यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
राष्ट्रपति सी भन्छन्– चीनको राजनीतिक प्रणालीमाथिको कुनै पनि आक्रमण चिनियाँ संस्कृतिमाथिको हमला हो ।
तीस वर्षअघि सोभियत सङ्घको पतनपछि अमेरिकी विद्वान् स्यामुअल हन्टिङटनले विश्व कसरी परिवर्तन हुनेछ भनेर निराशाजनक दृष्टिकोण पस्कीएका थिए । उनले पश्चिम र पूर्वबीचको शीतयुद्धलाई ‘सभ्यताको टकराव’ ले प्रतिस्थापन गर्ने बताए । अमेरिकासँगको चीनको सङ्घर्ष तीव्र हुँदै जाँदा राष्ट्रपति सी चिनफिङले हालैमा ‘सभ्यताहरू मिलेर रहन सक्छन्’ भन्ने एउटा फरक दृष्टिकोण अघि सारेका छन् । उनको यो दृष्टिकोण बढी नै आशावादी सुनिन सक्छ, तर यसको अन्तर्निहित सन्देश भने उस्तो आशावादी छैन । यसभित्र पश्चिमले आफ्ना मूल्य–मान्यतालाई बढावा दिन बन्द गर्नुपर्छ अन्यथा हन्टिङटन सही साबित हुनेछन् भन्ने भाव अन्तरनिहित छ ।
१५ मार्चमा सीले आफ्नो ‘ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई)’ सार्वजनिक गरेपछि त्यसलाई चिनियाँ सरकारी सञ्चार माध्यमले व्यापक कभरेज गरे । चीनको राष्ट्रवादी ट्याब्लोइड ‘ग्लोबल टाइम्स’ को अङ्ग्रेजी संस्करणले राष्ट्रपति सीको विचारलाई ‘सी (चिनफिङ) भिलाइजेसन’ को संज्ञा दियो र यसलाई ‘सबैभन्दा महत्वपूर्ण’ र ‘चिनियाँ प्रज्ञानपूर्ण’ विचार करार ग¥यो ।
हङकङबाट निस्किने अखबार साउथ चाइना मर्निङ पोस्टमा लेख्दै एक चिनियाँ कूटनीतिज्ञले हन्टिङटनको विचारलाई लक्षित गर्दै यसो भने, “सभ्यताहरूको टकरावको पुरातन थेसिस पुनः सतहमा देखा परिरहेको समयमा चीनको शान्तिपूर्ण विश्वका निम्ति सभ्यताहरूको समानतामाथिको जोड अत्यन्त महत्वपूर्ण छ ।” अर्थात् पश्चिमले चिनियाँ साम्यवादसँगसँगै बाँच्न सिक्नुपर्छ । चिनियाँ साम्यवाद माक्र्सवादमा आधारित त हुनसक्छ, तर यो यहाँको प्राचीन संस्कृतिको प्रतिफल पनि हो ।
‘ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)’ विश्व कसरी चल्नुपर्छ भन्ने सम्बन्धमा सीले ल्याएको पछिल्लो कार्यक्रम हो । यो पहिले ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई)का रूपमा आएको थियो, जसलाई उनले सन् २०२१ मा संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरेका थिए । यो र विश्वव्यापी पूर्वाधार निर्माण परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ लाई ‘ट्विइन इन्जिन’ को रूपमा हेरिएको छ, जुन राष्ट्रपति सीले दशकअघि आफ्नो शासनकालको सुरुवातताका आरम्भ गरेका थिए । जीडीआईअन्तर्गत चीनले विपन्न देशहरूलाई सार्वजनिक स्वास्थ्यदेखि कार्बन उत्सर्जन न्यूनीकरणसम्ममा सहयोग गर्न कम्तीमा चार अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
सीले सन् २०२२ बाट ‘ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)’ नामक अर्काे कार्यक्रम अघि सारेका छन्, जुन मस्कोका उनका मित्र भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमण सुरु गरेको दुई महिनापछि आएको थियो । जीएसआईले रुसको विश्व दृष्टिकोणलाई प्रतिबिम्बित गर्दै अन्तर्राष्ट्रिय सुरक्षा निर्माणमा ‘साझा, विस्तृत, सहकारीपूर्ण र दिगो’ दृष्टिकोणको आह्वान गरेको छ । यो चीन र रुसजस्ता ठूला शक्तिराष्ट्रलाई तिनका छिमेकमा सुरक्षा व्यवस्थामा भिटो प्रदान गर्ने छोटो बाटो हो । चिनियाँ अधिकारीले मार्चमा इरान र साउदी अरेबियाबिच भएको मेलमिलापलाई जीएसआईको जितको रूपमा व्याख्या गरेका छन्, जसमा चीनले भूमिका खेलेको थियो । उनीहरूले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग सीको २६ अप्रिलको टेलिफोन वार्तालाई जीएसआईको अर्काे कोसेढुङ्गाका रूपमा प्रशंसा गर्नेमा शङ्का छैन ।
चीनको कम्युनिस्ट पार्टीद्वारा आयोजित र १५० भन्दा बढी देशका करिब ५०० राजनीतिक सङ्गठनका नेतामाझको भर्चुअल संवादमा जीसीआईको घोषणा गरिएको थियो । यसको केही दिनपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो दोस्रो डेमोक्रेसी शिखर सम्मेलन सह–आयोजना गर्दै थिए । यसमा भिडियोमार्फत विश्वका ८५ नेताहरूले भाग लिएका थिए (जसमा चीनलाई निमन्त्रणा गरिएको थिएन) । ‘लोकतन्त्रको नाममा विभाजन र मुठभेड निम्त्याउने अभ्यास आफैँमा लोकतन्त्रको मर्म र भावनाको उल्लङ्घन हो,’ राष्ट्रपति सीले सहभागीहरूलाई सुनाए, ‘यो कुराले कुनै समर्थन प्राप्त गर्दैन ।’ सीको पहलले थुप्रै गैरपश्चिमा मुलुकमा समर्थन प्राप्त गर्न सक्छ । ‘देशहरूले अन्य सभ्यताका मूल्यको कदर गरिरहँदा आफ्नो दिमागलाई खुला राखिराख्नुपर्छ,’ उनको भनाइ थियो ।
लामो समयदेखि चिनियाँ सभ्यता सीको चासोको विषय रहँदै आएको छ । यसबारे छलफल गर्न उनले पोलिटब्युरो बैठक नै बोलाएका छन् । उनको एउटा मन्त्र छ– चिनियाँहरूले ‘चारवटा आत्मविश्वास’ प्रदर्शन गर्नुपर्छ । तीमध्ये तीनवटा चिनियाँ साम्यवादका विभिन्न पक्षमाथिको विश्वास बलियो बनाउनेसँग सम्बन्धित छन् । चौथो मात्रै चिनियाँ संस्कृतिसँग सम्बन्धित छ ।
शताब्दीयौँदेखि राज्य र व्यक्तिगत व्यवहारलाई निर्देशित गरिआएको कन्फ्युसियसवादलाई माओ त्सेतुङले दबाउने प्रयास गरे । राष्ट्रपति सी भने त्यसैको प्रचार गर्दै छन् ।
सी चिनियाँ संस्कृतिको महानतामा कसैले शङ्का नगरोस् भन्ने चाहन्छन् । यस विषयमा उनको विचार चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापकहरूको भन्दा एकदम फरक छ । उनीहरू कम्युनिस्ट कालखण्डअघिका अँध्यारा पक्ष उजागर गर्थे । सी सांस्कृतिक निरन्तरतालाई जोड दिन रुचाउँछन् । चिनियाँ संस्कृतिको गरिमा पार्टीमा समाहित भएकोमा जोड दिन चाहन्छन् । शताब्दीयौँदेखि राज्य र व्यक्तिगत व्यवहारलाई निर्देशित गरिआएको कन्फ्युसियसवादलाई माओत्सेतुङले दबाउने प्रयास गरे । सी त्यसैको प्रचार गर्दै छन् ।
हालैका वर्षमा केही चिनियाँ विद्वान्ले चीनलाई एउटा विशिष्ट सभ्यताले युक्त ‘सभ्यतागत राज्य’ को रूपमा लिने गरेका छन् । सन् २००९ मा प्रकाशित बेलायती लेखक मार्टिन ज्याक्सको पुस्तकले यो धारणालाई लोकप्रिय बनाउन मद्दत ग¥यो । ‘ह्वेन चाइना रुल्स द वल्ड’ शीर्षकको यो पुस्तक चीनमा बेस्टसेलर बनेको थियो । पुस्तकमा उल्लिखित ‘चीनले पश्चिमा मूल्य–मान्यतालाई नअपनाई पश्चिमी शक्तिलाई विस्थापित गर्नेछ’ भन्ने भविष्यवाणी कम्युनिस्ट पार्टीको दृष्टिकोणसँग मिल्दो छ ।
चिनियाँ प्राज्ञ झाङ वेइवेईको सन् २०११ मा यसै विषयमा लेखिएको पुस्तक पनि लोकप्रिय भयो । पुस्तकमा झाङले चीनलाई असाधारण मुलुकका रूपमा वर्णन गरेका छन् । उनका अनुसार चीन प्राचीन सभ्यताले सुसज्जित तर आधुनिक मुलुक हो । यसैले उनीमाथि सीको निगाह छ । उनलाई सन् २०२१ मा सीपीसीको चीनको विचारधारालाई विश्वव्यापीरूपमा कसरी प्रस्तुत गर्ने भन्नेबारे पोलिटब्युरोलाई जानकारी दिन आमन्त्रित गरिएको थियो ।
सांघाईमा २१ अप्रिलमा सरकारले प्रायोजन गरेको एक मञ्चमा झाङले चिनियाँ संस्कृतिको ‘सद्भाव’ पश्चिममा राजनीतिमा अन्तरनिहित द्वन्द्वको विपरीत भएको जिकिर गरे (जसमा ज्याक पनि वक्तामध्ये एक थिए) । सी ‘सांस्कृतिक आत्मविश्वास’ लाई बढावा दिने आफ्नो प्रयासमा चिनियाँ सभ्यताको असाधारणपनमाथि जोड दिन्छन् । उनी यो ‘अद्वितीय विचार र प्रज्ञा’ ले युक्त भएको दाबी गर्छन् ।
गत वर्षको सुरुताका चीनले संयुक्त राष्ट्रसङ्घमा ५३ सदस्य राष्ट्रसहित ‘फ्रेन्ड्स अफ द ग्लोबल डेभलपमेन्ट इनिसियटिभ’ नामको एउटा समूह गठन ग¥यो । अहिले यसका सदस्य ७० पुगेका छन् । गत महिना सम्पन्न लोकतन्त्र शिखर सम्मेलन (डेमोक्रेसी समिट)मा बाइडेनले यसलाई ज्वारभाटा अधिनायकवादतर्फ मोडिरहेको वास्तविक सङ्केत भएको बताएका थिए । यसका प्रशस्त आधार छन् । स्विडेनको युनिभर्सिटी अफ गोथेनबर्गस्थित थिंक ट्यांक भी–डेम इन्स्टिच्युटले यही मार्चमा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वमा अधिनायकवादमा बसोबास गर्ने जनसङ्ख्या सन् २०१२ मा ४६ प्रतिशत रहेकोमा बढेर गत वर्ष ७२ प्रतिशत पुगेको थियो ।
तर, पश्चिममा सीको यो ‘सभ्यतागत पहलकदमी’ ले उनी वा उनको पार्टीको छवि उकास्न खासै केही गर्न सक्दैन । पश्चिमका सम्भ्रान्तवर्गका धेरैले चीनमा लोकतन्त्रको आह्वान गर्नु भनेको त्यहाँको सभ्यतालाई चुनौती दिनु हो भन्ने धारणालाई अस्वीकार गर्छन् । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति छँदा सन् २०१९ मा स्टेट डिपार्टमेन्टका एक अधिकारीले हन्टिङ्टनकै भाषामा चीनसँगको प्रतिद्वन्द्विताको वर्णन गरिन् । यो वास्तवमै फरक सभ्यता र फरक विचारधाराको लडाइँ हो । किरोन स्किनरले भनेकी थिइन्, “अमेरिकाले एक महाशक्ति प्रतिद्वन्द्वीको सामना गरेको छ र त्यो ककेसियन (रुस) होइन ।” तर, आफ्नो टिप्पणीका कारण उनले अमेरिकामा कडा आलोचनाको सामना गर्नुप¥यो ।
हालैका वर्षमा थुप्रै अमेरिकी विश्वविद्यालयले आफ्ना क्याम्पसमा रहेका कन्फ्युसियस इन्स्टिच्युटहरू बन्द गरेका छन् । चिनियाँ भाषा र संस्कृतिलाई बढावा दिने यी संस्थालाई तिनका शङ्कास्पद राजनीतिक प्रभावका कारण निसाना बनाइएको हो । चीन सरकारले प्रायोजन गरेका यस्ता संस्था पश्चिममा धेरै छन् ।
(द इकोनोमिस्ट)
Leave a Reply