नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुरको पाँचौँ जिल्ला सम्मेलन एक समारोहबिच शुक्रबार उद्घाटन भएको छ ।
समारोहमा अतिथि बिजुक्छेँले असल शिक्षकले मात्र देशको लागि असल जनशक्ति दिन सक्ने चर्चा गर्दै देशघाती नागरिकता विधेयक नयाँ राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउन खोजिएको हुँदा देशभक्त नेपालीहरू चनाखो हुनुपर्ने र आवश्यक परे विगतमा झँै पुनः सडकमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
देशको प्राकृतिक स्रोत–साधन नदी नालालगायत विदेशीलाई दिन संसद्बाट पासै गर्न नपर्ने गरी ल्याइएको लगानी बोर्ड विधेयक त्यस्तै देशघाती भएको उल्लेख गर्दै उहाँले देशघाती विधेयक पास गर्नेहरू देशद्रोही नै हुन् भन्नुभयो ।
पहिले तिब्बती शरणार्थीहरूलाई नेपाली भनेर अमेरिका पठाइन्थ्यो भने अहिले नेपालीलाई भुटानी शरणाथी भनी अमेरिका पठाइँदै छ भन्दै उहाँले यी दुवै देशद्रोही काम भएको प्रस्ट पार्नुभयो ।
सिङ्गो समाज र विशेषतः नयाँ पुस्तालाई यस्तो विषयमा सचेत पार्न नसके १० वर्षपछि यो देश हाम्रो होला कि नहोला भनी चिन्ता व्यक्त गर्नुभयो ।
विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूकै कारण श्रीलङ्का, पाकिस्तानलगायतका देशहरूमा आर्थिक सङ्कट आइलागेको बताउँदै उहाँले नेपाल पनि आर्थिक सङ्कटतर्फ उन्मुख भएको चर्चा गर्नुभयो ।
सम्मेलनमा विगतको समीक्षा गरी नयाँ कार्यक्रमसहित अघि बढ्न उत्साहित गर्दै उहाँले विचारलाई भोटको सङ्ख्यासित मात्र दाँजेर हेर्न नहुने बताउनुभयो । विगतमा परीक्षामा चिट चोर्ने चोराउने प्रवृत्तिको विरूद्ध अभियानै सञ्चालन गर्दाको परिणाम अहिले राम्रो नतिजा देखिएकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षा ध्वस्त भए देशै ध्वस्त हुने दृष्टान्त दिँदै जसरी पनि सत्तामा पुग्नेहरूको अहिले हविगत देखिँदै छ भन्नुभयो ।
विगत ३३ वर्षमा २९ वटा सरकार गठन भएको उल्लेख गर्दै उहाँले भ्रष्टाचारबाट कोही पनि प्रधानमन्त्रीहरू नचोखिने ठोकुवा गर्नुभयो ।
नयाँ पुस्तालाई देशभक्त नागरिक बनाउन सकेमात्र सार्थक शिक्षक जीवन पुष्टि हुन्छ भन्दै उहाँले सेवा निवृत्त हुँदा पछुताउन नपरोस् भन्नुभयो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउनु मानव तस्कर भएको चर्चा गर्दै उहाँले यहाँका विश्वविद्यालय, कलेजहरू असफल पारेर नेपाली विद्यार्थीलाई विदेसिन बाध्य पार्नु अत्यन्त चिन्ताको विषय हो भन्नुभयो । यस्तो विषम परिस्थितिमा देशलाई बाटो देखाउने पथ प्रदर्शकको भूमिका एक सफल शिक्षकले मात्र गर्न सक्छ उहाँले भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सरकारले शिक्षाको लागि कुल बजेटको कम्तीमा २४ प्रतिशत लगानी गर्नुपर्नेमा जोड दिँदै नेक्राशिसङ्घ ट्रेड युनियनवादी भासमा नफस्ने प्रस्ट पार्नुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष जगन्नाथ सुजखुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्याई, जिल्ला उपाध्यक्ष सन्तराम दुलाल, सदस्य हरिप्रसाद ढकालका साथै नेक्राशिसङ्घ काठमाडौँका अध्यक्ष जितबहादुर महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply