हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
समाजवादी देशको प्रजातान्त्रिक प्रणालीबारे कुनै खोज–अनुसन्धान र अध्ययन नगरी, प्रजातन्त्रबारे चिनियाँ अवधारणाभित्र रहेर उसले हासिल गरेको विकासप्रति कुनै हेक्का नराखी पश्चिमाहरू विशेषतः संरा अमेरिकाले लगातार चीनमाथि आफ्ना मूल्यमान्यता थोपर्ने प्रयत्न गर्दै आएको छ । पश्चिमाहरू यो पृथ्वीमा आफूमात्र प्रजातन्त्रको एक्लो मानक भएको ठान्छन् ।
यो सत्य हो, जनताले नस्वीकारेको राजनीतिक प्रणाली वा जनताले अनुपयुक्त मानेको व्यवस्थामा कुनै प्रगति सम्भव हुँदैन । त्यस्तो व्यवस्थामा जनता खुसी वा सन्तुष्ट पनि हुन सक्दैनन् । पश्चिमाहरूले चीनले बितेका केही दशकमा हासिल गरेका उपलब्धिको १० प्रतिशत पनि आफ्ना जनतालाई दिन सक्दैनन् ।
छनोटको सम्मान
अन्तर्राष्ट्रिय वृत्तमा प्रजातन्त्रबारे चीनको धारणा बहस र छलफलको विषय बन्दै आएको छ । कसै–कसैले चीनमा राजनीतिक स्वतन्त्रता नभएको र मानवअधिकार उल्लङ्घन हुने गरेको तर्क गर्दै अज्ञानतापूर्वक शासन सञ्चालनबारे चिनियाँ अवधारणाको आलोचना गर्छन् । तथापि, प्रजातन्त्रबारे चीनको अभ्यास यो सोझो बुझात्न्दा निकै गहन छ । चिनियाँ अवधारणामा धेरै यस्ता सकारात्मक पक्ष छन् जसबाट अरू विकासशील देश लाभान्वित हुन सक्छन् ।
चीनसँग विदेशी हस्तक्षेप झेलेको लामो अनुभव छ । उन्नाइसौँ शताब्दीको मध्यमा भएको अफिम युद्धदेखि बीसौँ शताब्दीको सुरुका दशकमा भएको जापानी हस्तक्षेपसम्मको लामो इतिहासमा चीनले बाहिरी हमला सामना गर्नुप¥यो । यही इतिहासकै कारण चीनले कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेपको सिद्धान्तमाथि गहिरो विश्वास गर्दै आएको छ । चीनको लागि प्रजातन्त्र भनेको हरेक देशले आफ्नो मौलिक सांस्कृतिक, सामाजिक र ऐतिहासिक परिस्थितिमा आधारित भएर निर्माण गर्ने राजनीतिक प्रणाली हो । उसले हरेक देशको सार्वभौमिकता र स्वाधीनताप्रति सम्मान गर्नुको महत्व बुझेको छ । सबै देशलाई आफ्नै राजनीतिक प्रणाली विकास गर्न र आफ्नै गतिमा त्यो प्रणालीलाई संस्थागत गर्न दिनुपर्छ भन्ने कुरामा चीनले जोड दिँदै आएको छ ।
प्रजातन्त्र र अहस्तक्षेपसम्बन्धी चीनको अवधारणा विशेषतः उपनिवेशवाद र बाह्य हस्तक्षेपको अनुभव गरेका धेरै अरू विकासशील देशको लागि सान्दर्भिक छ । ती देशहरूले अहस्तक्षेपको सिद्धान्तलाई आफूमाथि राजनीतिक र आर्थिक प्रणाली थोपर्ने बाह्य प्रयास रोक्ने बलियो सुरक्षाकवचको रूपमा लिने गरेका छन् । सार्वभौमिकता र स्वाधीनताप्रतिको सम्मान सघन बनाउँदै चीन ती देशसँग आपसी सम्मान र विश्वासमा आधारित बलियो साझेदारी बनाउन सफल छ ।
जनतामा आधारित ढाँचा
“सम्पूर्ण प्रक्रियाको जनताको प्रजातन्त्र नै समाजवादी प्रजातन्त्रको पारिभाषित विशेषता हो । यो बृहत्, असली र सबभन्दा प्रभावकारी प्रजातन्त्रको रूप हो”, चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ ।
कुनै देशको राजनीतिक प्रणालीजस्तै चीनले आफ्नो राष्ट्रिय परिस्थितिमा बारम्बारको प्रयोगपश्चात् समाजवादी प्रजातन्त्र विकास गरेको हो । राष्ट्रपति सीले पश्चिमा वृत्त र विशेषतः पश्चिमा नेताहरूलाई कैयौँ पटक ‘चीनले उनीहरूको शैलीको प्रजातन्त्रको सम्मान गर्छ र त्यसरी नै उनीहरूले पनि समाजवादी प्रजातन्त्रबाट सिक्नुपर्ने’ बताउनुभएको छ ।
चीनको समाजवादी प्रजातन्त्रले राजनीतिमा जनताको सहभागितालाई ‘मूलतत्व’ मान्ने गर्छ । चीनको संविधानअनुसार ‘जनवादी गणतन्त्र चीनको सबै अधिकार जनतामा निहित छ ।’ यसमा नै चीनको राजनीतिक प्रणालीको मूल मूल्य मान्यता निहित छ । चीनको जनकाङ्ग्रेस प्रणालीका साथै चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुदलीय सहकार्य र राजनीतिक परामर्श प्रणालीमा जनतालाई सर्वोपरि मान्ने यो संवैधानिक प्रावधानको पूर्ण पालना भएको छ ।
जनकाङ्ग्रेस प्रणाली देशको मालिकको रूपमा जनताको स्थान सुनिश्चित गर्ने आधारभूत राजनीतिक व्यवस्था हो ।
चीनको समाजवादी प्रजातान्त्रिक प्रणालीको आलोचना गर्ने मानिसहरूलाई जनकाङ्ग्रेसका सांसदहरू विभिन्न क्षेत्रबाट आएका सबै ५६ वटै जातिको प्रतिनिधित्व गर्ने विविध उमेर, शैक्षिक पृष्ठभूमि र धार्मिक आस्थाका मानिसहरू हुन् भन्ने कुरा सम्भवतः थाहा छैन अथवा उनीहरूले कहिल्यै थाहा पाउन पनि चाहेनन् । ती प्रतिनिधिहरूले जनताको पूर्ण प्रतिनिधित्व गर्छन् र उनीहरू निर्णय र छलफलका सबै प्रक्रियामा सहभागी बन्न सक्षम छन् । उनीहरू संविधानले दिएको अधिकार प्रयोग गर्दैै कानुन निर्माण, अनुगमन, अधिकारीको मनोनयन र निलम्बन तथा महत्वपूर्ण मुद्दामा निर्णय गर्ने प्रक्रियामा सामेल हुन्छन् । यस्तै अभ्यासले जनतामा केन्द्रित राजनीतिक प्रणालीले सम्पूर्ण समाजको विवेक र शक्तिलाई पूर्ण परिचालन गर्छ । यसले सबै नीतिलाई सम्भव भएसम्म बृहत् सहमति जुटेको वस्तुगत नीति बनाउँछ ।
चीनले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा बहुदलीय सहकार्य र राजनीतिक परामर्शको प्रणाली अवलम्बन गरेको कुरा बुझ्न ज्यादै महत्वपूर्ण छ । यो व्यवस्थाअन्तर्गत राज्यका क्रियाकलाप र अनुगमनको अभ्यासमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा कम्युनिस्ट पार्टीबाहेकका अन्य पार्टी र कुनै पनि दलमा आबद्ध नभएका विशिष्ट व्यक्तिको बृहत् सहभागितालाई जोड दिन्छ ।
पश्चिमा देशहरू दुई दल वा बहुदलीय प्रणालीबारे ठुलठुला कुरा गर्छन् । उनीहरूभन्दा फरक चीनको राजनीतिक प्रणालीले राजनीतिक दलले जनतालाई भन्दा आफ्नै स्वार्थलाई जोड दिने आम परिदृश्य चीनमा हुन दिँदैन । जनताको भलाइको लागि मिलेर काम गर्नुको सट्टा विपक्षीमाथि हिलो छ्यापाछ्यापमै रमाउने प्रणालीभन्दा चीनको प्रणाली भिन्न छ । अझै चिनियाँ कम्युनिस्ट पार्टीले दिलोज्यान लगाएर जनताको सेवा गर्ने सिद्धान्तलाई देशको शासन प्रणालीमा एकाकार गरेको छ । त्यसो गर्दा मात्र जनताको हित आधारभूतरूपमा सुनिश्चित हुन्छ । चिकपाको नेतृत्वमा चिनियाँ समाजवादी प्रजातन्त्रले नीति निर्माणमा स्थिरता र विकासको लक्ष्यमा दिगोपना सुनिश्चित गर्न सक्छ ।
पश्चिमा आलोचकहरू निकै सहजताका साथ चीनको राजनीतिक प्रणालीमा कम्युनिस्ट पार्टी नै एक्लो खेलाडी भएको घोषणा गर्छन् । बहुदलीय सहकार्य र राजनीतिक परामर्शको व्यवस्थामा चिकपाबाहेकका आठ वटा दल र कुनै पनि दलमा आबद्ध नभएका विशिष्ट व्यक्तिहरूले राज्यका मामिलामा जनताका आवाज राख्ने गर्छन् । चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका समितिहरूले सल्लाहकार निकायको भूमिका खेल्छन् । तिनले बहुदलीय सहकार्य र राजनीतिक परामर्शका डबलीको भूमिका खेल्छन् । राजनीतिक पार्टीलाई आफ्ना स्वार्थ सिद्ध गराउने थलो बन्नुको सट्टा तिनले चिनियाँ राष्ट्रको लागि असल शासन सुनिश्चित गर्छन् ।
सन् २०२२ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा राष्ट्रपति सीले जनताका आधारभूत हित रक्षा गर्न चीनको समाजवादी प्रजातन्त्र बृहत्, असल र सबभन्दा प्रभावकारी प्रजातन्त्र भएको उल्लेख छ । “फस्टाइरहेको समाजवादी प्रजातन्त्रको मुख्य प्रयोजन भनेको जनताको चाहनालाई पूर्ण अभिव्यक्ति दिनु, उनीहरूका हक र हितको रक्षा गर्नु, रचनात्मकतालाई प्रोत्साहन गर्नु र देश चलाउन सबै जनताको सहभागिताको प्रणालीगत र संस्थागत सुनिश्चितता गर्नु हो”, उहाँले भन्नुभएको छ ।
सिक्ने र सिकाउने
चीनको समाजवादी प्रजातान्त्रिक व्यवस्थाको विकास र चिनियाँ प्रजातन्त्रबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भएको छलफलको आधारमा जो कसैले पनि चीनको समाजवादी प्रजातान्त्रिक व्यवस्थाबारे पश्चिमा आलोचकहरू वस्तुगत हुन जरुरी भएको निष्कर्षमा पु¥याउँछ । उनीहरूले चीनको सबै प्रणाली राम्ररी बुझ्न जरुरी छ । उनीहरूले चीनको जनतामा केन्द्रित प्रजातन्त्रसम्बन्धी अवधारणाबारे धेरै कुरा बुझ्नुपर्छ र आफ्नो शैलीको प्रजातन्त्रमा ती कुरा अङ्गीकार गर्नुपर्छ ।
चीनको प्रजातान्त्रिक मूल्य मान्यताबाट अरू विकासशील देशले पनि धेरै कुरा सिक्न सक्छन् । चीनको शासन प्रणालीमा सिक्नुपर्ने धेरै कुरा छन् । सबभन्दा महत्वपूर्ण कुरा त उनीहरूले राष्ट्रपति सीका यी गुनिला शब्द सुन्न जरुरी छ,“हामीले कुनै पनि देशको राजनीतिक प्रणालीको यान्त्रिक अनुशरण गर्नु हुँदैन ।”
(लेखक पाकिस्तानको द डेली मेल दैनिक अखबारमा चीन मामिलाका सम्पादक हुन् ।)
स्रोतः पेइचिङ रिभ्यु
नेपाली अनुवाद :नीरज
Leave a Reply