ख्वप इन्जिनियरिङ कलेजमा साताव्यापी कर्मचारी खेलकुद प्रतियोगिता सुरु
- कार्तिक १७, २०८३
भक्तपुर, ६ जेठ । ब्यासी छोरी बुहारी समूहको आयोजनामा समूह स्थापनाको दुई वर्ष पुगेको अवसर पारी सदस्य भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सृजना सैंजूले नयाँ पुस्तामा राजनैतिक सुझबुझको आवश्यकता भएको औँल्याउँदै ख्वप सर्कलबाट तयार भएका प्राविधिकले जुनसुकै ठाउँमा काम गरे पनि नातावाद, क्रिपावाद र अनियमितता नगरेको बताउनुभयो । उहाँले भ्रष्टाचारीसँग निर्भिक भएर लड्न अबको हाम्रो पुस्ता तयार गर्न सके देशले उन्नतिको बाटो लिन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई शिक्षा सँगसँगै राजनैतिक चेतना नदिँदा आफ्नै सन्तानले वर्गशत्रुको झन्डा समात्न गएको छ । सरकारले महिलाहरूलाई रोजगारीको लागि आदर निकेतन र शिशुशाला स्थापना गर्नुपर्छ । भक्तपुर साकोसले आदर निकेतन स्थापना गरिसकेको छ र अरू सहकारी सङ्घ संस्थाले यसतर्फ पहल गर्नुपर्छ ।”
ब्यासी छोरी बुहारी समूहका अध्यक्ष धर्मलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय कोषाध्यक्ष रोशनमैयाँ सुवाल, स्थानीय गणेशप्रसाद सुवाल, बासु माविका प्राचार्य अम्बिका न्याइच्याई, ब्यासी छोरी बुहारी समूहका सल्लाहकार तथा ख्वप साकोसका अध्यक्ष राजकुमार लघु र समूहका सदस्य सुलोचना सुवालले पनि छोरी बुहारी समूहको प्रगतिको शुभकामना दिनुभयो ।
कार्यक्रममा कलाकार राजाराम बासी र राजाराम नापितले गीत प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply