तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १८ वैशाख । १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस र ख्वप कलेज अफ ल मा कार्यरत शिक्षक तथा कर्मचारीहरूबिच सोमबार प्रवचन कार्यक्रम भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको इतिहासबारे गहन छलफल आवश्यक भएको बताउनुभयो ।
मजदुरवर्गको मुक्ति समाजवादी व्यवस्थामा मात्र सम्भव भएको धारणा राख्दै उहाँले भन्नुभयो, “समाजवादी व्यवस्थामा उत्पादनका साधन र स्रोत सामाजिकीकरण अर्थात् सार्वजनिक हुन्छ† योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ ।”
“योग्यता भनेको शैक्षिक प्रमाणपत्र मात्र नभई व्यक्तिले हासिल गरेको ज्ञान र सीप पनि हो,” उहाँले भन्नुभयो ।
आफूलाई समाजवादी भन्नेहरूको जीवनशैली र व्यवहार समाजवादी आचरणअनुरूपको हुनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले कम्युनिस्ट ठान्ने शासक पार्टीहरूले कम्युनिस्ट सिद्धान्तविपरीत जनतालाई झुक्याउने काम गरिरहेकाले ती शासक पार्टीविरुद्ध नेमकिपाको सङ्घर्ष जारी रहेको र जनतालाई सचेत पार्ने काम नेमकिपाले गरिरहेको बताउनुभयो ।
“समयको गतिसँगै मजदुर आन्दोलनको स्वरूप पनि फेरिँदै छ । बुद्धिजीवी, प्राध्यापक, अनुसन्धानदाता, वैज्ञानिक पनि मजदुरवर्गमै पर्छ,” अध्यक्ष रोहितले स्पष्ट पार्नुभयो ।
देश र जनताप्रति समर्पित नहुने मानिस कम्युनिस्ट हुनैनसक्ने दाबी गर्दै उहाँले कम्युनिस्टको व्यवहार र जीवनपद्धति कम्युनिस्ट सिद्धान्तअनुसारको हुनुपर्नेमा जोड दिनुभयो ।
हरेक कम्युनिस्टले आफ्नो जीवनपद्धितबारे आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले गलत कुराको खण्डन गर्नु हरेक सचेत मानिसको कर्तव्य हो भन्नुभयो ।
राजनीतिबाट कोही पनि अलग्ग हुन नसक्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले एक व्यक्तिले पनि समाजमा धेरै परिवर्तन गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीपतिवर्गले मजदुरमाथि गरिने शोषण नै मजदुरहरूको साझा समस्या भएको बताउनुभयो ।
“नाफाकै लागि पुँजीपतिवर्गले मजदुरलाई बढीभन्दा बढी शोषण गर्छ† स्वार्थ फरक भएकै कारण मजदुर र पुँजीपतिवर्गबिच सङ्घर्ष जारी रहन्छ । समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष पनि जारी रहन्छ । समाजवादी व्यवस्थामा मात्र वर्गविहीन समाज सम्भव छ,” उहाँले स्पष्ट पार्नुभयो ।
शासक पार्टीहरूले देश र जनताको इमानदारीपूर्वक सेवा नगरेकै कारण सर्वसाधारण जनताले अहिलेको स्थिति भोग्नुपरेको हो । शिक्षा नीति भद्रगोल भएकै कारण ९ महिनाभित्र ८० हजारभन्दा बढी नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनको लागि विदेश गए† ५०० भन्दा बढी कलेजहरू बन्द हुने अवस्थामा छन्† यस्तो स्थिति आउनुमा सरकारमा गएका पार्टीहरू दोषी छन्, प्रमुख प्रजापतिले बताउनुभयो ।
नेपालको वैदेशिक ऋण २० खर्ब छ । सरकारले राजस्व लक्ष्य १४ खर्ब ३ अर्ब राखेको थियो । तर, नौ महिनामा ७ खर्ब ८ अर्ब खर्च भयो । बजेट घाटा २ अर्ब ९३ करोड पुग्यो । राजस्वको यस्तो स्थितिमा अयोग्य माओवादी कार्यकर्तालाई फेरि रकम बाँड्ने कार्यविधि तयार गरियो । सबैको लागि शिक्षा, स्वास्थ्य निःशुल्क र सीपमूलक तालिमको व्यवस्था गर्न सके माओवादी कार्यकर्ताको पनि हित नै हुनेछ, उहाँले भन्नुभयो ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले उल्टो गति लिइरहेको र चार महिनाको सरकारको उपलब्धि शून्य रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
शिक्षा–स्वास्थ्य क्षेत्रमा भक्तपुर नगरपालिकाले हासिल गरेको उपलब्धि अन्य स्थानीय निकायले चासोपूर्वक हेरिरहेको चर्चा गर्दै उहाँले भनपाका जनप्रतिनिधिहरूले पारदर्शी ढङ्गले इमानदारीपूर्वक जनताको सेवा गर्नु नै सफलताको ‘मन्त्र’ हो भन्नुभयो ।
आफूले केही नगरी अरूलाई काम गराउने सोच त्याग्नुपर्छ । श्रम गरेर जिउने र श्रमलाई सम्मान गर्ने भावना जगाउनु आवश्यक छ । एनजीओ÷आईएनजीओमार्फत होइन हामी नै अगाडि बढ्नु आवश्यक छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले कुनै पनि विचारधारालाई अङ्गीकार गर्ने र त्यसमाथि दृष्टिकोण निर्माण गर्ने पाटो अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो ।
मजदुर आन्दोलन पेसागत हक–हितसँग सम्बन्धित नभई आमूल परिवर्तनसँग सम्बन्धित रहेको उहाँले बताउनुभयो ।
ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र उपप्राध्यापक सुनिता गाइसीले मजदुर आन्दोलन र मे दिवसबारे प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
Leave a Reply