नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
शासक र ठूला दलका नेताहरूले राजनीतिलाई आयआर्जन गर्ने बाटो बनाएका छन् । देश र जनताको सेवा गर्नुपर्ने राजनीति छोडेर पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने बाटोमा शासक र ठूला दलका नेताहरू लागेको कारण देशले विकास गर्न नसकेको हो, जनतालाई राहत पु¥याउन नसकेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता भ्रष्टाचारीमाथि कारबाही गर्ने अन्य सरकारी निकाय र शासक दलका नेता र मन्त्रीहरू भ्रष्टाचारविरोधी अभियानमा लागे या कारबाहीको प्रक्रियामा लागे देशका शासक, नेता र मन्त्रीहरूमात्र होइन अन्य धेरै उच्चपदस्थ व्यक्तिहरू कारबाहीमा पर्ने छन् । तर, शासक दलका नेता, मन्त्री र ठूला दलका नेताहरू भ्रष्टाचारविरोधी अभियानमा जुटेकै छैनन्, भ्रष्टाचारीहरूको अध्ययन, अनुसन्धान र खोजीनीति गर्ने काममा सरिक भएकै छैनन् ।
शासक र ठूला दलका नेताहरू भ्रष्टाचारीमाथि कारबाही होइन जोगाउन अघि सर्छन्, अघि सरिरहेका छन् । भ्रष्टाचारमा आफ्ना नेता तथा कार्यकर्ताहरू संलग्न होला र कारबाहीमा पर्ला भन्ने डरले ती दलका नेताहरू तर्साएर, दबाब दिएर मुक्त पार्ने प्रयास गर्छन् । आफ्नो दलबाहेक अरू दलका नेता, मन्त्री, सांसदहरू फन्दामा परे कारबाहीको माग गर्न पछि नपर्ने ती दलका नेताहरू आफ्ना नेता, सांसद, कार्यकर्ता भ्रष्टाचारबाट जोगाउन अनेक तानाबाना बुन्छन् । उनीहरू भ्रष्टाचारीहरूलाई संरक्षण गर्छन् । भ्रष्टाचारीहरूलाई संरक्षण गरेर शासकहरू नेपाललाई भ्रष्टाचारै भ्रष्टाचार हुने देशको रूपमा किन चिनाउन चाहन्छन्† देशको किन बदनाम गर्न चाहन्छन् ? भ्रष्टाचारमा किन राजनीतिक संरक्षण हुन्छ ? तिनीहरूको एकएक छानबिन गरी दोषी पत्ता लगाउनुपर्छ र हदैसम्मको कारबाही गर्नुपर्छ ।
भ्रष्टाचारसम्बन्धी पछिल्लो मुद्दा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका खटाउँदा भएको भ्रष्टाचार हो । सार्वजनिक भएअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दलका नेता, उच्चपदस्थ कर्मचारीहरूले करोडौँ रकम असुलेका छन् । भ्रष्टाचारको अभियोग लागेका नेताहरू एकातिर आफू कुनै भ्रष्टाचारको मुद्दामा संलग्न नभएको स्पष्टीकरण दिन्छन् तर ती नै नेताहरू फरार हुन्छन् । एमालेकै सांसद लक्ष्मी महत्तो कोइरी महिनौँ दिन फरार भए । उनको विरोधमा व्यापक दबाब बढेपछि सभामुख देवराज घिमिरेले उनलाई निलम्बन गरे । सम्भवतः संसद्भित्र र बाहिर व्यापक दबाब नबढेको भए सभामुखले सो निर्णय गर्ने छैनन् । जहिलेसम्म राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउँदैन तहिलेसम्म देशमा अपराधीहरूले स्थान पाइरहने छन् । यसकारण, हरेक राजनीतिक दलले निर्वाचनमा स्वच्छ, इमानदार, निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने उम्मेदवारहरू उठाउनुपर्छ । स्वच्छ छवि नभएका व्यक्तिलाई दलले निर्वाचनमा उम्मेदवार दिलाएसम्म देशमा स्वच्छ सरकार हुनेछैन, देशमा सुशासन हुनेछैन । देशमा सुशासन कायम गर्न भ्रष्टाचारीहरूलाई दण्ड दिन सरकार र पार्टी लाग्नुपर्छ ।
नक्कली शरणार्थी प्रकरणले एकातिर पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने नेता र त्यस दलको बदनाम भएको छ भने अर्काेतिर देशकै बेइज्जत भएको छ । यहाँ त सरकारमा जसरी भए पनि जानुको कारण अकुत सम्पत्ति कमाउन रहेछ । अनि कसरी देशबाट भ्रष्टाचार अन्त्य हुन्छ ? अनि देश किन भ्रष्टाचारको कालोसूचीमा पर्दैन ?
Leave a Reply