भर्खरै :

इमरान खान पक्राउ : पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु, २९० घाइते

इमरान खान पक्राउ : पाकिस्तानमा हिंसात्मक प्रदर्शनमा आठ जनाको मृत्यु, २९० घाइते

इस्लामाबाद, २८ वैशाख (एएनआई) । पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेपछि पाकिस्तानभर भएका विभिन्न झडपमा कम्तीमा आठ जनाकोको मृत्यु भएको छ । ती झडपमा २९० भन्दाबढी घाइते भएको पनि डनले बिहीबार उल्लेख गरेको छ ।
झण्डै एक हजार ९०० प्रदर्शनकारीलाई पक्राउ गरिएका छन् । प्रहरी चौकीसहित विभिन्न सरकारी भवन ध्वस्त भएका छन्  । इस्लामाबादको एक उत्तरदायित्व अदालतले बुधबार अल कादिर ट्रस्ट मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई आठ दिनको लागि हिरासतमा लिएपछि देशभर तनावको स्थिति सृजना भएको छ ।
केन्द्रीय महासचिव असद उमरलाई हिरासतमा लिएको केही घण्टापछि पीटीआईका वरिष्ठ उपाध्यक्ष फवाद चौधरीलाई पक्राउ पनि गरिएको थियो ।
पञ्जाब, खैबर पख्तुनख्वा र इस्लामाबादमा, प्रशासनले बिग्रँदै गएको अवस्थालाई व्यवस्थापन गर्ने प्रयासमा सेना परिचालन गरिएको थियो । प्रदर्शनकारीले कोर कमाण्डरको लाहोरको घरमा प्रवेश गरी रावलपिंडीको जीएचक्यूको एउटा गेटसमेत भत्काएका छन् ।
यसअघि बिहीबार पाकिस्तानका पूर्व विदेशमन्त्री, पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का उपाध्यक्ष मखदुम शाह महमूद कुरैशीलाई इस्लामावाद प्रहरीले पक्राउ गरी अज्ञात स्थानमा सारिएको थियो ।
पाकिस्तानको एक्सप्रेस ट्रिब्यूनका अनुसार बुधबार दिउँसो पीटीआई नेतालाई इस्लामाबादको गिलगिट–बाल्टिस्तान हाउसबाट हिरासतमा लिइएको थियो ।
मङ्गलबार, पीटीआई अध्यक्ष खानलाई भ्रष्टाचार मुद्दामा पक्राउ गरिएको छ । उत्तरदायित्व ब्युरोले पूर्वप्रधानमन्त्री खानविरुद्ध अनुसन्धान गर्दैछ ।
कुरेशीलाई पञ्जाब र खैबर पीमा दङ्गा र आगजनीका घटनामा प्रहरीको खोजीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *