भर्खरै :

चर्चा आर्थिक–राजनीतिक सङ्कटको

चर्चा आर्थिक–राजनीतिक सङ्कटको

मई दिवसको सेरोफेरोमा विश्व परिस्थितिमाथि एक दृष्टिपात
संसारभर पैmलिएको कोभिड महामारीका कारण विगत केही वर्ष मई दिवस ठुला सभा, गोष्ठी तथा जुलुस आयोजना गरी मनाइएन । विशेषगरी सन् २०२० देखि सन् २०२२ सम्मका मई दिवस प्रभावित भए । यो वर्षको मई दिवसलाई एउटा विशिष्ट परिस्थितिको मई दिवस भन्नु अत्युक्ति नहोला ¤ कोभिड महामारीले विश्वलाई लगातार तीन वर्ष आक्रान्त पा¥यो । ठुलो धनजनको नोक्सान भयो । अहिले मानिसहरू कोभिडले छोडेको मनो–सामाजिक असर र गम्भीर अर्थ–सामाजिक प्रभावबिच जीवन यापन गर्दै छन् । संसारभर लाखौँ–लाख मानिसले रोजगार गुमाए । कोभिडपछि धेरै मानिस घरबारविहीन अवस्थामा पुगेकोे तथ्याङ्कले बताउँछ । संसारभर भोकमरी तथा गरीबी बढ्यो ।
आज संसार तीव्र ढङ्गमा आर्थिक सङ्कटमा फस्दै छ । संरा अमेरिकाका तीन ठुला बैङ्कहरू टाटपल्टेको घोषणा भइसकेका छन् भने अरु धेरै वित्तीय संस्थाहरू त्यही बाटोमा रहेको बताइन्छ । मई दिवसकै दिन संरा अमेरिकाको अर्को ठुलो बैङ्क धरासायी भएको खबर प्रकाशित भयो । विश्वका कामदार जनता मई दिवस मनाइरहँदा संरा अमेरिकाको ‘फस्र्ट रिपब्लिक बैङ्क, सानफ्रान्सिस्को’ टाटपल्टेको घोषणा हुँदै थियो । सन् २०२३ का ४ महिनामा तीनवटा ठुला बैङ्क डुबेको घोषणा भइसकेको छ । थप १८६ वटा अमेरिकी बैङ्क डुब्ने स्थितिमा पुगिसकेको एउटा रिपोर्टले हालै सार्वजनिक गरेको खबर प्रकाशित भएको छ । यता दक्षिण एसियाली मुलुकहरू श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको आर्थिक सङ्कट झन्झन् चुलिँदै छ । नेपाल पनि खतराबाट मुक्त नभएको स्पष्ट छ ।

भक्तपुरमा मजदुर ¥याली

संरा अमेरिकाले जन्माएको युक्रेन युद्धका कारण विश्वको आर्थिक सङ्कट थप गम्भीर बन्दै छ । विश्वमा आफ्नो प्रभुत्व कायम राख्न तथा तीन दशकभन्दा लामो एकध्रुवीय विश्व हल्लिन नदिन संरा अमेरिकाले मस्कोलाई घेरेर समाप्त पार्ने र चीनलाई अप्ठ्यारो पार्ने उद्देश्यसहित थालेको युक्रेन युद्धले गर्दा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास, अन्नलगायत अत्यावश्यकीय वस्तुमा चर्को मूल्यवृद्धि भएको छ । पर्यटन क्षेत्र डाँवाडोल बनेको छ । कोभिड महामारीको अन्त्यसँगै तङ्ग्रिने अपेक्षा गरिएको पर्यटन युक्रेन युद्धले झनै थचारेको छ । फलस्वरूप आर्थिक सङ्कट लम्बिँदै छ । आर्थिक मन्दीका कारण संसारमा नयाँ अर्थ–सामाजिक एवम् अर्थ–राजनीतिक फेरबदल देखापर्दै छ । यो पटक विश्व मानवजगत अदृश्य भाइरसका कारण भन्दा पनि स्वयम् मानिसकै कारण फेरि असुरक्षित महसुस गर्दै छ । तेस्रो विश्वयुद्धको कालो बादल झन्झन् बाक्लिँदै गइरहेको छ । एसिया महादेशमा युद्ध थोप्ने चाँजोपाँजोमा अमेरिकी साम्राज्यवाद लागेको बुझ्न अब गा¥हो छैन ।
यस परिस्थितिमा मजदुरहरूबिच अभूतपूर्व एकता तथा मजदुर सङ्घर्षले सफलता हासिल गरेको दिनको रूपमा स्मरण गरिने मई दिवसको महत्व र मई दिवसको सन्देश तथा भावनाको प्रवाहको आवश्यकता अझ बढेको छ ।

१३४ औँ मई दिवस र पुँजीपति वर्गको भय !
कोभिड लगभग नियन्त्रित भइसकेको हुनाले यो वर्ष भने विश्वभरि साना–ठुला जुलुस, सभा, छलफल, सांस्कृतिक गतिविधि तथा गोष्ठी आयोजना गरी मनाइएका खबरहरू आउने क्रम जारी छ । यद्यपि, ती खबरहरूसमेत दबाउने, लुकाउने या बङ्ग्याउने चेष्टा भएको बुझ्न सकिन्छ ।
राजधानीबाट प्रकाशित हुने नेपालका पत्रपत्रिका र अन्य सञ्चारमाध्यमहरूले पनि मई दिवसका खबरहरूलाई प्राथमिकता त के देऊन् यथोचित स्थान दिन समेत आवश्यक नठानेको वैशाख १९ गतेका पत्रपत्रिका पल्टाउँदा प्रस्ट हुन्छ । दुईवटा अङ्गे्रजी दैनिकले सानो कुनामा दुई–चार हरफको मई दिवसको समाचार प्रकाशित ग¥यो । यसले पुँजीपति वर्ग आफ्नो वर्गीय स्वार्थप्रति कति सजग छ र मजदुरवर्गदेखि कति भयभित छ भन्ने सङ्केत गर्दछ । नेपाली पत्रपत्रिका तथा सञ्चारमाध्यमहरूले आफ्नो वर्गीय पक्षधरता खुलस्त पारे ! आफ्नो मालिकप्रति पूर्ण बफादारिता देखाए ! पुँजीपतिवर्गको शासनसत्ता ढाँट, छलछाम, जालझेल, षड्यन्त्रकै भरमा टिकेको हुन्छ ! तल्लो वर्ग माथि नउठोस् भन्ने तिनको चाहना हुन्छ । यो पटकको मई दिवसमा यो विषय अझ उदाङ्गो भयो ।

भेनेजुयलाको राजधानी काराकासमा मजदुरहरू

नेपालको सन्दर्भमा नेपाल मजदुर किसान पार्टी र पार्टी आबद्ध नेपाल क्रान्तिकारी मजदुर सङ्घले विभिन्न जिल्लामा भेला, छलफल तथा गोष्ठी आयोजना गर्दै छन् । कार्यक्रमहरू त्यही एक दिनमात्र सीमित नराखी केही हप्ता चालू रहने बताइएको छ । मे महिनामै विश्व सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको स्मृति दिवससमेत परेकोले ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलन’, ‘कम्युनिस्ट घोषणापत्र’, कार्ल माक्र्सको जीवनी, माक्र्सवादी साहित्य, माक्र्स र एङ्गेल्सका रचना आदि अध्ययन तथा अन्तरक्रिया कार्यक्रमहरू भइरहेका खबरहरू प्रकाशित हुँदै छन् । स्कूल, कलेज, गाउँ, नगरमा मई दिवसको महत्व तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक विषयमा भेलाहरूमार्पmत शिक्षित बनाउने कार्य विगतका वर्षमा जस्तै यो साल पनि हुँदै छ । यो निश्चय पनि सकारात्मक पक्ष हो । राजनीतिक कक्षा, वैचारिक प्रशिक्षण, सैद्धान्तिक छलफलविना कामदारवर्गीय आन्दोलन अगाडि बढ्न सम्भव नहुने निर्विवाद छ । पुँजीवादी सङ्गठनहरूको सिको गरेर या तिनीहरूकै शैली अपनाएर परिवर्तनको अपेक्षा गर्नु या सङ्गठन विस्तारको सपना देख्नु निरर्थक हुनेमा शङ्का छैन । कामदारवर्गीय आन्दोलनका निम्ति जरा, जग या जमीन नै आवश्यक हुन्छ । प्रचारबाजी, होहल्ला, सतही कार्य या अराजनीतिक शैली भनेको पुँजीवादी शैली हो र त्यसले मजदुर–किसानको चेतना विकास तथा भलाइमा कुनै प्रभाव पार्दैन । आमूल परिवर्तन भनेको ख्यालठट्टा होइन न त यो कुनै आफसेआफ उठ्ने लहर नै हो ।
लेनिनले तत्कालीन सोभियत सङ्घमा हरेक शुक्रबार पार्टी साहित्य तथा समाजवादी साहित्यको अध्ययन तथा अन्तत्र्रिmयाको नेतृत्व गर्नुभयो । मजदुरहरूका बस्ती बस्तीमा र कलकारखानाहरूमा त्यस्ता गतिविधि निरन्तर चलाइन्थे । मजदुरहरूको राजनीतिक चेतनास्तर त्यसरी उठाइएको थियो । बाहिर शान्त तर भित्रभित्रै तीव्र बेगमा बगिरहेको नदीभैmँ सोभियत समाजवादी क्रान्ति अगाडि बढ्दै थियो । त्यसकारण, भनिएको हुनुपर्छ क्रान्ति एउटा निरन्तरको प्रक्रिया हो ।

क्युवामा नयाँ शैलीको मई दिवस
संसारमा क्युवामात्र त्यस्तो देश होला जुन देशको क्रान्ति छेवैको संरा अमेरिकाको ६३–६४ वर्ष लामो व्यापक दमन तथा हमलाबिच पनि निभाउन सम्भव भएन ¤ क्युवाविरुद्ध संरा अमेरिकी नाकाबन्दी अहिले झनै कठोर पारिएको छ । त्यही नाकाबन्दीका कारण केही समयदेखि क्युवा इन्धन अभावको कठिन स्थितिमा छ । प्रतिकूल मौसम र इन्धन अभावलाई ध्यानमा राखी यो वर्ष हवानामा मई दिवसको दिन विशाल जमघट भएन । हवानाको रेभुलुसनरी चोकमा हरेक मई १ को दिन लाखौँ क्युवाली र विदेशी पाहुनाको उपस्थितिमा हुने भव्य कार्यक्रम यो वर्ष भएन ।
क्युवाले मई दिवसका गतिविधि आ–आफ्नै क्षेत्रमा मनाउन आह्वान ग¥यो । कलकारखाना, स्कुल, कलेज तथा विश्वविद्यालयमा मजदुर, कर्मचारी, शिक्षक तथा प्राध्यापकहरूबिच छलफल गरी यो वर्षको मई दिवस मनायो । यो अहिलेसम्मकै फरक मई दिवस भएको जनाइएको छ ।
मई १ कै दिन संरा अमेरिकाबाट क्युवा पुगेका ३ सय अमेरिकीहरूलाई क्युवाली राष्ट्रपति मिगुयल डियाज कानलले हवानामा स्वागत गर्नुभयो । अमानवीय नाकाबन्दीविरुद्ध एकजुट हुन तथा साथ दिन उहाँले अनुरोध गर्नुभयो भने अमेरिकी पाहुनाहरूले अन्यायपूर्ण नाकाबन्दीविरुद्ध स्वदेश फर्केर गतिविधि झन् तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरे । धेरै लामो समयपछि क्युवा भ्रमण गर्ने त्यो नै सबैभन्दा ठुलो प्रतिनिधिमण्डल हो ।
मई २ का दिन रुसी राष्ट्रपतिका आर्थिक सल्लाहकार म्याक्सिम ओरेश्कीन हवाना पुगी आपसी सहयोग तथा व्यापारिक गतिविधि थप तीव्र पार्ने सहमति भयो । ऊर्जाको क्षेत्रमा थप सहकार्य गर्ने सहमति भएको बताइयो ।
यसरी क्युवाले यो वर्षको मई दिवसलाई अमेरिकी नाकाबन्दीविरुद्ध आन्तरिक तथा बाह्य तयारी बलियो बनाउने अवसरको रूपमा लिएको प्रस्ट छ । आर्थिक सङ्कटसँग जुभ्mन मितव्ययिता अपनाउने ढङ्गमा क्युवा अगाडि बढेको बुझ्न गा¥हो छैन । साथै, क्युवाली जनतालाई विचार, सिद्धान्त तथा व्यवहारका हिसाबले पनि बलियो प्रयास चालू रहेको छ भन्नु समीचिन हुनेछ ।

संसारका विभिन्न देशमा मई दिवसमा मजदुर प्रदर्शनी
ल्याटिन अमेरिकी देश भेनेजुयलामा हरेक वर्षभैmँ यो वर्ष पनि राजधानी काराकासमा विशाल प्रदर्शनी तथा सभा सम्पन्न भयो । राष्ट्रपति निकोलस माडुरोले मजदुरहरूको हितमा विभिन्न घोषणा गर्नुभयो । विशाल मजदुर सभालाई सम्बोधन गर्दै उहाँले राज्यको आय बढाएर मजदुरहरूको ज्याला वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फ्रान्समा मजदुर दिवसको दिन निक्लेको जुलुसमा प्रहरी दमन भएको समाचार प्रकाशित भयो । फ्रान्सेली मजदुरहरूले अवकाश पाउने वर्ष ६२ बाट ६४ बनाउन खोजेको भन्दै राष्ट्रपतिको निर्णयको विरोध गरे । ३० भन्दा बढी प्रदर्शनकारीहरू पक्राउ परेको र लिओन, नान्त्से लगायतका सहरमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको खबर छ ।
दक्षिण कोरियामा सन् २०२० पछिको सबैभन्दा ठुलो मई दिवस कार्यक्रम उत्साहजनक ढङ्गमा सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरे । दक्षिण कोरियाली मजदुरहरूले ज्यालावृद्धिलाई मुख्य माग राख्दै प्रदर्शन गरे । मजदुरको ज्यालाबाहेक बजारमा पाइने हरेक सामानको भाउ वृद्धि भएको भन्दै विरोध गरे ।
अत्यन्त खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्कामा विपक्षी जनता भिमुक्ति पेरामुना (दल जनमुक्ति पार्टी) (व्ख्ए) ले निजीकरण शीघ्र बन्द गर्न माग गरे । राज्यद्वारा सञ्चालित कलकारखाना र व्यवसाय निजीकरण गरिएको प्रति आक्रोश पोखे । जेभीपीले बेलायतको लण्डनलगायतका सहरमा प्रदर्शन गरी श्रीलङ्काको आर्थिक सङ्कटबारे विश्वको ध्यानाकर्षण गरायो । त्यसैगरी स्पेनमा कम ज्यालाको विरोध गर्दै ७० भन्दा बढी सहरमा प्रदर्शन भएको बताइयो । एसियामा विगतमा भन्दा धेरै सहरमा मई दिवसको अवसरमा प्रदर्शनहरू भए ।
त्यसैगरी अफ्रिका, युरोपका सहरहरूमा मजदुर सभा, प्रदर्शनी तथा गतिविधिहरू सम्पन्न भए । कोभिडले फेरेको परिस्थिति र दिन प्रतिदिन चुलिँदै गइरहेको आर्थिक सङ्कटकाबिच मनाइएको मई दिवसले कामदारवर्गीय सङ्घर्षलाई ऊर्जा प्रदान गर्नेमा कुनै शङ्का छैन । पुँजीवाद एकपछि अर्को हार बेहोर्दै छ भने समाजवाद आफ्नो तागत व्यवहारमा प्रस्तुत गर्दै छ । त्यसैले त भनिएको होला – एकाइसौँ शताब्दी समाजवादको युग हुनेछ !
वैशाख २१, २०८०

Leave a Reply

Your email address will not be published. Required fields are marked *