लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
भक्तपुर, १९ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले धर्मको नाउँमा देशलाई विदेशीको उपनिवेश बनाउनेबारे नेपाली जनता सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ ।
महाकवि महर्षि बाल्मिकी जन्म जयन्ती–२०७४ का अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कुनै देशलाई आक्रमण गर्नुपूर्व सांस्कृतिक आक्रमण गरिने र अहिले भारतले नेपालको भाषा, संस्कृतिको क्षेत्रमा आक्रमण गरिरहेको छ भन्नुभयो ।
बाल्मिकी एक प्रतिभाशाली साहित्यकार भएको भन्दै उहाँले रामायण तत्कालीन भारतीय समाजको ऐना भएको र दरबारभित्र पनि कलह र विवाद हुन्छ भन्ने त्यसमा देखाइएको बताउनुभयो ।
इतिहास र साहित्य फरक–फरक विषय भएको बताउँदै प्रमुख प्रजापतिले भन्नुभयो, इतिहासलाई बङ्ग्याउने धृष्टता कसैले पनि गर्नु हुन्न । बुद्ध लुम्बिनीमा जन्मेका हुन्, लुम्बिनी भारतमा पर्छ भनी भारतले प्रचार गरिरहेको छ । हामीले संसदमा समेत त्यसको विरोध ग¥यौं ।
उहाँले नेपालको भाषा, संस्कृति र सम्पदाहरुको संरक्षण गर्नुपर्ने, त्यसले नयाँ पुस्ताको सेवा गर्नुपर्ने र भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणसँगै कलेजहरु खोलेर नयाँ पुस्ताको सेवा गरिरहेको जानकारी दिनुभयो ।
डा.विश्वनाथ आत्रयले बाल्मिकीको सम्बन्ध भक्तपुरसँग रहेको बताउनुभयो ।
प्राध्यापक डाक्टर पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुरको उत्तरमा रहेको खासाङखुसुङ खोला र दक्षिणको हनुमन्ते खोलाबाटै भक्तपुरको सभ्यताको विकास भएको हो भन्नुभयो ।
उहाँले बाल्मिकीले भक्तपुरमा बसेर रामायण रचना गरेको भन्ने कुनै ग्रन्थमा छैन, भन्नुभयो ।
डा.सुरेन्द्र केसीले विधिको आधारमा अध्ययन गनुुर्पे र बाल्मिकीको साहित्यलाई ज्ञानको सृजनासँग जोडेर हेर्नुपर्छ भन्नुभयो ।
डा.शास्त्रदत्त पन्तले कुनै मूर्तिको आधारमा बाल्मिकीले रामायण लेखेको भनी इतिहासविद्हरुले तोडमोड गर्नुहुँदैन भन्नुभयो ।
लेखक ज्ञानमणि नेपालले भक्तपुरका राजाहरुले नेपाल राष्ट्रिय पुस्तकालयका पुराना धेरै पुस्तकहरु सङ्कलन गरेका थिए भन्दै ग्रीक सभ्यताको नक्कल गरेर रामायण लेखेको भन्ने पनि छ भन्नुभयो ।
हनुमानघाट सामाजिक सेवा समिति भक्तपुर, भक्तपुर उद्योग वाणिज्य सङ्घ, सामाजिक उपसमिति र भारद्धाज सांस्कृतिक सम्वद्र्धन केन्द्र काठमाडौं संयुक्त आयोजनामा भएको सो कार्यक्रममा सभापति चैतन्यनारान देवकोटा र रामबहादुर प्रजापतिले पनि विचार राख्नुभएको थियो ।
Leave a Reply