यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर नपाले नगर विकासको लागि गरिरहेको योगदान अतुलनीय छ । यहाँ रहेका मठ मन्दिरलाई जोगाएर भक्तपुरलाई विश्व सम्पदास्थल कायम राखिराख्न सफल हुनुमा भक्तपुर नपाको साथै यहाँका बासिन्दाहरूको योगदान पनि हो । यस्तो योगदान सधैँ भइरहोस् ।
हरेक नागरिकको आ–आफ्नो धर्म हुन्छ । आ–आफ्नो धर्म र परम्परामा आँच आउने काम कसैले गर्नुहुँदैन† त्यसलाई प्रोत्साहन गर्नुहुँदैन । जो जहाँ गए पनि सबैले आ–आफ्नो धर्म र संस्कृतिप्रति सहानुभूति राख्छ र हुनु पनि आवश्यक छ । म हिन्दू भन्न अति रुचाउँछु । म जन्मँदै हिन्दू । म जहिले हिन्दू नै हुन्छु । म फुर्सदको समयमा मन्दिर तथा पीठहरूमा जाने गर्दछु । हुन त देवी देवता, मन्दिर र पीठहरूमा पूजाआजा गर्नु हाम्रो रीतिरिवाज र परम्परा हो । यसलाई अझै जीवन्त बनाइराख्नुपर्छ । जसमा वैज्ञानिक कुरा पनि लुकेको पाइन्छ ।
हामीले देवीदेवताहरूको मूर्ति देख्नासाथ अक्षता, अविर तथा आजकल पाइने अन्य केमिकल मिसावट भएको सामानबाट पूजा गरिनु कतिको उपयुक्त हो । यो सबैले मनन गर्नुपर्ने विषय हो ।
पाँचतले मन्दिरको चारैतिरको गणेश मन्दिरहरूको एकचोटि अवलोकन गरौँ । सायद ती मन्दिरहरू एकै पटक बनाएको हुनुपर्छ । म इतिहासविद् होइन । ती मन्दिरका मूर्तिहरूमा गरिएको पूजा र केमिकलले गणेशको मूर्ति नै चिन्न मुश्किल छ । हामीले मूर्तिको रूपलाई बिग्रने गरी किन पूजा गर्नुप¥यो ? यस्तो कार्यले हाम्रा पुर्खाहरूले सिर्जना गरेका सिर्जनशील पुरातात्विक सम्पदाहरू नष्ट हुँदै जान्छ । तसर्थ, हामीले भक्तजनहरूलाई जनचेतना दिनु आवश्यक छ । यसमा हामी सबै लाग्नुपर्ने देखिन्छ ।
लाय्कु दरबार क्षेत्रको राष्ट्रिय चित्र सङ्ग्रहालयको नृसिंहको मूर्तिमा पूजा गरी अविर लगाएको मूर्तिभन्दा अविर नभएको नै राम्रो लाग्यो । जबकि अविर लागेको नृसिंहको मूर्ति भन्दा अलि कस्तो कस्तो जस्तो लागेको मैले अनुभव गरेँ । यदि यो हो भने अविर प्रयोग गरी पूजा गर्नु कति आवश्यक छ ? यसरी नै पूजालाई निरन्तरता दिएमा कालान्तरमा गणेशको मूर्ति नै लोप भएर जाने हो कि भन्ने चिन्ता छ ।
Leave a Reply