भर्खरै :

विश्वासै लागेन !

विश्वासै लागेन !

‘क्रान्तिका लागि’ भनेर
यति विश्वासिलो पाराले ढाँटियो !
यति उत्तेजित बनाइयो !
हामीलाई आफ्नै ज्यानको पनि माया लागेन ।

‘यो देश स्वर्ग हुन्छ’ भनेर
यति मिठो आश्वासन दिइयो !
यति सम्मोहित विश्वास दिलाइयो !
हामीलाई ‘हुँदैन’ भन्ने विश्वासै लागेन ।

‘देश र जनताको लागि’ भनेर
नारा यति गजबको दिइयो !
भाषण यति चर्को गरियो !
उनीहरू धोकेबाज हुन् भन्ने लाग्दै लागेन ।

‘असल काम गर्छु’ भनेर
शपथ यति राम्ररी खाइयो !
पोशाक यति आकर्षक लाइयो !
‘उनीहरू दुष्ट हुन्’ भन्ने लाग्दै लागेन ।

‘म निर्दोष छु’ भनेर
कसम यति गम्भीर खाइयो
यति मायालाग्दो गरी दोहो¥याइयो
‘उनीहरू दोषी हुन्’ भन्ने लाग्दै लागेन ।

‘म भनेको मै हुँ’ भनेर
जेलै लाँदा पनि यति शानसँग भेटियो !
सबैको यस्तो हाइहाइ देखियो !
उनीहरू अपराधी हुन् भन्ने लाग्दै लागेन ।

‘उनीहरू हाम्रा र राम्रा हुन्’ भनेर
नेताका रूपमा ससम्मान पठाइयो !
जब उनीहरूका ‘सक्कली काम’ थाहा पाइयो !
उनीहरू पनि मान्छे हुन् भन्ने विश्वासै लागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *