नयाँ पुस्तालाई सचेत गराउने जिम्मेवारी शिक्षकको काँध
- भाद्र १६, २०८३
काठमाडौँ, २२ वैशाख (रासस) । सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ ।
सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङ क्षेत्रमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो ।
माथिल्लो अरूण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ । “हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो ।
सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको अर्को एकको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।
दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो ।
Leave a Reply