यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ६ वैशाख । नेपाल क्रान्तकारी मजदुर सङ्घको आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई २०२३) को अवसरमा बुधबार भक्तपुर जिल्लाका मजदुरहरूको भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देश र जनतामा समर्पित विचारप्रधान ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र अन्य पार्टी प्रकाशन अध्ययन गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिबारे ज्ञान हासिल गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आर्थिक सहयोग र विकासको लोभमा देशघाती र जनविरोधी सन्धि–सम्झौता गरेर देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने शासकहरूदेखि आम जनता सतर्क हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले जनता कसैको लोभलालचमा फस्नु हुँदैन भन्नुभयो ।
सङ्गठनमा नलाग्दा कति युवाहरू कुलतमा लागेर कष्टकर जीवन बिताइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले मजदुरहरू नेमकिपाको सिद्धान्त र विचारमा रहेर काम गर्न आग्रह गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले अन्तर्राष्ट्रिय श्रमिक दिवस सफल पार्न अहिलेदखि आ–आफ्नो मातहतका सङ्घ–संस्थामा छलफल, भेला र अन्तरक्रिया गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घर्षबाट प्राप्त हक–अधिकार सुनिश्चित गर्दै थप अधिकारको निम्ति अझ सङ्घर्ष गर्नुपर्ने विचार राख्दै उहाँले पुँजीपतिवर्गले साँच्चै मजदुरहरूको पक्षमा आवाज उठाउने छैन भन्नुभयो ।
सभापतिको आसनबाट नेक्रामसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले हक–अधिकार प्राप्त गर्न सङ्घर्ष गरिरहे आन्दोलन सफल हुने बताउनुभयो ।
जिल्ला समितिका सचिव रमेश दुमरू, सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष बिक्रम ढुकुछु र पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
सो भेलाले वैशाख १८ गते मे दिवस मनाउने निर्णय गरेको छ ।
मे दिवस परिचालन समिति विक्रम ढुकुछुको संयोजकत्वमा गठन गरिएको छ । त्यस्तै पुण्यराम न्हुछेको संयोजकत्वमा आर्थिक समिति पनि गठन गरिएको छ ।
Leave a Reply