भर्खरै :

चीनद्वारा टर्की, नेपाल, इन्डोनेसिया र अन्य देशहरूमा भूकम्पको पूर्वचेतावनी प्रविधि प्रदान

चीनद्वारा टर्की, नेपाल, इन्डोनेसिया र अन्य देशहरूमा भूकम्पको पूर्वचेतावनी प्रविधि प्रदान

पेइचिङ, ३० वैशाख । हालै सछ्वान छङ्तु हाई–टेक प्रकोप न्यूनीकरण संस्थानले बताएअनुसार यो संस्थानले विकास गरेको भूकम्पको पूर्वचेतावनी प्रविधिको प्रतिक्रिया समय र विश्वसनीयता जस्ता मुख्य प्राविधिक सूचकहरू र अनुप्रयोग सेवाहरूको मापन विश्वमा अग्रणी स्तरमा छन् र नेपाल, इन्डोनेसिया र टर्कीजस्ता देशहरूमा क्रमिकरूपमा सेवाहरू प्रदान गरेको छ ।
सन् २००८ मा वनछ्वान भूकम्पपछि, चीनले भूकम्पको प्रारम्भिक चेतावनी र तीव्रता द्रूत रिपोर्टिङ टेक्नोलोजी र इन्जिनियरिङ परियोजनाहरूको श्रृङ्खलालाई अनुमोदन र समर्थन गरेको छ ।
छङतु हाई–टेक प्रकोप न्यूनीकरण संस्था सन् २००८ मा स्थापना भएको थियो । विगत १५ वर्षमा संस्थानको भूकम्प पूर्वचेतावनी प्रविधिमा आधारित भूकम्प पूर्वचेतावनी नेटवर्कले २४ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने ७६ वटा विनाशकारी भूकम्पलाई सफलतापूर्वक चेतावनी दिएको छ । मेक्सिको र जापानपछि जनतालाई भूकम्पको चेतावनी दिने क्षमता भएको विश्वको तेस्रो मुलुक चीन बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *