भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
उजुरी गत वर्ष जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो । त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपितलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
गिरोहले यो धन्दा चलाउन २ देखि ३ तहमा समूह खडा गरेको थियो । त्यसको पुष्टि गर्ने गरी प्रहरी हिरासतमा रहेका गिरोहका नाइके र सहयोगीले नै बयान दिएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरूङ, सागर राई, सन्देश शर्मा ,टोपबहादुरका छोरा सन्दीप, इन्द्रजित राई, खाणका सहयोगी नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरी प्रहरी हिरासतमा छन् ।
सोही प्रकरणमा मुछिएका निरज राई र प्रतीक थापा हालसम्म फरार छन् । उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । थापा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा हुन् भने निरज पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन् । (अन्नपूर्ण ७, जेठ २०८०)
१०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ । (नयाँ पत्रिका, ७ जेठ २०८०)
गृहमन्त्रालयमा पेस भएको शरणार्थीसम्बन्धी अध्ययन प्रतिवेदन ठगी गर्ने गिरोहले गायव बनाएर त्यसको ठाउँमा फर्जी प्रतिवेदन पेस भएको पुष्टि भइसकेको प्रहरीको दाबी छ । गृहमा भएको प्रतिवेदन पहिलेको भन्दा परिमार्जित अवस्थामा रहेको फेला परेको छ । (राजधानी, ७ जेठ २०८०)
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद आङटावा शेर्पाविरूद्ध ५ जनाले किटानी जाहेरी
दिएका छन् । दोलखाका ५ जनाले आफूहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुलेर ठगी गरेको भन्दै शेर्पाविरूद्ध जाहेरी दिएको हो । (अनलाइन खबर, ७ जेठ २०८०)
हाई प्रोफाइल व्यक्ति पक्राउ परेको भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र बिचौलियाको बयान बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदन किर्ते, एसएमएस र केही बाउन्स चेक प्रमाणका रूपमा पेस गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको छ । प्रहरीले आइतबार उक्त अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने जनाएको छ ।
सचिव टेकनारायण पाण्डेको एसएमएसका मात्रै ४० देखि ४५ वटा स्क्रिन सर्ट राखिएका छन्, अन्य बिचौलिया, गिरोह र पीडितका स्क्रिन सर्ट छन्, स्रोतले भन्यो ।
पक्राउ परेका बिचौलियाको बयान केही एसएमएस, केही नसाटिएका चेकका फोटोकपी र बैङ्क स्टेटमन्ेट, उजुरी, प्रयोग भएका सवारी साधन, विभिन्न समयमा बिचौलियामार्फत भेटघाट भएका स्थल र मिति पनि प्रमाणको रूपमा राखिएका छन् । बिचौलियाहरूबाट बरामद भएका केही टिपोट पीडितहरूले रकम दिएको लिखतलाई पनि आधार मानेर अनुसन्धान प्रतिवेदन तयार भएको छ ।
अनुसन्धान अधिकृतका अनुसार प्रतिवेदनमा सचिव पाण्डेले पैसा मागेको, काम गर्न नसक्ने बताएको, मन्त्रीलाई पैसा दिनुपरेको जस्ता विषय समेटिएका छन् । यी सबै प्रमाणको रूपमा प्रयोग हुनेछन् ।
गिरोहका सदस्यसँग मिलेर सचिव पाण्डेले पन्थी कार्यदलको प्रतिवेदन मागेका थिए । सचिव पाण्डेले प्रतिवेदन माग्दा सहसचिव पोखरेलले प्रतिवेदन दिन नमिल्ने भनेका रहेछन् । सोही विषयमा प्रहरी कार्यालयभित्रै झगडा परेको थियो ।
यो प्रकरणमा हाई प्रोफाइलकै व्यक्तिहरूको योजना र मिलेमतो छ, यसमा कुनै शङ्का छैन, कार्यदलको प्रतिवेदन नै किर्ते गरेका छन्, सरकारी छाप, दस्तखतमा मुद्दा बलियो बन्छ, ठगीमा पनि उल्लेख्य प्रमाण छन्, नेपाली नागरिकलाई भुटानी बनाउनेजस्तो राज्यद्रोहको मुद्दा अझ पेचिलो बनेको छ, स्रोतले भन्यो । (नागरिक, २०८० जेठ ७)
१०६ जना पीडित रहेको यो मुद्दामा २६ करोड ८८ लाख ५७ हजार बिगो कायम गरी मुद्दा दायर गर्नुपर्ने प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकारीबिच शनिबार पटक–पटक बैठक भएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया दाङका सन्देश शर्मा पोखरेल यसअघि सामूहिक बलात्कार अभियोगमा समेत पक्राउ परेको खुलेको छ ।
एमाले निकट युवा सङ्घको केन्द्रीय सदस्यसमेत रहेका उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै प्रहरीले नेपाल विद्यार्थी सङ्घका नेता ज्ञानेन्द्र गजुरेललाई पनि पक्राउ गरेको थियो ।
पीडितहरूको उठाएको पैसा लेनदेनमा संलग्न भएका केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापाविरूद्ध पनि चल्ने सम्भावना छ ।
अभियुक्तहरूले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’, काङ्ग्रेस सांसद मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायतको नाम पनि लिएकोमा उनीहरूको संलग्नता प्रहरीले पुष्टि गर्न सकेन । प्रमाण नखुलेका व्यक्तिउपर दोस्रो चरणमा अनुसन्धान गर्ने प्रहरी तयारी छ ।
भागबन्डा हुँदाबखत रातको अबेरसम्म घरमा पार्टी चल्थ्यो । लोकल कुखुरा र खसीको मासु तथा विदेशी ब्रान्डका रक्सी पार्टीमा खपत हुनेगथ्र्याे ।
“सन्देशले नयाँ बानेश्वरमा सशुल्क पार्किङ चलाउँथे । उक्त पार्किङमा रहेको घर नक्कली भुटानी शरणार्थीबाट सङ्कलन गरिएको रकम बाँडफाँटमा प्रयोग भएको बारे प्रहरी जानकार छ । अनुसन्धानमा यी विषय समेटिएका छन्”, उनले भने । (नयाँ पत्रिका, ७ जेठ २०८०)
Leave a Reply