स्थानीय पाठ्यक्रम अध्यापनको लागि शिक्षकको व्यवस्था कहिले ?
- असार ९, २०८३
चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन वैशाख १० मा सम्पन्न भयो । भरतपुर– ११ स्थित नयाँ किरण माविमा रास्वपाबाट आचारसंहिता उल्लङ्घन भएको क्षमायाचना भएपश्चात् पुनः मतदान प्रक्रिया सुरु हुँदा अरू ठाउँभन्दा ढिलो सम्पन्न हुनपुगेको थियो । भरतपुर–५ स्थित लक्ष्मी मा.वि.मा पनि रास्वपाका सभापति रविका समर्थकहरूले हुटिङ, होहल्ला मच्चाउँदा मतदान केन्द्र र मतदाताहरूमा असहज परिस्थिति सिर्जना हुन पुगेको बुझ्न सकिन्थ्यो ।
मतदानको दिन एक उम्मेदवारले २ वटामात्र सवारी साधन प्रयोग गर्न पाउने भनिए तापनि रवि लामिछानेले ९–१० वटाभन्दा बढी गाडीको लस्कर लिएर हिँडेको आचारसंहिता उल्लङ्घन गरेको काङ्ग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आरोप लगाएका थिए । रास्वपाबाट निर्वाचन आचारसंहिता भइरहँदा प्रशासन मूकदर्शक बनेको उम्मेदवार श्रेष्ठको आक्रोश थियो । नेकपा एमालेका समर्थक कार्यकर्ताहरूले पनि मतदान केन्द्रमा रविका समर्थकले निर्वाचन चुनाव चिह्न घण्टी बजाउँदै होहल्ला गर्दै हिँडेको आरोप लगाएका थिए ।
चितवन २ नं. क्षेत्रमा उपनिर्वाचन भइरहँदा उम्मेदवार रवि लामीछाने धेरै मतदान केन्द्रहरूमा पुगेका थिए । रवि पुगेका मतदान केन्द्रहरूमा रविका कार्यकर्ता समर्थकहरूले होहल्ला गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन भएको कुरा स्वयंले क्षमायाचना गरेका छन् । दुईवटा मात्र सवारीसाधन प्रयोग गर्न पाउने भनिए तापनि रविको अघिपछि गाडीको लस्कर देख्न सकिन्थ्यो । मिडिया प्रचारबाजी रविले निर्वाचनको दिन मतदान केन्द्र वरिपरि होहल्ला, हुटिङ गराएर मतदाताहरूलाई प्रभावित बनाएको कुरा सचेत नागरिकहरूबाट आएका छन् ।
हिजो काङ्ग्रेस, एमाले र माओवादीहरूले निर्वाचन प्रचारप्रसार, मतदानस्थल, मतगणना स्थल वरिपरिजस्तो वितन्डा, हुलमिल सिर्जना गर्दथे । रविका समर्थक र कार्यकर्ताहरूले उस्तै नक्कल गरेको बुझ्न सकिन्छ । माओवादी, एमाले, काङ्ग्रेसकै असन्तुष्ट समर्थक कार्यकर्ताहरू आज रास्वपामा उत्तेजित माहोल भिड बन्न गएको देख्न सकिन्छ । काङ्ग्रेस, एमाले, माओवादीलगायत शासक दलहरूबाट रुष्ट भएका, वितृष्णा बनेका जनता रविको लयालु बोली र मीठो शब्दजालमा परेको कुरा राजनीतिज्ञहरूले बोल्न थालेका छन् । भ्रष्टाचार र कमिसनखोरको मुद्दाले हाईहाई भएका रविले आफ्नो समर्थक कार्यकर्तालाई नैतिकता र इमानदारीतामा रहन नसिकाउनु र उच्छृङ्खल उत्तेजित गराउनु समाजको लागि हितकर भने हुनेछैन । त्यसैको प्रतिफल आउने दिनमा रास्वपा स्वयं र समाजले भोग्नुपर्ने छ ।
सर्वदलीय बैठकपछि चितवनमा ११ गते दिनको १ बजेबाट मतगणना सुरु भएको कुरा नेमकिपाका उम्मेदवार ज्ञानेन्द्र प्रजाले जानकारी दिनुभएको छ । सर्वदलीय बैठकमा निर्वाचन अघि र मतदानको दिन आचारसंहिता उल्लङ्घन भएको विषयमा छलफल चलेको उम्मेदवार प्रजाले बताउनुभएको छ । मतगणना स्थल वरिपरि रास्वपाको समर्थक र कार्यकर्ताहरूको माहोल उत्तेजितरूपमा देख्न सकिन्छ ।
Leave a Reply