भर्खरै :

सी चिनफिङद्वारा ‘चिनियाँ शैलीको आधुनिकीकरण र विश्व’ नामक ल्याटिन मञ्चलाई बधाई सन्देश

सी चिनफिङद्वारा ‘चिनियाँ शैलीको आधुनिकीकरण र विश्व’ नामक ल्याटिन मञ्चलाई बधाई सन्देश

पेइचिङ, २१ अप्रिल (सीआरआई) । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले शाङ्गहाईको ‘विश्वसितको भेटघाट कक्ष’ मा आयोजित ‘चिनियाँ शैलीको आधुनिकीकरण र विश्व’ नामक ल्याटिन मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ ।
राष्ट्राध्यक्ष सीले आधुनिकीकरण साकार तुल्याउनु चिनियाँ जनताको सक्दो खोज भएको र यो विश्वको विभिन्न मुलुकका जनताको पनि साझा खोजी भएको भन्दै चिनियाँ कम्युनिस्ट पार्टीले चीनको विभिन्न जातिका जनताको नेतृत्व गरी दीर्घकालीन अन्वेषण गरेर चिनियाँ राष्ट्रिय अवस्थासित अनुकूल हुने विकास मार्ग पत्ता लगाएको बताउनुभएको छ । सीले चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ उपलब्धिमार्फत विश्वको विकासका लागि नयाँ मौका उपलब्ध गराउने, मानवको आधुनिकीकरण बाटो र सामाजिक व्यवस्थाको अन्वेषण गर्नका लागि नयाँ सहयोग गर्न र मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढाउने कुरामा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *