भर्खरै :

कमिसनको लोभमा पुस्तक सिफारिस !

कमिसनको लोभमा पुस्तक सिफारिस !

शैक्षिक सत्र २०८० सुरुलगत्तै विद्यार्थीहरूलाई अध्यापन गराउन पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिएका नयाँ पाठ्यक्रमअनुसार प्रकाशित पुस्तकहरू पठनपाठन भइरहेका छन् । ठूला निजी प्रकाशन आठराइ र ओयसिस प्रकाशनले हालसालै आफ्नो पुराना पाठ्यक्रमका पुस्तकहरू कवाडी मूल्यमा बेच्नुको साटो पाठ्यक्रम विकास केन्द्रको पत्र राखी बजारमा पु¥याएको थाहा भएको छ । गलत मनसायले पुराना पाठ्यपुस्तकलाई आर्थिक लाभ लिई बजारमा पु¥याउने प्रकाशक, पुस्तक व्यवसायी तथा विद्यालयलाई कस्तो प्रकारको कारबाही हुन्छ त्यो थाहा भएन ।
म एक पीडित अभिभावक भएकोले मैले यो पत्र मजदुर पत्रिकामार्फत उजागर गर्न चाहेको छु । मेरो नानी भक्तपुरको एक सरकारी विद्यालयमा कक्षा २ मा अध्ययनरत छ । पाठ्यपुस्तक सरकारी पुस्तकबाट उपलब्ध भएको र अन्य थप पुस्तक निजीको लागि पुस्तक किन्ने क्रममा मैले ललित सृजनशील नेपाली कक्षा २ अकसब्रिज प्रकाशन उपलब्ध गराउन सकेन । नानीलाई सरकारी नेपाली कक्षा २ पढाउनुको साटो सो नेपाली पुस्तक पढाइएको छ । तर, सो पुस्तक खोजी गर्न धाउँदा पनि स्कूलले एउटै पुस्तक पसलमा पाइन्छ, अरूमा पाउँदैन भनी जानकारी दियो ।
म स्कूलले भनेकै पुस्तक पसल जाँदा त्यसका सञ्चालकबाट अन्य पुस्तक अरू ठाउँमा किनेकोले त्यो एउटा पुस्तक नदिने भनी ठाडो व्यवहार भयो । नानीको धेरै गृहकार्य छ भनेपछि बल्ल त्यो पुस्तक हातमा प¥यो । के के न स्तरीय पुस्तक भन्ठानेको त २०७६ सालमा प्रकाशित पुस्तक रहेछ, न त पाठ्यक्रम विकास केन्द्रको केही स्वीकृति पत्र छ । अकसव्रिज प्रकाशन धेरैले थाहा नभएको प्रकाशन रहेछ ।
पसलेको व्यवहार र पुस्तक पुरानो पाठ्यक्रमकै देख्दा सोसम्बन्धी केही सोधपुछ भयो । कवाडीमा बेच्नुपर्ने सो किताब नेपाली शिक्षकलाई आर्थिक लोभ दिई सो पुस्तक पढाएर किताब बिक्री गर्ने गरेको देखियो । विद्यालयले जुनसुकै पुस्तक किन्न लाउँदा चुप लागेर बस्नुपर्ने बाध्यता देखियो । तर, परीक्षा विकास केन्द्र, नगरपालिका शिक्षा समन्वय समिति यो विषयमा अनभिज्ञ हो या सबैलाई यसको जानकारी भएको हो ? नगरपालिका शिक्षा समितिले आफ्नो मातहतको विद्यालयले कस्तो पाठ्यपुस्तक पढाइरहेको छ ? अध्ययन गर्नुपर्ने जरुरी देखिन्छ ।
निजी विद्यालयले त जनक शिक्षाबाट प्रकाशित कक्षा १ देखि १० सम्मको ‘हाम्रो नेपाली’ पुस्तक स्तरीय ठानी पठनपाठन गर्छ । पुस्तक जुनसुकै पसलमा किने हुन्छ भनी बुक लिस्ट उपलब्ध गराउँछ । तर, सामुदायिक स्कूलमा त्यही जनक शिक्षाको नेपाली पुस्तक नहुने । विद्यालयले भनेकै पुस्तक पसल जानुपर्ने  । एक दुई वटा बजारमा उपलब्ध नभएको पुस्तक किन्न जाँदा पुस्तक पसलेको दुव्र्यवहार कति सहने ? सामुदायिक स्कूललाई कमिसनमुक्त कहिले गर्ने ? विद्यालय, शिक्षक र पुस्तक व्यवसायीले पुस्तक बिक्रीमा कमिसनको बाटो कहिले अन्त गर्ने ? कमसेकम सामुदायिक स्कूल यो कुराबाट अलग हुनुपर्छ । भक्तपुर नगरपालिकाको शिक्षा समितिलाई यसमा चासो दिन र अध्ययन गर्न अुनरोध गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *