भर्खरै :

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – ४

कोरियाली मजदुर पार्टीको आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन – ४

कोरियाली मजदुर पार्टी केन्द्रीय समितिको विस्तारित बैठकले तेस्रो एजेन्डामाथि गहन छलफलपश्चात् सन् २०२२ को नपुग बजेट पूर्ति गर्ने निर्णय ग¥यो र राज्यको बजेट अनुमान समूहद्वारा जाँच र पेश गरिएको सन् २०२३ को बजेट मस्यौदामाथि गहन विचारविमर्श ग¥यो । बैठकले उक्त बजेट मस्यौदालाई १४ औँ सर्वोच्च जनसभा (प्रजग कोरियाको संसद्) को आठौँ अधिवेशनमा पेश गर्न अनुमति प्रदान ग¥यो ।
पार्टीको विस्तारित बैठकले चौथो अजेन्डा ‘क्रान्तिकारी विद्यालयमा पार्टीको मार्गनिर्देशन सबलीकरण गर्ने’ विषयमाथि गहन छलफल गर्दै एक मतले सम्बन्धित प्रस्तावलाई पारित ग¥यो ।
विस्तारित बैठकले पाँचौँ एजेन्डा रहेको ‘नयाँ युगमा पार्टी निर्माणबारे पाँचबुँदे अभिमुखीकरण’ माथि पनि गहन छलफल ग¥यो । पार्टी महासचिव कामरेड किम जोङ उनले पाँचौँ एजेन्डामाथि एक प्रतिवेदन पेश गर्नुभयो ।

विस्तारित बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै कोरियाली पार्टीका महासचिव का. किम जोङ उन

‘यो हाम्रो पार्टीको एक अत्यन्त महत्वपूर्ण विषय हो । यसले हाम्रो पार्टी निर्माणको ८० वर्ष लामो मार्गलाई निर्धारित गरेको छ र देशको भाग्य निर्धारण र कोरियाली जनताको भविष्यका लागि जिम्मेवार पक्ष पनि हो । पार्टीको क्रान्तिकारी चरित्र र प्रकृतिको दृढतापूर्वक रक्षाका लागि प्रभावशाली मार्गनिर्देशन प्रदान गर्न तथा बदलिँदो समयअनुसारको परिवर्तनलाई प्रत्यक्ष ढङ्गले सामना गर्नका लागि नेतृत्वदायी र अग्रदूतको भूमिका प्रदान गर्न सक्षम बनाउन र पार्टीको वास्तविकता जाँच गर्न पनि यस विषयमाथि गम्भीर चिन्तन गर्न आवश्यक छ ।’
पार्टी महासचिव कामरेड किम जोङ उनले अगाडि सार्नुभएको ‘नयाँ युगमा पार्टी निर्माणसम्बन्धी विचारधारा र सिद्धान्त’ मा क्रान्तिकारी चरित्र, विषयवस्तु र सङ्गठन निर्माणको मूल्यवान अनुभवहरूका साथै ऐतिहासिकरूपमा सङ्ग्रह भएका विचारधारा र नेतृत्व कला समाविष्ट छन् । उक्त अभिमुखीकरणले पार्टी कार्यक्रममा उठेका जल्दाबल्दा समस्याहरूको सम्बोधन र तिनीहरूलाई वैज्ञानिक ढङ्गले समाधान गर्ने उपायहरू पनि प्रदान गरिएका छन् । त्यसैले उक्त कार्यक्रम घोषणाको केही महिनाभित्रै त्यसले पार्टीका सबै अधिकारी र सदस्यहरूको पूर्ण समर्थन र स्वीकृति प्राप्त गरेको छ ।

बैठकका सहभागीहरू

उक्त कार्यक्रम पार्टी निर्माणको राजनीतिक, सङ्गठनात्मक, विचारधारात्मक, अनुशासन र कार्यशैली निर्माणमा नयाँ ढङ्गको सैद्धान्तिक प्रणाली कार्यान्वयन गर्न र नियमन गर्न लागु गरिएको हो ।
विशेषगरी नयाँ युगमा सिङ्गो पार्टीलाई सबलीकरण गर्ने सङघर्षले शीघ्र र स्थिररूपमा पार्टी निर्माणका लागि बलियो स्प्रिङ बोर्ड प्रमाणित भएको छ । त्यसबाट पार्टीका सबै तहका सङ्गठनहरूको लडाकु क्षमतामा ब्यापक सुधार आएको छ, राजनीतिक चेतना वृद्धिमा तिव्रता आएको छ र पार्टी अधिकारीहरू र सदस्यको भूमिका व्यापक र प्रभावकारी बनेको छ ।
‘नयाँ युगमा पार्टी निर्माणबारे पाँचबुँदे अभिमुखीकरण’ लाई सबै पार्टी सङ्गठनहरू र यसका दसौँ लाख सदस्यहरूले अनुसरण गरेपछि यो कार्यक्रम एक भरपर्दो शक्ति र पार्टी सबलीकरणको एक ठोस आधार बनेको छ । कोरियाली मजदुर पार्टीसित पार्टीलाई सबलीकरण गर्नका लागि भरपर्दो शक्ति र ठोस आधार (जग) को रूपमा यसका सङ्गठनहरू र यसका दसौँ लाख सदस्यहरू रहेका छन् । ती पार्टी सङ्गठन र सदस्यहरूले कोरियाली प्रायःद्वीप र यस क्षेत्रमा स्वस्थ र स्पष्ट राजनीतिक वातावरण स्थापना गर्न कडा मेहनत गरिरहेका छन् र साङ्गठनिक र विचारधारात्मक हिसाबले पार्टी केन्द्रीय समितिसँगसँगै अगाडि बढिरहेका छन् । करोडौँ कोरियाली जनता कोरियाली मजदुर पार्टीमाथि पूर्ण विश्वास गर्छन् र एक मनले पार्टीलाई सदाविजयी मार्गनिर्देशक र महान् आमा मान्छन् ।
तसर्थ, ‘नयाँ युगमा पार्टी निर्माणबारे पाँचबुँदे अभिमुखीकरण’ लाई अहिले पार्टीको नीतिकै रूपमा परिभाषा गर्नु अत्यन्त सही र परिपक्व विषय हुन आउँछ । क्रान्तिको विकासको नयाँ आवश्यकताबमोजिम ऐतिहासिक मार्ग र वैज्ञानिक ढङ्गले निश्चित भएका नीतिलाई निरन्तरता दिँदै यसको उद्देश्य विस्तारको सम्भाव्यता निश्चित गरिनुपर्छ ।
कोरियाली मजदुर पार्टीले आफ्नो क्रान्तिकारी चरित्र, प्रकृति र विशेषताहरू निरन्तर रूपमा कायम राख्न सक्ने तथा देश र जनताप्रतिको पवित्र कर्तव्य पूरा गर्न सकिरहने विश्वास व्यक्त गर्दै महासचिव कामरेड किमले ‘नयाँ युगमा पार्टी निर्माणबारे पाँचबुँदे अभिमुखीकरण’ कोमपाको पार्टी निर्माणसम्बन्धी आधिकारिक नीति भएको निश्चित गर्नुभयो । त्यस अगाडि नै पार्टी महासचिव कामरेड किमले सविनयपूर्वक पार्टी विस्तारित बैठकसित उक्त अभिमुखीकरणलाई पार्टी नीतिको रूपमा ग्रहण गर्न अनुरोध गर्नुभयो र सिङ्गो पार्टीले सर्वसम्मतिले उक्त प्रस्ताव पारित ग¥यो ।
विस्तारित बैठकमा पार्टी महासचिव कामरेड किमले समापन भाषण दिनुभयो । त्यस क्रममा उहाँले अगाडि भन्नुभयो, हाम्रो सङ्घर्ष अतुलनीय हुनुमा यसले सामना गरेका कष्टसाध्य कठिनाइहरूका कारण होइन बरु यसले बोकेको महान् लक्ष्यहरूका कारण हो । प्रजग कोरियाले समग्र समाजवादी निर्माणको विकास मात्र गरिरहेको छैन त्यसमा नयाँ नयाँ परिवर्तन र विकास थपेर अगाडि बढाइरहेको छ ।
नयाँ वर्ष (२०२३) मा पनि हाम्रो सङ्घर्षले कैयौँ परीक्षा र कठिनाइहरूको सामना गर्नु नै पर्नेछ, जसमाथि विजय पाउन सहज पक्कै छैन तर हामी हाम्रो ध्येयमा दृढ आत्मविश्वास कायम गरी देशको विकासको नयाँ क्षितिजतर्फ साहसपूर्वक अगाडि बढ्नैपर्छ र हाम्रो आफ्नो शक्तिमा विश्वास कायम राख्नैपर्छ ।
हामीले सामना गरिरहेका चुनौतीहरू र कठिनाइहरूमाथि कुनै भाग्य वा बाहिरबाट कसैको सहायताद्वारा नभई हाम्रो आफ्नै प्रयासले पूर्ण विजय पाउनुपर्छ र हामी आफैले निर्णय, निर्धारण र योजना गरेका आधारमा अगाडि बढ्नुपर्छ ।

प्रजग कोरियाको राष्ट्रिय दिवसको अवसरमा आयोजित सैनिक तथा जनप्रदर्शनीका दृश्यहरू ।

पार्टी महासचिव कामरेड किमले पार्टी सदस्यहरूको उच्च मनोबल, क्रान्तिकारी भावना र सबै क्षेत्रका सहभागीहरूको समर्पणको उच्च प्रशंसा गर्नुभयो । विस्तारित बैठकले लिएका निर्णयहरू क्रमशः र पूर्णतया कार्यान्वयन हुने तथा पार्टी र क्रान्तिको नयाँ नयाँ विजय दिवसहरू सिर्जना हुने दृढ विश्वासका साथ पार्टी महासचिव कमरेडले विस्तारित बैठक समापनको घोषणा गर्नुभयो ।
पार्टी महासचिव कामरेड किमको सम्मानमा बैठकका सबै सहभागीहरूले गडगडाहटपूर्ण ताली बजाए । पार्टी महासचिवले सिङ्गो पार्टीलाई सबल पार्न र राष्ट्रिय समृद्धि प्राप्तिका लागि फराकिलो मार्गप्रशस्त गर्नुभएको छ र आफ्नो अद्वितीय विचारधारात्मक र सैद्धान्तिक बुद्धिमानी, सदावहार नेतृत्वको कला र अथक समर्पणका साथ साहसपूर्वक मार्गनिर्देश गर्नुभएको छ । उहाँले सबै पार्टी सदस्यहरूलाई पार्टी केन्द्रीय समितिले तय गरेका क्रान्तिकारी ध्येयप्रति पूर्ण र अडिग बफादारी कायम राख्न र महान राज्य र जनताले सामना गरिरहेका तगाराहरू पार गर्न आफ्नो मनमस्तिष्कमा नयाँ आत्मविश्वासले भरिपूर्ण राख्न प्रेरणा प्रदान गर्नुभएको छ ।
कोरियाली मजदुर पार्टी आठौँ केन्द्रीय समितिको छैटौँ विस्तारित बैठकले कोरियाली शैलीको समाजवादी आन्दोलनको नेतृत्व गर्न हाम्रो पार्टीको परिपक्व नेतृत्व क्षमता प्रदर्शित गरेको छ । बैठकले पार्र्टी स्वयम्ले चयन गरेको क्रान्तिकारी मार्गमा ताजा साहस र उत्साहपूर्ण नेतृत्व प्रदान गर्न र कोरियाली जनताको दबाउन नसकिने लडाकु भावना अभिवृद्धि गर्न सफल भएको छ । विस्तारित बैठकले जुछे क्रान्तिको पवित्र इतिहासमा थप चमक र सुनौला पाना थपेको छ । बैठकको निर्णय कार्यान्वयनले कोरियाली क्रान्तिको सदाविजयी मार्गमा एउटा महत्वपूर्ण मोड सिर्जना गर्नेछ ।
(Report on 6th Enlarged Plenary Meeting of 8th WPK Central Committee : DPRK)
अनुवाद : प्रकाश थुसा
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *