लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
नेपालीलाई भुटानी शरणार्थी बनाउने र अमेरिका पठाउने भनी अर्बाँै रुपैयाँ ठगी गर्नेहरू को को हुन् ? यो ठगीमा पूर्वमाओवादी र हाल एमाले टोपबहादुर रायमाझी फरार रहे भने नेकाका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउमा परे । यो ठगीमा पूर्वमाओवादी र हाल एमालेका पूर्वगृहमन्त्री रामबहादुर थापा र माओवादीका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरूको नाम बाहिरिएको छ । के छोराहरू बुबाको अनुमतिबिना यो ठगीमा जोडिएका होलान् ?
यो ठगीमा पाँच पटक प्रम भएका नेका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको पनि नाम जोडिएको छ । पक्राउ परेका खाणकी श्रीमती मञ्जु खाणको नाम पनि जोडिएको छ । के आरजु राणा देउवाको अनुमतिविना यो ठगीमा जोडिएको होला ?
यो ठगीमा पूर्वगृहसचिव र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नाम पनि जोडिएको छ । केपी ओलीको दोस्रो कार्यकालमा राईलाई सचिवबाट राजीनामा गराई अख्तियारमा पठाइएको थियो । राई अख्तियार पुगेलगत्तै नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइने विरुद्धको उजुरीलाई तामेलीमा पठाइएको थियो ।
भुटानी शरणार्थी बनाइएको यो ठगीमा छानबिन गहिराइमा नै पुग्ने बताइन्छ । किनभने, यसमा अमेरिकासमेतलाई छिटा परेको छ । नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिकाले भित्याउन खोजेको भए अन्तर्राष्ट्रिय क्षेत्रमा अमेरिकाको थप बदनाम हुनेछ । माओवादीका प्रम दाहालका अनुसार अमेरिकासमेत फस्ने भएको हुँदा यो ठगीमा परेकालाई बचाउन सकिँदैन ।
पञ्चायतले भ्रष्टाचार ग¥यो र निरङ्कुशता चलायो भनी आन्दोलन गरेका शासक दलहरूले भ्रष्टाचारीलाई कारबाही गर्नसमेत अमेरिकी दबाब चाहिने हो ! यो ठगीमा छानबिनमा लागेका प्रहरी संयन्त्र अझै टुङ्गोमा पुग्ने कि नपुग्ने स्पष्ट छैन । प्रहरी सूत्रले राजनीतिक हस्तक्षेप नभए अनुसन्धान कोशेढुङ्गा साबित हुने बताएको खबर छ ।
भ्रष्टाचारविरोधी पार्टी र नागरिक समाजले भ्रष्टाचारीहरूको किटानीसाथ विरोध गर्नु जरुरी छ । सञ्चार माध्यमले कुन भ्रष्टाचारमा कुन पार्टीका नेता संलग्न भए स्पष्टसँग सार्वजनिक गर्दै आएको छ । तर, भ्रष्टाचारको विरोधमा संसद् र सडकमा बोल्ने पार्टीका नेता र सांसदहरू छायावादी कुरा गर्छन् ।
“शान्ति प्रक्रियाको नाममा लडाकुको आधा पैसा पार्टीले खायो ।” “ओम्नीसँगको स्वास्थ्य सामग्री र औषधि खरिदमा अर्बाँै घोटाला भयो ।” “वाइडबडी जहाजमा ४–५ अर्ब भ्रष्टाचार गरियो ।” “ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी अर्बौँ घोटाला गरियो ।” “नेपाल ट्रष्टको जग्गा बहालमा ५ अर्ब भ्रष्टाचार भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।” यी भ्रष्टाचार काण्डमा कुन पार्टीका कुन कुन प्रम र मन्त्री संलग्न छन्, वक्ताहरूले स्पष्टसँग बोल्नु जरुरी छ ।
Leave a Reply