नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३० वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, भक्तपुर जिल्ला समितिले एसईई दिएर बसेका विद्यार्थीको निम्ति शनिबार शैक्षिक परामर्श कार्यक्रम ग¥यो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छँले विद्यार्थीले पाठ्यक्रमबाहेक अन्य किताबहरूमा पनि ध्यान दिनुपर्ने र साथीहरूको लहलहैमा लागेर विषय चयन गर्न नहुने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीहरू शिक्षा हासिल गर्ने नाममा विदेश पलायन हुँदा अर्बौँ नेपाली मुद्रा विदेसिन्छ । जसको कारण हाम्रो देशको अर्थतन्त्रलाई नकारात्मक असर परेको छ । नेपाली युवाहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरी वैदेशिक रोजगारमा पठाउने शासक दलहरूको नीतिलाई नेमकिपाले विरोध गर्दै आएको छ ।”
अध्यक्ष बिजुक्छेँले शासक दलहरूले शिक्षालाई निजीकरण गर्दा गरिबका छोराछोरी शिक्षाबाट वञ्चित हुँदै गएको उल्लेख गर्दै शिक्षा निःशुल्क र अनिवार्य गर्नु जरूरी रहेको बताउनुभयो ।
नेपाल विश्व व्यापार सङ्गठनको सदस्य बनेपछि उद्योेगधन्दा, कलकारखाना र शिक्षण संस्थाहरू पनि विदेशीले खोल्न पाउने नीतिले देश झन्झन् परनिर्भर हुँदै गएको धारणा राख्दै अध्यक्ष बिजुक्छेँले देशघाती एमसीसी सम्झौताले नेपाल साम्राज्यवादी अमेरिकाको चङ्गुलमा फसेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले विद्यार्थीले राम्रो शिक्षा अध्ययन गरेर आफ्नै देशको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका सुष्मा बाटाको संयोजकत्वमा भएको कार्यक्रममा नेक्राविसङ्घ भजिसका अध्यक्ष विलम सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply