नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
“दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओल (YOON Suk Yeol) को हालैको अमेरिका भ्रमण कोरियाली प्रायःद्वीप र त्यस क्षेत्रको सुरक्षा र शान्तिमा खलबल पु¥याउने मूल जरो भएको तथ्य थप पुष्टि भएको छ ।
कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको विभागीय उपाध्यक्ष किम यो जङ (Kim Yo Jong) ले वैशाख १६ गते कोरियाली केन्द्रीय समाचार संस्थासँगको भेटमा उक्त कुरा बताउनुभएको हो ।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बाइडेन र दक्षिण कोरियाका अधिकारीले वैशाख १५ गते शिखर वार्ता गरी ‘वासिङटन घोषणा’ जारी गरेका थिए । सो घोषणामा प्रजग कोरियाविरुद्ध गतिविधि बढाउने उल्लेख छ ।
“संरा अमेरिका र दक्षिण कोरियाका अधिकारीहरूले तयार गरेको ‘वासिङ्टन घोषणापत्र’ मा प्रजग कोरियाविरुद्धको शत्रुतापूर्ण र आक्रामक गतिविधि बढाउन ‘विस्तारित प्रतिरोध’ लाई सदृढ गर्ने उल्लेख थियो । यसले उत्तरपूर्वी एसिया र विश्वको सुरक्षा र शान्ति थप जोखिममा पारेको छ । संसारका न्यायप्रेमी जनताले सो घोषणालाई कहिल्यै स्वागत गर्न सक्दैन ।”
“संरा अमेरिकाको आणविक रणनीति ‘आणविक परामर्श समूह’ को निर्माण र बरोबर सैनिक अभ्यासले क्षेत्रीय राजनीतिक र सैनिक अवस्थालाई थप अस्थिर बनायो । यसले नयाँ सुरक्षा वातावरणको सामना गर्न हामीलाई निर्णायक कदम उठाउन बाध्य पा¥यो ।”
“शत्रु देशका कार्यकारी अधिकृतले विश्वको आँखाबाट औपचारिकरूपमा ‘शासनको अन्त्य’ शब्द प्रयोग गरेकोलाई हामीले मानिसको बुढ्यौली मात्र मान्न सक्दैनौँ । यस्तो अर्थहीन तर्क राख्ने व्यक्तिले संयुक्त राज्य अमेरिकाको भविष्य सुरक्षित बनाउने जिम्मेवारी लिन सक्ने छैन । उनलाई थप दुई वर्षको कार्यकाल बिताउन सजिलो हुनेछैन ।”
संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको यो सामान्य अभिव्यक्ति होइन । हाम्रो सबैभन्दा ठूलो शत्रुको यो धम्की ठूलो आँधीबेहरीको लागि तयारी हुनुपर्छ । शक्तिमा उन्मत्त यो देश बलको गलत लेखाजोखा गर्दै छ । यसपटक वासिङटन र सिउलको युद्धपिपासु शासकहरूको घोषणाले हाम्रो देशप्रति उनीहरूको शत्रुतापूर्ण नीतिलाई पुनः पुष्टि ग¥यो । यसले हामीलाई भविष्यमा के गर्नुपर्छ र केको तयारी गर्नुपर्छ, सचेत पा¥यो । वर्तमान अवस्थाको यो गम्भीर तस्वीर हो । योओलले यसपटक ‘दक्षिण कोरियाको तीन–मण्डली (संरा अमेरिका–जापान–दक्षिण कोरिया) को संयुक्त गतिविधि’ विस्तार गर्न द्वन्द्वात्मक नीति अपनाउने दोहो¥याए । यसको अर्थ दक्षिण कोरिया र संरा अमेरिकाको संयुक्त युद्ध अभ्यास थप तीव्र हुने स्पष्ट छ । संरा अमेरिकाबाट युद्धको निवारण गर्ने राम्रो प्रस्ताव आउने बुझाइ राख्नु मूर्खता हुनेछ । सुरक्षालाई सङ्कटमा पार्ने घोषणाको असक्षमता र उत्तेजनालाई हेर्दै संसारले हेर्दै छ ।
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले बढी शक्तिशाली हुने सपना बुन्दै छन् । आणविक युद्ध विरोधलाई अगाडि बढाउनुपर्ने र विशेषगरी आणविक युद्ध विरोधको दोस्रो अभियानलाई कार्यान्वयन गर्नुपर्नेतर्फ दृढ हुनु जरुरी छ । उपाध्यक्ष जङले भन्नुभयो, “हामीले के गर्नुपर्छ ठ्याक्कै हामीलाई थाहा छ । शत्रुहरूले आणविक युद्ध अभ्यास बढाउन र कोरियाली प्रायःदीपमा आणविक हतियार बढी तैनाथ गर्नुले हाम्रो प्रतिरक्षालाई पनि सोही अनुपातमा बढाउनु जरुरी हुनेछ ।”
Leave a Reply