इरानले सक्ला त आर्थिक कठिनाइको सामना गर्न ?
- भाद्र १७, २०८३
असल काम गर्नेहरूलाई जीवनभर र उनीहरूको देहावसानपछि पनि समाज, देश र संसारले सम्मान गर्छन् । यस क्रममा विभिन्न विद्यालय, विश्वविद्यालय, सडक, पार्क र स्थानहरूको नामकरण उनीहरूको नाममा गरिने विश्वव्यापी परम्परा छ । कतिपय वैज्ञानिकहरूद्वारा आविष्कार गरिएका वस्तुहरूको नाम, कदरस्वरूप उनीहरूकै नामबाट राख्ने गरिएको पाइन्छ । प्रतिभा, त्याग, तपस्या र साधनाको कदर गरिनु स्वाभाविकै हो । भारतमा महात्मा गान्धीको तस्बिरअङ्कित नोट प्रकाशन हुन थालेको धेरै भइसक्यो । हाम्रो नोटमा भने विश्वमै कहलिएका भगवान् बुद्धलाई समेत देखिने गरी राखेर सम्मान गर्न सकिएको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा अन्य देशमा भएको भए, देशकै नामअगाडि यसको नाम राखिन्थ्यो होला । यहाँ भने पहिला अञ्चलको नामसम्म राखिएकोमा अहिलेको राजनीतिक विभाजनमा त्यसलाई वास्तै गरिएन । नेपालमा रहेका, भएका र उब्जेका सबै चीजहरूप्रति यस्तै उदासीन प्रवृत्ति छ । माल पाएर के गर्नु, चाल पाए पो भनेको यही होला !
कतिपय शासकहरू खराबै भए पनि उनीहरू नामका भोका हुन्छन् । यो कुरा विश्व इतिहासले देखाएको छ । आफ्ना पालामा आफ्नै नामबाट राखिएका विभिन्न विद्यालय, अस्पताल, चोक, पार्कहरू पछि शासन र शासक फेरिएपछि परिवर्तन गरिएका पनि छन् । सालिकहरू ढालिएका उदारहण पनि छन् ।
हाम्रै देशको सन्दर्भमा कुरा गर्दा, राणाशासनकालमा ‘वीर पुस्तकालय’, ‘वीर अस्पताल’ वीर शमशेरको नामबाट रह्यो । चन्द्र शमशेरले ‘चन्द्रस्तुति’ समेत लेखाएका थिए । ‘चन्द्र नहर’, ‘चन्द्र मिडिल स्कुल’, ‘चन्द्रज्योति’, ‘चन्द्रनिगाहपुर’, ‘त्रिचन्द्र कलेज’, उनकै देखियो । अन्य राणा प्रधानमन्त्रीहरूले पनि आफ्नो नाम सुरक्षित राख्नका लागि केही न केही उपक्रम गरेकै छन् । ‘बबरमहल’, ‘केशरमहल’, ‘सिंहदरबार’, ‘जुद्ध म्याच फैक्ट्री’, ‘जुद्ध वारुण यन्त्र’, ‘पद्मकन्या कलेज’, ‘बहादुर भवन’, जस्ता नाम, अमर बनाउने क्रममै राखिएका हुन् । तीमध्ये केही हराए होलान् बाँकी सम्पदा भएर रहेकै छन् ।
राजा त्रिभुवनको नामबाट पनि, ‘त्रिभुवन विश्वविद्यालय’, ‘त्रिभुवन राजपथ’, जस्ता नामहरू राखिए । राजा महेन्द्रको पालामा त किताबको नामै ‘महेन्द्रमाला’ भएर आएको थियो । ‘महेन्द्र गुफा’देखि लिएर ‘महेन्द्र ताल’, ‘महेन्द्र राजमार्ग’ पनि उनकै नामबाट राखिए । अन्य लोकप्रिय व्यक्तित्वहरूका नामबाट पनि देशैभरि विभिन्न चोक, सडक, विद्यालय, अस्पताल, कलेज इत्यादिको नाम राखिएकै छ । लोकप्रिय राजा वीरेन्द्रको नाममा भने ‘वीरेन्द्र शिल्ड’ र ‘वीरेन्द्र पार्क’ बाहेक खासै सुनिएन । पहिला बालकैमा राजा भएका र पछि थोरै समय भएका हुँदा, ज्ञानेन्द्रले त्यस्तोउस्तो नाम राख्नै भ्याएनन् ।
अहिले गणतान्त्रिक नेपालमा धेरै नामहरू फेरिएका छन् । खासगरी राजा र राजा बुझाउने शब्द हटक गरिएको छ । यस क्रममा ‘नेपाल सरकार’, ‘नेपाली सेना’, ‘नेपाल औषधि लिमिटेड’, ‘नेपाल वायु सेवा निगम’, ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ चल्न थालेको छ । यसरी पूर्वप्रचलित एउटा खास वंशनामका ठाउँमा, देशको नाम जोडिनु धेरै राम्रो हो । ‘जनताका लागि विद्युतीय आयोजना’ जस्ता जनताका नाम जोडिएका कार्यक्रमहरू पनि कुनै कुनै देखिन्छन् । तर, यहीँ फेरि, ‘राष्ट्रपति रनिङ शिल्ड’, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’, ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’, ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’, ‘प्रधानमन्त्री कप’, ‘सांसद विकास कोष’ जस्ता उच्चपदीय नामहरूको वर्चस्व पनि देशव्यापीरूपमा देखिन्छ । यता स्थानीय स्तरमा पनि ‘अध्यक्ष कप’, ‘मेयर कप’, ‘उपमेयरसँग जनता कार्यक्रम’, ‘मेयर उज्यालो’ इत्यादि सुन्न पाइन्छ ।
आखिर सबै सरकारी नीति, कार्यक्रम तथा क्रियाकलापहरू नागरिककै हितका लागि गरिने भएपछि तिनमा फेरि पदसँग किन उच्च पदसँग जोड्ने ? यसको विकल्प छैन ?
Leave a Reply