कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ
- भाद्र ६, २०८३
भक्तपुर, १७ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल सञ्चालनको दोस्रो वार्षिक कार्यक्रमको आइतबार पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । सोही अवसर पारेर ख्वप अस्पतालले आइतबारबाट प्रसूति सेवाको विस्तार गरेको छ ।
कार्यक्रममा अतिथि बिजुक्छेँले समाजवादी सिद्धान्त र मूल्यमान्यताअनुरूप भक्तपुर नगरपालिकाले गर्दै आएको कामको देशका अन्य स्थानीय तहहरूले पनि अनुसरण गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो ।
समाजवादी व्यवस्थाले कुनै एक व्यक्ति वा समूहको मात्र हित गर्ने नभई व्यापक जनताको हकहितमा केन्द्रित हुने हुँदा यो व्यवस्था जनताको लागि स्वर्ग भएको बताउनुभयो ।
शैक्षिक सर्टिफिकेटले मात्र विद्यार्थीहरूको शिक्षाको मापन नहुने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरू व्यावहारिक पक्षमा पनि निपुण हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सक्षम र योग्य विद्यार्थीहरूले जुनसुकै क्षेत्रमा पनि इमानदारीपूर्वक काम गर्न सक्छन् । कामदेखि भाग्ने होइन, आफ्नो पेसामा समर्पित भएर निःस्वार्थपूर्वक काम गर्ने जनशक्तिको खाँचो छ ।”
कामदार वर्गबाट प्रतिनिधित्व गर्ने चिकित्सकहरूले गरिब जनताको सेवामा दत्तचित्त भई लाग्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले देश र जनताको हितमा काम गर्ने भावनाले काम गर्न प्रेरित गर्नुभयो ।
नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले इमर्जेन्सी वार्ड सञ्चालन गरेदेखि नै अस्पतालको आधार तयार गरेको तर, सरकारले २०७३ सालमा मात्र ख्वप सञ्चालनको अनुमति दिएको हुँदा अस्पताल सञ्चालमा विलम्ब भएको बताउनुभयो ।
अहिले पनि ख्वप विश्वविद्यालयसहित मेडिकल कलेज सञ्चालन गर्ने तयारी गरेको भक्तपुर नगरपालिकालाई सरकारले विधेयक पारित गर्न नदिएको उल्लेख गर्दै सांसद सुवालले शिक्षा र स्वास्थ्यमार्फत सर्वसाधारण जनताको सेवा गर्न नदिने सरकारहरू कसरी जनताको सरकार हुन्छन् भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “वीर अस्पतालको अति विशिष्ट उपचार कक्ष माकुराको जालो बुनाएर राख्ने र राष्ट्रपतिलगायत प्रधानमन्त्रीहरू सानोतिनो उपचारको लागि जनताको कर खर्च गरेर विदेशमा उपचार गर्न जाने बन्दोबस्त आर्थिक अनियमितता नै हो । सर्वसाधारण जनताले सिटामोल पाएका छैनन्† सुत्केरी महिलाहरू अस्पताल नपुग्दै बिच बाटोमा मरिरहेका छन् । लाखौँ बालबालिका कुपोषणको शिकार भइरहेका छन् । सरकारमा गएकाहरूलाई चासो छैन ।”
“चीन, क्युवा, प्रजग कोरियालगायत देशहरूमा राजनीतिक नेता र सर्वसाधारण जनताको स्वदेशमै समान सुविधामा उपचार हुन्छ । वीर अस्पतालमा टोपोथेरापी रेडियसन उपचारको लागि ४५ करोडमा खरिद गरिएको मेसिन जडान नै नगरी कवाडी बनाइयो । तर, दोषीलाई कारबाही गरिएको छैन । सरकारी अस्पतालको उपकरण जानाजान बिगार्ने र बिरामीलाई निजी अस्पतालमा पठाउने दोषीहरूलाई पनि कारबाही भइरहेको छैन ।”
उहाँले भन्नुभयो, “सरकारले राजस्व लक्ष्य १४ खर्ब ३ अर्ब राखेको थियो । तर, नौ महिनामा ७ खर्ब ८ अर्ब राजस्व उठ्यो । खर्च ९ खर्ब ९१ अर्ब भयो । बजेट घाटा २ खर्ब ८३ अर्ब पुग्यो । पूर्वशिक्षकहरूले निवृत्तिभरण पाएका छैनन् । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पनि नपाउने अवस्था छ । माओवादी कार्यकर्तालाई फेरि रकम बाँड्ने कार्यविधि तयार पारियो । जनआन्दोलनमा मजदुर, किसानलगायत सबै जनताले रगत–पसिना बगाएका थिए । सबैको लागि शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था गरिएको भए माओवादी कार्यकर्ताको पनि स्वतः हित हुने थियो ।”
सांसद सुवालले भन्नुभयो, “सरकारले किसानलाई मलको व्यवस्था गरेको छैन । विषादी भएको दाल, चामल, तरकारी भारतबाट किनेर जनतालाई कति दिन खुवाउने ? रासायनिक मल कारखाना स्थापनामा लागत धेरै पर्ने र बजार नहुने दाबी गरेको लगानी बोर्डको औचित्य छैन, खारेज गर्नु जरुरी छ ।”
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले संवेदनशील ढ·ले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै ख्वप अस्पताल नाफाको लागि नभई जनताको निःस्वार्थ सेवा गर्ने उद्देश्यले स्थापित जनताको अस्पतालको रूपमा सञ्चालन हुने बताउनुभयो ।
उहाँले जनस्वास्थ्य केन्द्र हुँदै हाल १०० शøयाको ख्वप अस्पतालको रूपमा सञ्चालन हुनु आफैँमा एउटा ठूलो उपलब्धि भएको धारणा राख्दै ख्वप अस्पतालले वैशाख १७ गतेबाट प्रसूति सेवा सुरु गरेको जानकारी दिनुभयो ।
सड्ढटको बेला जनता आफैँ अग्रसर भएर सहयोग गर्नु आफैमा राम्रो उदाहरण हुने बताउँदै उहाँले ख्वप अस्पताललाई सुविधासम्पन्न बनाउन आवश्यक जनशक्ति र उपकरणहरू थप्दै लैजाने उल्लेख गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालबाट प्रवाहित सेवाबाट सबै समुदाय र वर्गका बिरामीहरू लाभान्वित भएको र नगरपालिकाले सञ्चालन गरेका शैक्षिक संस्थाहरूबाट देशैभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिलेको बताउनुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्य रहेको चर्चा गर्दै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले शिक्षा र स्वास्थ्य क्षेत्रमा नेमकिपाका अग्रजहरूले बलियो जग राखेकै कारण आज १०० शøयाको ख्वप अस्पताल सञ्चालन गर्न सक्षम भएको र अस्पतालले थप सेवा तथा सुविधाहरू उपलब्ध गराउँदै जाने बताउनुभयो ।
ख्वप अस्पतालका इन्टरनल मेडिसिन विशेषज्ञ डा. अमर प्रजापतिले कोभिड रोकथाममा ख्वप अस्पतालबाट भएका विविध गतिविधि र हालको कोभिड तथा डेङ्गु सङ्क्रमित बिरामीहरूको उपचार तथा अवस्थाबारे जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले अस्पताल सञ्चालनको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।
सामुदायिक आँखा केन्द्रका इन्चार्ज धिरज अधिकारीले आँखा अस्पतालबाट प्रवाहित सेवा र प्रगति विवरण प्रस्तुत गर्नुभयो भने ख्वप अस्पतालका वरिष्ठ मेडिकल अफिसर डा. रत्नसुन्दर लासिवाले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
Leave a Reply