जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाइएको थियो तर सो प्रतिवेदन हालसम्म गोप्य छ ।
नक्कली प्रतिवेदन तयार गर्न गृहमन्त्रालयका को को कर्मचारी वा तत्कालीन नेतृत्व संलग्न थिए भन्नेबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।
रकम तिरेर शरणार्थी बनिरहेको सुन्दा आफूहरू छक्क परेको शिविरका शरणार्थीले बताएका छन् । उनीहरूले एकमत हुँदै भने, “आफूहरूलाई कि भुटानी होइनन् भनेर प्रमाणित गर्नुप¥यो कि नेपाली हुन् भन्न सक्नुप¥यो तर यसरी राष्ट्रियताविहीन बनाउनु भएन ।”
प्रधानमन्त्री प्रचण्डसँग नेपाली काङ्ग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूले शुक्रबार छुट्टाछुट्ट्र्रै भेट गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नतामाथिको कारबाही प्रकृया अघि बढाउन आग्रह गर्नुभएको हो । (गोरखापत्र, २०८० वैशाख ३०)
रायमाझी फरार हुनुमा आशङ्का
“उहाँ (रायमाझी) कसै न कसैको सम्पर्कमा हुनुहुन्छ भन्ने खुलिसकेको छ । त्यसैले निकट व्यक्तिहरूमार्फत उहाँसमक्ष पुग्ने कोसिस सुरु गरेका छौँ”, प्रहरी स्रोतले भन्यो, “त्यसैअन्तर्गत संसद् सचिवालयमा पत्र बुझाउने व्यक्तिको पहिचान गर्ने कोसिस गरिएको हो ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक सार्वजनिक कार्यक्रममा रायमाझी अप्रत्यक्षरूपमा आफ्नो सम्पर्कमा रहेको जनाउने गरी भाषण गरेका थिए । निकट व्यक्तिहरूमार्फत दुई पटक आफूसँग सम्पर्क भइसकेको र आफूले प्रहरीकहाँ हाजिर भएर अनुसन्धानमा सघाउन भनेको उनले बताएका थिए ।
वैशाख २१ गते रायमाझी भैरहवामा प्रहरीको सम्पर्कमै रहेको र पक्राउ परेको समाचार आयो । तर, उक्त कुरालाई अन्तिममा प्रहरीले अस्वीकार ग¥यो । उनी यसरी फरार हुनुमा पनि आशङ्काको नजरले हेरिएको छ ।
यो प्रकरणमा चैत १२ गते गिरोहका नाइके केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ पक्राउ परेका थिए । यसकारण अनुसन्धान अवधि पनि चैत १२ गतेबाटै गणना हुने स्रोत बताउँछ । (नागरिक, २०८० वैशाख ३०)
पूर्वगृहमन्त्री खाणले प्रमाणको कागजै निले !
उच्चपदस्थ व्यक्तिहरूकै संलग्नतामा शरणार्थीको नाममा भएको ठगी घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएपछि काङ्ग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबिच उनले मध्यस्थकर्ताको भूमिका खेलेका थिए ।
खानतलासी गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका इन्स्पेक्टर राजन लामाले खाणका भान्सेको साथबाट एक पत्र बरामद गरेका थिए । त्यो पत्र खाणले भान्सेमार्फत कसैलाई दिन खोजेका थिए, जसमा ठगी प्रकरणसँग सम्बन्धित विषय भएको स्रोत बताउँछ । त्यो पत्र आफूविरूद्धको बलियो प्रमाण हुने थाहा पाएपछि खाणले खोसेर चपाइदिएको प्रहरीको आकलन छ । त्यस विषयमा प्रहरीले भान्सेको समेत कागज गराएको छ । ‘इन्स्पेक्टरसाब त्यो कागज हातमा लिएर उहाँ (खाण) लाई गाडीमा हाल्ने प्रयासमा हुनुहुन्थ्यो, त्यही मौकामा खोसेर चपाएर निलिदिनुभयो”, खाणलाई पक्राउ गर्न गएका परिसरका एक प्रहरीले भने ।
खाणले अहिले थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई सो कागज दिन खोजेको सूचना प्रहरीले पाएको छ । सुरुमा पाण्डेले इन्कारी बयान दिएका थिए । तर, पछि उनको मोबाइलमा आर्थिक लेनदेनका कुराकानी भेटिएपछि पैसा लिएको स्वीकार गर्दै आफ्ना लागि नभई तत्कालीन गृहमन्त्री खाणका लागि लिएको ततिम्बा (पूरक) बयान दिएका छन् । भाग्न सक्ने तथा प्रमाण नष्ट गर्न सक्ने आकलनकै कारण प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी नगराई जरुरी पक्राउ पुर्जी दिएर खाणलाई पक्राउ गरेको थियो ।
पक्राउ पुर्जीको सूचना चुहिएकै कारण पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी फरार छन् ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’ कै संलग्नता देखिएपछि नागरिकहरू स्वस्फुर्तरूपमा भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिन थालेका छन् । प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीको लागि शनिबार काठमाडौँको नक्सालस्थित नारायणचौरमा ‘भ्रष्टाचारविरोधी हामी’ भन्दै प्रदर्शन गरिँदै छ ।
(नयाँ पत्रिका, २०८० वैशाख ३०)
आरजु र मञ्जुको नाम पनि जोडियो !
शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।
देउवाको पनि नाम जोडिँदै !
प्रहरी हिरासतमा रहेका खाणलाई काङ्ग्रेसले पक्राउ परेको चार दिन बित्दासमेत पार्टीबाट कारबाही गर्न सकेको छैन । बुधबार र बिहीबार गरी दुई दिन बसेको काङ्ग्रेस पदाधिकारी बैठकमा खाणलाई निलम्बन गर्ने प्रस्तावले प्रवेश पाए पनि अनुसन्धानबाट आउने निष्कर्षपछि मात्रै निर्णय लिने बताउँदै आइरहेको छ ।
एमालेले पनि आफ्ना पार्टीका सचिव रायमाझीलाई पार्टीबाट कारबाही गरेको बताए पनि उनलाई प्रहरी समक्ष ल्याउन भने असहयोग गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रायमाझीसँग फोनमा कुराकानी भइरहेको बताइरहँदा एमालेले उनलाई अनुसन्धानका लागि प्रहरीलाई सघाउने विषयमा भने सहयोग गर्न सकेको छैन ।
प्रहरीले सो प्रकरणमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टङ्ककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरिसकेको छ । रायमाझी टोपबहादुरका छोरा हुन् । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेकाहरूको बयान र अडियो क्लिपबाट नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाको पनि नाम जोडिँदै आएको छ भने पूर्वगृहमन्त्री खाणकी श्रीमती मञ्जु खाणको पनि नाम जोडिएको छ । (राजधानी, २०८० वैशाख ३०)
देउवाले भेटे गृहमन्त्रीलाई
यो उजुरीमा अख्तियार प्रमुख प्रेमकुमार राईलाई नै सम्बोधन गरिएको छ । “सुजाता कोइरालाका सल्लाहकार केशवप्रसाद दुलालले तपार्इँ (प्रेमकुमार राई) गृहसचिव रहँदाको समयमा इन्द्रजित राई र तपार्इँलाई रकम दिएपछि हामीसँग ३ करोड ४० लाख रुपैयाँ बुझेको हुँदा उक्त रकम उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।”
नक्कली भुटानी शरणार्थी प्रकरणका केही निर्णय प्रकृयामा जोडिएका पूर्वगृहसचिव प्रेमकुमार राईले आफू अख्तियारको प्रमुख आयुक्त भएपछि त्यससँग सम्बन्धित गम्भीर उजुरीहरूमाथि अनुसन्धान गरेनन्, उल्टो आफूविरुद्धको उजुरीलाई आफैँले तामेलीमा पठाइदिए ।
स्रोतका अनुसार खाँण पक्राउ परेकै दिन देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेका थिए । त्यो दिन प्रधानमन्त्री प्रचण्डले देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको बैठक राखेका थिए । छलफल सकिने बेलामा गृहमन्त्री श्रेष्ठ पनि प्रधानमन्त्री कार्यालय पुगे, जहाँ उनलाई देउवाले कुरिरहेका थिए ।
त्यो भेटमा देउवाले भुटानी शरणार्थी प्रकरणमा खाणको संलग्नता देखिने प्रमाण छ त भनेर सोधेका थिए । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रमाण नभई प्रहरीले पक्राउ नगरेको बताएपछि उनले अनुसन्धानमा आफूहरूको सहयोग हुने प्रतिकृया जनाएका थिए । भोलिपल्ट देउवा फेरि बालुवाटार पुगेका थिए ।
(अनलाइन खबर, २०८० वैशाख ३०)
Leave a Reply