भर्खरै :

कम्युनिस्टहरू आमूल परिवर्तनको निम्ति अघि बढ्नुपर्छ

पुँजीवादी व्यवस्थाका कम्युनिस्ट शासकहरूले बेलाबखत कम्युनिस्ट एकताको कुरा फुके† पार्टी एकता पनि भए† बहुमत ल्याएर सरकारको नेतृत्व पनि गरे । पद र पैसामुखी राजनीतिले गर्दा पार्टी एकता टिकेन र फेरि फुटे । फेरि ती शासकहरू विचार मिल्नेसँग कम्युनिस्ट एकताको कुरा फुक्दै छन् । पार्टी एकता हुँदा सिद्धान्त र विचार मिलेकै आधारमा भएको घोषणा हुन्छ । सिद्धान्त र विचारको आधारमा भएको पार्टी एकता किन फेरि फुट्छ ? वास्तवमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीहरू सिद्धान्त र विचारको आधारमा पहिले पार्टी एकता भएको होइन । एकता भएर बढीभन्दा बढी सांसद जितेर सरकारको नेतृत्व गर्नु नै उनीहरूको ध्येय रहेको देखिन्छ । एकताको निम्ति उनीहरू सिद्धान्त र विचारको कुरै गर्दैनन् । एकता गर्ने भए सिद्धान्त र विचारको विषयमा पो बहस गर्नुपर्छ ।
कम्युनिस्ट एकता देशमा आमूल परिवर्तनको निम्ति हुनुपर्छ । कम्युनिस्ट एकता पुँजीवादी व्यवस्था ढालेर समाजवादी व्यवस्था स्थापनाको निम्ति हुनुपर्छ । कम्युनिस्ट एकता पुँजीवादी व्यवस्थामा गएर, पुँजीवादी व्यवस्थालाई पृष्ठपोषण गर्न होइन । सरकार टिकाउन या सरकारको आयु लम्ब्याउन कम्युनिस्ट एकता हुने होइन† गर्ने होइन । यता एमाले अध्यक्ष केपी ओली पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपालको कम्युनिस्ट आन्दोलन नै ध्वस्त पारेको बताउँछन् । अनि उनी पनि वामपन्थी र परिवर्तन चाहनेलाई एमालेमा आउन आह्वान गर्छन् । दाहाल, नेपाल र बाबुराम भट्टराई पनि विचार मिल्ने कम्युनिस्टहरूबिच मोर्चा गर्ने र पछि पार्टी एकता गर्ने कुरा गर्छन् । उनीहरू एकातिर एकले अर्काेलाई कम्युनिस्ट होइन भन्छन्, कम्युनिस्ट पार्टी र आन्दोलनमा धोका दिएको बताउँछन् अर्काेतिर मिल्ने कुरा पनि गर्छन् ।
नेकासँग साठगाँठ गरेर सरकारको नेतृत्व गर्ने माओवादी र एकीकृत समाजवादीका नेताहरूले कोसँग एकता गर्न आह्वान गरेका हुन् ? राप्रपासँग गठबन्धन गर्ने एमालेका नेताहरू कसलाई आफ्नो पार्टीमा सामेल हुन आग्रह गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको सन्दर्भ पारेर मात्रै कम्युनिस्ट एकताको कुरा गरेर आफ्नो धर्म निर्वाह हुँदैन । प्रतिनिधिसभा र देशमै कम्युनिस्ट बहुमत भएको उनीहरूको दाबी छ । तर, बहुमत कम्युनिस्टहरू भएको कम्युनिस्ट पार्टीले देश र जनताको लागि के गरेको छ ? सरकारमा गएर के गरेको छ, सरकारमा नरहँदा के गरेको छ ? उनीहरू आफ्नो दलको मार्ग निर्देशक माक्र्सवाद–लेनिनवाद मान्छन् । तर, उनीहरू त्यो दर्शनलाई व्यवहारमा ल्याउने प्रयत्न गर्दैनन् । बरु माक्र्सवाद र लेनिनवादको नाउँमा त्यही दर्शनको विरोध गर्छन् । माक्र्सवाद र लेनिनवाद दर्शन नअँगाल्ने ती दलका नेताहरू कम्युनिस्ट मिल्नुप¥यो भनेर के नाटक गर्दै छन् ?
सिद्धान्त र विचारको आधारमा कम्युनिस्ट पार्टीहरू मिल्नु गलत होइन । सच्चा कम्युनिस्टहरू मिले पनि नमिले पनि आमूल परिवर्तनको निम्ति अघि बढ्छन् । कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ । कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याएर सङ्गठित गर्नुपर्छ । सङ्गठित गरेर आमूल परिवर्तनको बाटो खोज्नुपर्छ । आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्ष आवश्यक हुन्छ† वर्गसङ्घर्ष गर्न पूर्वाधार तयार गर्दै जानुपर्छ । तर, विडम्बना ! ती कम्युनिस्ट शासकहरू आमूल परिवर्तनको निम्ति कुनै बाटो तयार गर्दैनन् । ती शासकहरू खालि सतही राजनीति गर्छन्, हो हल्लाको राजनीति गरेर झूटको खेती गर्छन् । यो पुँजीवादी सरकारमा गएका कम्युनिस्ट शासकहरूको चरित्र नै भइसकेको घटनाले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *