कामदारवर्गको अहितमा लागेकाहरू नेमकिपामा अटन सक्दैनन् : अध्यक्ष बिजुक्छेँ
- भाद्र ६, २०८३
भक्तपुर, १७ वैशाख । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी सङ्घ भक्तपुर जिल्ला समिति र नेपाल कर्मचारी समाजको संयुक्त आयोजनामा १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले नागरिक पोशाकका सरकारकै मानिसले प्रहरीलाई ढु·ामुढा गर्ने र मजदुर आन्दोलनलाई दबाउने काम मई आन्दोलनमा भएको तर्फ सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “मजदुर आन्दोलनभित्र देखापरेका पुँजीवादी विचार संशोधनवाद हो । संशोधनवादीहरू दीर्घकालीन हितलाई छोडेर अल्पकालीन स्वार्थमा लाग्छन् । पुँजीवादी केही व्यक्तिको हित हेर्ने व्यवस्था हो भने समाजवाद सबैको हित हेर्ने व्यवस्था हो । मजदुर स·ठनका नेताहरू आफ्नो व्यक्तिगत स्वार्थको लागि पुँजीपतिवर्गसँग मिलेमतो गर्नु ट्रेड युनियनवाद हो ।”
नेपाली युवालाई भाडाको सिपाहीँ बनाउने गोर्खा भर्ती, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि, वर्तमान र भविष्यको अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेनाले नेपालको सैनिक व्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, २०६३ यता सरजमिन गराई जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयक, एसियामा तेस्रो विश्व युद्ध गराउन अमेरिकी साम्राज्यवादले रूसविरूद्ध युक्रेनमा गरेको आक्रमणको खण्डन एवं भत्र्सना नगर्ने नयाँ वा पुरानो पार्टी र नेताहरूको औचित्य नभएको सांसद सुवालले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले नेपालको भूमि मिचेको र नेपाली भूमि कालापानी कब्जा गरी बसेका भारतीय सेनाको विरोध नगरेको, भारतीय सीमा सुरक्षा बलले इलाममा नेपालीलाई आफ्नो घर मर्मतसमेत गर्न नदिएको र मेची नदीको पारी सञ्चालित आधारभूत विद्यालय बन्द गराई सो भूमि भारतलाई दिने तयारी गरेको सरकारको विरोध नगर्ने पार्टी र नेता नयाँ वा पुरानो भए पनि औचित्य छैन ।”
कर्मचारीहरू सचेत नागरिक र बुद्धिजीवीसमेत भएको हुँदा लोभमा परेर सेयर कारोबार र बीमामा लाग्न नहुनेतर्फ सांसद सुवालले सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो, “भारतका ४० प्रतिशत सांसद फौजदारी अभियोग लागेको भएको र अदालतबाट फैसला ढिलो हुने हुँदा सांसदहरू ढुक्क भएर बसेको समाचार छ । नेपालमा पनि शासक दलहरूको कारण संसद्मा फौजदारी अभियोग लागेका सांसदहरू बढ्दो छ ।”
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शासक दलका व्यक्तिहरूले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको चर्चा गर्दै वैदेशिक ऋण र युवाहरू विदेसिंदा देश जटिल अवस्थामा पुगी आर्थिक सड्ढट देखिन थालेको बताउनुभयो ।
“सरकारमा गएका पार्टीहरूले कार्यकर्ता पोस्ने र पाल्ने कार्य गरिरहेका छन् । कर्मचारीहरू व्यक्तिगत स्वार्थभन्दा माथि उठी देश र जनताको सेवामा अगाडि बढ्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
काम गरेर जीविका निर्वाह गर्ने सबै मजदुर नै हुने धारणा राख्दै प्रमुख प्रजापतिले शारीरिक श्रम र बौद्धिक श्रम गर्ने मजदुरहरूबिच भेदभाव अन्त्य हुनु आवश्यक भएको बताउनुभयो ।
मजदुरवर्गलाई शोषण गरी पुँजीपतिवर्गले नाफा कुम्ल्याउने हुँदा समाजवादी व्यवस्था स्थापना नभएसम्म मजदुर र पुँजीपतिवर्गको द्वन्द्व सधैँ कायम रहने हुनाले वर्गविहीन साम्यवादी व्यवस्था स्थापना गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।
पुरानो शासन संरचनालाई जगैदेखि ध्वस्त नगरेसम्म आमूल परिवर्तन सम्भव नहुने स्पष्ट पार्दै प्रमुख प्रजापतिले निर्वाचनको माध्यमबाट समाजमा क्रान्तिकारी परिवर्तन हुनेछैन भन्नुभयो । कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले कामदारहरूबिच फुट ल्याई शासन गर्ने दाउमा पुँजीपतिवर्ग रहने हुँदा यसतर्फ कामदारवर्ग सचेत हुनुपर्छ भन्नुभयो ।
मजदुर र कर्मचारीहरू ट्रेड युनियनवादी नभई आमूल परिवर्तनका बाहक र क्रान्तिकारी विचारधाराबाट निर्देशित हुनु आवश्यक छ, उहाँले भन्नुभयो ।
नेपाल कर्मचारी समाजका पूर्वकेन्द्रीय सदस्य पूर्णलाल खत्रीले नेपाल कर्मचारी समाजका सदस्यहरूले नेपाल मजदुर किसान पार्टी कामदार वर्गको ‘स्वर्ग’ समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको हुँदा समाजका सदस्यहरूले नेमकिपाको सिद्धान्त, नीति र निर्देशनअनुसार आफूलाई परिचालित गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका शिवराम धुख्वा, दिव्यलक्ष्मी बज्राचार्य, लक्ष्मीप्रसाद दुमरू र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply