भर्खरै :

चीन–कजाकिस्तान परम्परागत असल मित्र : राष्ट्रपति तोकायेभ

चीन–कजाकिस्तान परम्परागत असल मित्र : राष्ट्रपति तोकायेभ

अस्ताना, ३० वैशाख (सीआरआई) । हालै सिएमजीको ‘उच्च अन्तर्वार्ता’ स्तम्भले कजाकिस्तानको राजधानी अस्तानामा त्यहाँका राष्ट्रपति तोकायेभसँग एक विशेष अन्तर्वार्ता गरेको छ ।
अन्तर्वार्तामा, काजाकिस्तानका राष्ट्रपति तोकायेभले भन्नुभयो, “काजाकिस्तानले व्यापार मार्गहरू जोड्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा निर्णायक भूमिका खेल्छ । कजाकिस्तानले सधैँ शान्ति र मित्रताको वकालत गरेको छ । अन्य देशहरूसँग शान्तिपूर्ण र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध स्थापना गर्नु काजाकिस्तानको ऐतिहासिक मिशन हो । तीमध्ये छिमेकी राष्ट्रहरूसँगको मैत्रीपूर्ण सम्बन्ध कायम राख्नुको विशेष महत्व छ । यस सन्दर्भमा चीनले महत्वपूर्ण भूमिका खेल्छ । कजाकिस्तानको विदेश नीतिमा चीनले निकै महत्वपूर्ण भूमिका खेलेको छ ।”
सन् २०१९ को सेप्टेम्बरमा चीनको राजकीय भ्रमण गरेको स्मरण गर्दै तोकात्ले राष्ट्राध्यक्ष सी चिनफिङसँग धेरै राम्रो कुराकानी गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी चीनसँग रणनीतिक साझेदारीमा दृढ विश्वास गर्छौँ । चीनको सिआनमा हुन लागेको चीन–मध्य एसिया शिखर सम्मेलनप्रति ठूलो अपेक्षा छ । चीनले मध्य एसियामा बढ्दो महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हामीले चीनसँगको सम्बन्धबाट धेरै फाइदा लिएका छौं र एकअर्कासँगको सहकार्यलाई अझ गहिरो बनाउन सक्दो प्रयास गर्नेर्छैँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *