भर्खरै :

शासक दलहरूकै कारण देश प्रतिगमनोन्मुख

शासक दलहरूकै कारण देश प्रतिगमनोन्मुख

जुम्ला, १७ वैशाख । जुम्ला जिल्ला समन्वय समिति जुम्लामा वैशाख १६ गते सर्वदलीय बैठक बस्यो । बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी र नेपाल मजदुर किसान पार्टीको उपस्थिति थियो । बैठकमा जुम्लामा आजसम्म दलहरूले गरेका काम र पूर्वराजा ज्ञानेन्द्र शाहको जुम्ला भ्रमणबारे छलफल भयो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले विगतमा सत्तारुढ दलका कार्यकर्ता र उनीहरूको नेतृत्वमा बनेको सरकारको गतिविधिको कारण देशले प्रतिगमनको बाटोमा फस्नु परेको बताउनुभयो ।
उहाँले नेकाको प्रजातान्त्रिक समाजवाद, एमालेको जनताको बहुदलीय जनवाद तथा माओवादीको नयाँ जनवाद कागतमा मात्र सीमित भएको र उनीहरू देशी विदेशी जनविरोधी शक्तिहरूको आडमा चलेकोले देशको सार्वभौमिकता सड्ढटमा परेको र देश प्रतिगमनको बाटोतिर लागेको बताउनुभयो ।
उक्त बैठकमा अन्य पार्टी कार्यकर्ताहरूले विगतको आलोचना अर्काे बैठकमा गर्ने भनी बताउनुभयो ।
पूर्वराजा ज्ञानेन्द्रको प्रचारमा ‘श्री ५ ज्ञानेन्द्र’ भन्ने शब्दावली संविधानको भावनाविपरीत भएकोले बैठकले प्रमुख जिल्ला अधिकारीलाई उक्त प्रचार सामग्री तत्काल नष्ट गर्नुपर्ने सुझाव दिएको थियो ।
नागरिक अभिनन्दन नेपाली सेनाले प्रयोग गर्दै आएको टुडिखेलमा गर्न लागेकोमा समितिले उक्त स्थल नदिने निर्णय गरेपछि आयोजक राजावादीहरूले बनाइरहेको मञ्चसमेत भत्काई अन्यत्र गर्ने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको वैशाख १७ गते जुम्लामा अभिनन्दन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *