हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
काठमाडौँ, १४ वैशाख । सामाजिक सञ्जालमा संसद् भवन बानेश्वरको प्रतिनिधिसभा बैठक कक्षको तस्बिर राखिएको थियो । तस्बिरमा सत्ता पक्षको कुर्सीमा सांसदहरूको उपस्थिति खाली थियो । तस्बिर राख्नेको टिप्पणी थियो – “माननीयज्यूहरू ! भत्तामात्र खाने कि सभामा पनि बस्ने ?” हुन त प्रमुख विपक्षी सांसदहरूको कुर्सी पनि त्यसरी नै खाली थिए । बैठकमा गणपूरक सङ्ख्या पु¥याई प्रस्ताव पारित गर्ने जिम्मेवारी सत्तापक्षको हुन्छ । सत्तापक्षमा एक स्वतन्त्र सांसदसहित नौ राजनीतिक दलको २७० सांसद बस्छन् ।
राजाको शासनमा पंफादेवी ठकुरी भ्रष्टाचारमा संलग्न भएको समाचार हुन्थ्यो । अहिले संसद्मा गणतन्त्रका पंफादेवीहरू भ्रष्टाचारमा संलग्न भइरहेको आवाज उठिरहेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई भ्रष्टाचारको आरोपमा हटकडी लगाइयो । नेपालमा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र पंफादेवीहरूलाई हटकडी लगाइएको छैन । यसमा ‘स्थायी सरकार’को दावी गर्दै आएको कर्मचारी संयन्त्रका उच्च अधिकारीहरू पनि दोषी छन् । यी उच्च अधिकारीहरूले नै मन्त्रिपरिषद्को निर्णय भई खरिद गरिएमा भ्रष्टाचारको छानबिन नहुने, पाँच वर्षपछि भ्रष्टाचारको हदम्याद समाप्त हुने विधेयक खेस्रा गरेका हुन् ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने क्षेत्र नै राजनीति हो । राजनीति सबै नीतिको मूल नीति हो । काठमाडौँ महानगरपालिकाले काठमाडौँका विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही हुने चेतावनी दिएको समाचार प्रकाशित भयो !
सुकुम्बासीको नाममा नदी किनारा र अन्य सरकारी जग्गा कब्जा गरेकालाई आ–आफ्ना जिल्लामा फर्काउनु, काठमाडौँको फोहोर व्यवस्था गर्न सहयोग नगरेका सिंहदरबारको फोहोर नउठाउने, मापदण्ड मिचेर निर्माण गरिएका भवन हटाउने, भ्रष्टाचार, कमिसन र घुसको विरोध गर्नु राजनीति हो । यी विषयहरूबारे विद्यार्थीहरूलाई सचेत गराइए काठमाडौँ महानगरपालिकामा सदाचार कायम गर्न मद्दत पुग्नेछ ।
बेइमानी गर्नुलाई राजनीति भन्नुहुँदैन । बेइमानहरूको हातमा ‘सिहदरबार’ वा राजनीति पारे देश र जनतालाई दुःख हुन्छ । सिँहदरबार कब्जा जमाउनेहरू आफूलाई ज्वरो आए पनि नेपाल मेडिकल काउन्सिललाई सिफारिस गराएर भारत वा अन्य देशमा राज्यको करोडौँ रकम खर्च गराई उपचारमा जानु बेइमानी हो, राजनीति होइन । भर्खरै निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल २ करोड ३६ लाख राज्यलाई व्यतर गराई भारत उपचारमा रहेको सार्वजनिक भयो ।
Leave a Reply