भर्खरै :

रूपाकोट मझुवागढी नपाका शाखा प्रमुख कर्मचारीहरू भनपाको अवलोकनमा

रूपाकोट मझुवागढी नपाका शाखा प्रमुख कर्मचारीहरू भनपाको अवलोकनमा

भक्तपुर, ८ वैशाख । खोटाङ जिल्लाको रूपाकोट मझुवागढी नगरपालिकाका कार्यक्रम अधिकृतलगायत ९ जना विभिन्न शाखा प्रमुख कर्मचारीसहितको टोलीले बिहीबार भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको छ । टोलीले भनपा प्रमुख सुनिल प्रजापतिसँग पनि भेट ग¥यो ।
भेटको क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको सङ्क्षिप्त परिचय दिँदै २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजय हासिल गरेपछि नेमकिपाको घोषणापत्र र पार्टीको नीति र निर्देशनअनुसार भक्तपुर नगरपालिकाले निःस्वार्थरूपमा देश र जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणमा गरिरहेको कार्यको चर्चा गर्दै भक्तपुर नगरपालिकाले आफ्नै ८ वटा कलेजहरू सञ्चालन गरेको तथा १०० शøयाको अस्पताल सञ्चालन गरी शिक्षा र स्वास्थ्य सेवामा सर्वसाधारण नागरिकको पहुँच सुनिश्चित गर्ने स्थानीय तहको रूपमा विकास गरिरहेको जानकारी गराउनुभयो ।
भेटमा रूपाकोट मझुवागढी नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख मीना श्रेष्ठले भक्तपुर नगरपालिकाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्दै महिला बालबालिकाको क्षेत्रमा नपाले गरिरहेको कार्य र फोहोर व्यवस्थापनमा भइरहेको गतिविधिबारेमा जानकारी दिनुभयो ।
भक्तपुर नपा र रूपाकोट मझुवागढी नपाका कर्मचारीहरूबिच पनि भेटघाट भयो । सो कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास निर्माणसम्बन्धी विभिन्न जिज्ञासाहरूबारे अन्तरक्रिया भयो ।
प्रमुख प्रजापतिले नगरपालिकाद्वारा प्रकाशित प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले उक्त टोलीलाई खादा र भादगाउँले टोपीले स्वागत गर्नुभएको थियो । प्रमुख प्रजापतिलाई रूपाकोट मझुवागढी नपाको तर्पmबाट कार्यक्रम अधिकृत रामबहादुर खत्रीले मायाको चिनो प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *