भर्खरै :

भक्तपुर अस्पतालले घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै

भक्तपुर अस्पतालले घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै

भक्तपुर, १२ वैशाख । भक्तपुर अस्पतालले भक्तपुर नगरका १० वटै वडाहरूमा प्रेसर, सुगर, रगत जाँच र पिसाब जाँचसम्बन्धी घुम्ती स्वास्थ्य परीक्षण सेवा सञ्चालनमा ल्याइएको भएको छ ।
उक्त विचार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घुम्ती स्वास्थ्य परीक्षण सेवाको पानसमा दीप प्रज्ज्वलन गर्दै व्यक्त गर्नुभएको हो ।
उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएको घरदैलो नर्सिङ कार्यक्रमले नगरवासीहरूको स्वास्थ्यको अवस्था सँगसँगै त्यहाँका जनताको अन्य रोगको समस्या थाहा पाउन थप सहयोग पुग्ने बताउनुभयो ।
उहाँले समाजवादी देश क्युवाले संसारको सबभन्दा राम्रो स्वास्थ्य सेवा प्रदान गर्दै क्युवाली जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको चर्चा गर्नुभयो । भक्तपुर नपाले समाजवादी देश क्युवाको स्वास्थ्य नीतिबाट सिक्दै घरदैलो नर्सिङ सेवा, वडा वडामा स्वास्थ्य केन्द्र सञ्चालन तथा ख्वप अस्पताल सञ्चालन गरी जनतालाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो ।
शिक्षा र स्वास्थ्यलाई निजीकरणबाट टाढा राख्न सके मात्र जनताले सहज र सुलभरूपमा सेवा पाउने बताउँदै उहाँले भक्तपुर नपाले सरकारलाई बलियो बनाउने ढङ्गले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जनताको घरघरमा गएर सेवा गर्ने नीतिअनुरूप भक्तपुर अस्पतालले पनि छिट्टै घुम्ती स्वास्थ्य सेवा सञ्चालनमा आउने बताउँदै यो कार्यमा स्थानीय तहसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
उक्त कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमण कायस्थले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *