भर्खरै :

पश्चिमा र चिनियाँ आधुनिकताबिचको अन्तर

पश्चिमा र चिनियाँ आधुनिकताबिचको अन्तर

अहिले हामी ऐतिहासिक कालखण्डमा छौँ । केही समयअघि पनि सतहीरूपमै सही आधुनिकताको पर्यायवाची शब्द मानिन्थ्यो– पश्चिम । वास्तवमा पश्चिमाहरू अझै आधुनिकता भनेको एकै थरी मात्र हुन्छ र त्यो पश्चिमा आधुनिकता मात्र हो भन्नेमा विश्वास गर्छन् । यो कथाको लामो इतिहास छ । उन्नाइसौँ शताब्दीको पहिलो अर्ध शताब्दीमा बेलायतमा भएको औद्योगिक क्रान्तिबाट आधुनिकताको आरम्भ भएको थियो । बेलायतको विशाल उपनिवेश फैलाउन त्यो क्रान्तिले बलियो आर्थिक आधार प्रदान ग¥यो । त्यसैको जगमा बेलायतले उन्नाइसौँ शताब्दीको दोस्रो अर्धशताब्दीमा संसारको एकचौथाइ जनसङ्ख्यामाथि शासन गरेको थियो । सन् १९०० सम्ममा आधुनिकताको हावा संरा अमेरिका र युरोपका धेरै भागमा विस्तार भइसकेको थियो । जापानलाई छोडेर त्यो आधुनिकताको लहर मुख्यतः पश्चिमा विश्वमा सीमित थियो । पश्चिमा शैलीको अधुनिकताले संसारलाई दुई भागमा विभाजन ग¥यो ः पहिलो, धनीहरूको संसार अर्थात् पश्चिमा विश्व । दोस्रो, मुख्यतः उपनिवेश बनाइएको संसारको विशाल भूभाग । बीसौँ शताब्दीको दोस्रो अर्धशताब्दीमा संसारमा ठूलो परिवर्तन देखियो । सन् १९४९ मा भएको चिनियाँ क्रान्ति र उपनिवेशवाद मुक्तिको प्रक्रियाले आधुनिकता संसारको अत्यन्त बहुमत जनतासम्म फैलियो ।
यो नयाँ सम्भावनाको लागि चीनले निर्णायक भूमिका खेलेको प्रमाणित हुन्छ । चीनको जनसङ्ख्याको आकार, स्वाधीनता र पहिचानप्रति चिनियाँ भावना, चीनको समृद्ध ऐतिहासिक विगत र प्रभावशाली राजनीतिक नेतृत्वले चीनलाई आधुनिकताको चिनियाँ पथ हासिल गर्न सक्षम बनायो । आधुनिकतामा प्रवेश गर्ने चीन पहिलो पूर्वी एसियाली देश पक्कै थिएन । तर, चीनले हासिल गरेको आधुनिकता निकै महत्वपूर्ण थियो । चीनले आधुनिकताको यात्रामा पाएको सफलताले आधुनिकता प्राप्तिको प्रक्रियामा अन्य विकासशील देशहरूको क्षमता पनि उकास्न सफल भयो । एवंरीतले आज हामी एउटा महान् ऐतिहासिक मोडमा उभिएका छौँ । यसअघि आधुनिकता संसारका धनी देशको सानो अल्पमतमा मात्र सीमित थियो । संसारका बहुमत देश त्यो प्रक्रियाबाट वञ्चित थियो । तर, आज आधुनिकता मानव जातिको लागि कुनै हिस्सामा मात्र सङ्कुचित छैन । बरु अत्यन्त बहुमत जनतासम्म आधुनिकताको लहर फैलिरहेको छ ।
हामी आज ज्यादै भिन्न प्रकारको संसारमा प्रवेश गर्ने दैलोमा छौँ । चीन यो सम्भावनाको स्रष्टा र वास्तुकार हो । विकासशील देशले के कति उपलब्धि हासिल गर्न सम्भव छ भन्ने कुराको उदाहरण हो चीन । कुनै बेलाको अर्ध–उपनिवेश अर्थतन्त्र, दुई शताब्दीको अधिकांश समय मुख्यतः गतिरोधमा बिताएको देश चीनले ऐतिहासिक हिसाबमा निकै छोटो समयावधिभित्र गरिबी उन्मूलन, असामान्य आर्थिक वृद्धि, जनताको जीवनमा रूपान्तरण र अमेरिकी अर्थतन्त्रसँग समान हैसियत बनाउन सक्ला भनी सन् १९५० मा कसले पो सोचेको थियो होला र ¤
हामीले आधुनिकताबारे विचार गर्दा अरू कुनै पनि कुराभन्दा बढी हामीले प्रविधिकै विषयमा सोच्छौँ । बेलायतको औद्योगिक क्रान्तिको स्मरण गर्दा हामी वाष्प इन्जिन र रेलमार्ग सम्झन्छौँ । चीनको उल्लेखनीय प्रांविधिक अग्रगति भनेका विच्याट, तीव्र गतिवान रेल, ५ जी, अन्तरीक्ष खोज, क्वान्टम कम्प्युटिङ, कृत्रिम बौद्धिकता (एआई) र विद्युत्तीय कार आदि हुन् । यिनले संसारमा आँधीबेहरी निम्त्याउँदै छ । यी सबै प्राविधिक उपलब्धि चीनको लागि मात्र होइन, अन्य विकासशील देशहरूको लागि पनि गौरवका विषय हुन् । विकासशील देशहरूले पनि केसम्म उपलब्धि हासिल गर्न सक्छन् भन्ने कुराको यी सबै प्रमाण हुन् । निःसन्देह यी सबै शक्तिशाली प्रमाणले चीन अब संसारको प्राविधिक नेता बन्ने क्रममा छ भन्ने कुराको पनि पुष्टि गर्छ ।
तर, आधुनिकताको आयाम अर्थतन्त्र र प्रविधिमा मात्र सीमित छैन । फेरि एकपल्ट हामी संसारको लागि पश्चिमा आधुनिकताको अर्थ के थियो भन्ने कुरामा विचार गरौँ । पश्चिमा आधुनिकताले उपनिवेशवादको बाटो खन्यो । त्यसले संसारलाई दुई भागमा विभाजन ग¥यो ।

उपनिवेशवाद (खासमा नवउपनिवेशवाद) का दुःखद पक्षहरूमध्ये एउटा पक्ष त्यसले जहाँ जहाँ उपनिवेश लाद्यो, त्यहाँका मौलिक परम्परा, संस्कार र चालचलनलाई न्यूनाङ्कन, उन्मूलन र नष्ट बनाउन खोज्यो । त्यसकारण, उपनिवेश गरिएका देशहरूका समाजले आफ्नो इतिहास र पहिचान गुमाएका छन् । सभ्यताको अवधारणाप्रति आज पश्चिमाहरूको असहिष्णुताको मूल कारण हिजो आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा देशहरूले सभ्यतालाई नै आधार बनाएर स्वाधीनता र भिन्नताको अभ्यास गरेको थियो । तर, अब सभ्यता र सभ्यताबिचको अन्तरलाई बुझ्न, स्वीकार्न र सम्मान गर्न जान्नुपर्छ । चीनले अघि सारेको विश्व सभ्यता पहल (ग्लोबल सिभिलाइजेस इनिसिएटिभ) मार्फत सभ्यताबिचको अन्तरको महत्वलाई गहिरो बुझ्ने प्रयास गरिरहेको छ ।

एउटा भाग निकै सानो तर धनी अनि अर्को भाग निकै ठूलो तर गरिब । चिनियाँ आधुनिकताले भने निकै भिन्न दृश्य प्रस्तुत गरेको छ । पश्चिमाले आधुनिकताको नाममा संसारको ठुलो भागमा उपनिवेश फैलायो भने त्यसको ठुलो उल्टो चीनले सबैको हित हुने सम्बन्ध र बेल्ट एन्ड रोड परियोजनाको प्रस्ताव अघि सा¥यो । अन्तर्राष्ट्रिय शासन व्यवस्थाकै कुरा गरौँ । पश्चिमले बनाएको संसार जी ७ मा आबद्ध धनी देशले प्रतिनिधित्व गरेका विश्वका १२ प्रतिशतभन्दा थोरै बढी जनसङ्ख्याको मुट्ठीभर शासक वर्गले शासन गर्ने अल्पमतको संसार हो । आधुनिक इतिहासमा पहिलो पटक विकासशील देशका जनतालाई नै सबभन्दा पहिलो प्राथमिकतामा राखिएको बहुमतको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय शासनको सम्भावना देखिँदै छ । यहाँ विकासशील देशअन्तर्गत चीन पनि पर्छ । संसारको कुल जनसङ्ख्याको ८५ प्रतिशत जनता अहिले विकासशील देशमा बस्छन् । सन्् १९५० मा यस्तो परिस्थिति कल्पनाभन्दा बाहिरको विषय थियो । न त सन् १९९० मा नै यस्तो सम्भावना देखिन्थ्यो । पश्चिमाको युग सानो अल्पमतको युग थियो । चीनको युग अत्यन्त बहुमतको युग हुनेछ । यो युगमा सिङ्गो संसार अधिकारसम्पन्न हुनेछ ।
तर, नयाँ युगको आयाम भने अझ फराकिलो हुनेछ । आगामी दिनमा सबै देश र संस्कृतिप्रति नयाँ खालको सम्मान हुनेछ । आ–आफ्नो मौलिक इतिहासमा आधारित भएर सबै देशलाई आ–आफ्नो बाटो पहिल्याउन र पछ्याउन प्रोत्साहित गरिनेछ । पश्चिमा आधुनिकताले देशहरूलाई पश्चिमा पथमै हिँड्न लगाउँथ्यो । पश्चिमा शैलीको आधुनिकता नै अँगाल्न कर गथ्र्यो । उपनिवेशवाद (खासमा नवउपनिवेशवाद) का दुःखद पक्षहरूमध्ये एउटा पक्ष त्यसले जहाँ जहाँ उपनिवेश लाद्यो, त्यहाँका मौलिक परम्परा, संस्कार र चालचलनलाई न्यूनाङ्कन, उन्मूलन र नष्ट बनाउन खोज्यो । त्यसकारण, उपनिवेश गरिएका देशहरूका समाजले आफ्नो इतिहास र पहिचान गुमाएका छन् । सभ्यताको अवधारणाप्रति आज पश्चिमाहरूको असहिष्णुताको मूल कारण हिजो आधुनिकता र पश्चिमाकरणको नाममा पश्चिमा देशहरूले सभ्यतालाई नै आधार बनाएर स्वाधीनता र भिन्नताको अभ्यास गरेको थियो । तर, अब सभ्यता र सभ्यताबिचको अन्तरलाई बुझ्न, स्वीकार्न र सम्मान गर्न जान्नुपर्छ । चीनले अघि सारेको विश्व सभ्यता पहल (ग्लोबल सिभिलाइजेस इनिसिएटिभ) मार्फत सभ्यताबिचको अन्तरको महत्वलाई गहिरो बुझ्ने प्रयास गरिरहेको छ ।
धेरै सम्भव चिनियाँ आधुनिकताको युग र प्राविधिक खोजको चमात्कारिक नयाँ चरण एकै समयमा पर्नेछ । यसले विगतमा कहिल्यै नदेखिएको अनुपातमा कृत्रिम बौद्धिकतादेखि चिकित्सक विज्ञानसम्मको फराकिलो क्षेत्रमा संसारमा ठुलो रूपान्तरण देखिनेछ । भविष्यको बाटोमा खाल्डाखुल्डीको कुनै कमी छैन । तर, मुख्यतः आगामी भविष्य मानव जातिको लागि विशाल आशाले भरिपूर्ण छ ।
(लेखक सिङ्ग्वा विश्वविद्यालयको आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध प्रतिष्ठानका अतिथि प्राध्यापक र फुदान विश्वविद्यालयअन्तर्गत चाइना प्रतिष्ठानका वरिष्ठ प्राध्यापक हुन् ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *