मिलेर दुई राष्ट्र प्रमुखहरूले हासिल गरेको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, विभिन्न क्षेत्रमा सहयोग सुदृढ गर्न जारी राख्नेछ ।
Leave a Reply