भर्खरै :

तुमचो–दुगुरे र चोखामा खानेपानीको व्यवस्था

तुमचो–दुगुरे–चोखा आवास क्षेत्रमा वैशाख ३० गते शनिबारदेखि खानेपानी वितरण सुरु भएको छ । तुमचो–दुगुरे–चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिद्वारा आयोजित खानेपानी वितरण समारोहमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति शुभारम्भ गर्र्नुभएपछि खानेपानी वितरण सुरु भएको हो । प्राप्त जानकारीअनुसार हाल उक्त आवास क्षेत्रमा १७४ जनाको घरमा धारा जडान भइसकेको छ । धारा जडान गर्ने र निवेदन दर्ता गर्ने भए चालु छ । खानेपानी वितरण गर्न पटक–पटक पानीको परीक्षण गरिएको थियो । पानी खान योग्य भएपछि घर–घरमा खानेपानी वितरण गरिएको हो । हाल उक्त योजनाभित्र छ सत्न्दा बढी घर भइसकेको छ ।
खानेपानी भण्डारको लागि तुमचो–दुगुरे क्षेत्रमा ३ लाख लिटर पानी अट्ने ट्याङ्की बनाइएको छ । सो ट्याङकीमा हाल साविक ताथली वडा नं. ९ स्थित ‘सुता’ भने ठाउँबाट बोरिङ गरी राखिएको हो । बागेश्वरीको ‘सरे’ भन्ने स्थानमा पनि बोरिङ गरिएको छ । हाल त्यहाँको पानी प्रयोग गरिएको छैन । बालुवा मिसिएको कारण सो पानी हाललाई प्रयोगमा नल्याइएको हो । पानी खान योग्य बनाउन आवश्यक सुधारका कार्य भइरहेको छ । त्यस्तै बोरिङ तुमचो–दुगुरे क्षेत्रमा पनि गरिएको छ । तर, त्यहाँको पानी खान योग्य नभएको बताइएको छ । हाल भक्तपुर नगरभित्र बाँसबारी, बोडे र मेलम्चीको पानी प्रयोग भइरहेको छ । हाल बाँसबारीको पानीको स्रोत कम छ । मेलम्चीको पानी टौमढीभन्दा पच्छिमपट्टि क्षेत्रमा मात्र पुगिरहेको छ । त्यो पानी बोडे आउने पानीको पाइपमा जोडिएको छ । अहिले पानीको बढी समस्या नगरको माथिल्लो भेग अर्थात् टौमढीभन्दा पूर्वतिरको हो । अहिले भनपाकै अगुवाइमा मेलम्चीको पानी माथिल्लो भेगमा पु¥याउन बाराहीस्थानदेखि पाइप बिछ्याउने काम भइरहेको छ । छिट्टै पाइप लाइन जोडेर लिबाली भेगसमेत समेटिने गरी माथिल्लो भेगमा पनि खानेपानी सर्वसुलभ गराउनु आवश्यक छ ।
तुमचो–दुगुरे–चोखामा खानेपानीको व्यवस्थापन गर्न आवास क्षेत्र, भनपा र बाग्मती प्रदेश खानेपानी कार्यालयको सहयोगमा आवश्यक संरचना बनेको हो । खानेपानी व्यवस्थापनको लागि अझै गर्नुपर्ने काम बाँकी छ । उक्त काम आवास क्षेत्र खानेपानी उपभोक्ता समितिले लागू राख्ने वचन दिएको छ । खानेपानी उपभोग गरेबापत प्रत्येक घरधनीले महिनाको रु. २५० तिर्नुपर्ने व्यवस्था मिलाइएको छ । स्थानीय जनताले खानेपानीको राहत पाएको अनुभव गरेका छन् । तर, धारा जडान गरेको सबै घरमा खानेपानी पु¥याउन र सबैलाई खानेपानी पुग्छ पुग्दैन थाहा पाउन कुनै पनि घरधनीले मेसिनले पानी नतान्न उपभोक्ता समितिले आग्रह गरेको छ । सबैले खानेपानी पाउन समितिको उक्त आग्रहलाई आत्मसात गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *