भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, १२ वैशाख । नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरी नेपाली समाजका लागि उत्कृष्ट योगदान पु¥याउने ३ जनालाई ‘नागरिक नायक’ को सम्मान प्रदान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने ३ जनालाई नागरिक रिपब्लिक मिडियाले नागरिक नायकको सम्मान प्रदान गरेको हो ।
स्थानीय तहमा देशकै लागि उदाहरणीय काम गरेकोमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ‘नागरिक नायक २०८०’ को रूपमा सम्मान गरिएको हो ।
भक्तपुर नगरपालिकाको तर्फबाट नागरिक नायक २०८० को सम्मान ग्रहण गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आजको सफलता नेमकिपाका अग्रज नेता कार्यकर्ताले दशकौँदेखि इमानदारीपूर्वक गर्दै आएको कामकै देन भएको बताउनुभयो । उहाँले उक्त सम्मानलाई भक्तपुरका जनताले गरेको कामको सम्मानको रूपमा आफूले लिएको बताउनुभयो ।
उहाँले भक्तपुरका जनप्रतिनिधिहरूको इमानदारिता र निःस्वार्थरूपले देश र जनताको सेवा गर्ने भावनाले गर्दा नगरपालिकाले नवीन अभ्यास गर्न सफल भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमाण बिजुक्छेँले २०५६ सालतिर १५ वर्षभित्र एक घर एक स्नातकको घोषणा गर्नुभएपछि भक्तपुरमा शैक्षिक परिवर्तन भएको सो अवसरमा उहाँले बताउनुभयो ।
भक्तपुर नपाले हाल ८ वटा कलेज सञ्चालन गरी देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको र ढिलोचाँडो भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाउनेमा उहाँले आशा व्यक्त गर्नुभयो ।
नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ को परिकल्पनालाई साकार पार्ने आधारहरू निर्माणमा भक्तपुर नपा अग्रसर रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको संवादमा उहाँले भन्नुभयो, “भक्तपुर नपा देशकै एकमात्र स्थानीय तह हो जसले सम्पदा पुनःनिर्माण र विकास निर्माणमा विदेशीको सहयोग अस्वीकार गरेको छ । भक्तपुरवासी जनताकै साथ र सहयोगमा अघिल्लो कार्यकालमा मात्र भूकम्पबाट भत्केका १२४ वटा सम्पदा र दोस्रो कार्यकालको ११ महिनामा १४ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण गरिसकेको र हाल २१ वटाभन्दा बढी सम्पदा निर्माणाधीन अवस्थामा रहेकोमा गौरवको अनुभूति भएको छ ।”
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो । नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले संस्था स्थापनाको उद्देश्यबारे प्रस्ट पार्दै देश र समाजको निःस्वार्थपूर्वक सेवा गर्ने व्यक्ति नै समाजको नायक भएको बताउनुभयो । कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ र लैङ्गिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मी घलानलाई पनि नागरिक नायक २०८० ले सम्मान गरिएको थियो ।
Leave a Reply