भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, ७ जेठ । भक्तपुरको देकोचादेखि चाँगुनारायणको न्याचोपौवा–मङ्गलटार–साँखु–सलम्बुटारसम्मको सडक चौडा पारिने कार्यको शिलान्यास आइतबार एक कार्यक्रमबिच भएको छ ।
कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले उहाँले प्रदेश सरकारअन्तर्गतका पूर्वाधार विकास र निर्माण कार्यमा कुनै ढिलासुस्ती र अनियमितता हुन नदिने बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रदेशमन्त्री कृष्णलाल भडेल, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर कार्की, भक्तपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष हरिराम सुवाल, चानपा वडा नं. ५ का वडाध्यक्ष जयन्द्र खड्कालगायतले सडक निर्धारित समयभित्रै बनाउनुपर्ने र त्यसमा आ–आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय धुलिखेलका प्रमुख भरतकुमार यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, इन्जिनियर चन्द्रदेव भट्ट, ठेक्का प्राप्त कम्पनीका सञ्चालक अकुरप्रसाद गौतमलगायतले योजना समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
३९ करोड, ५५ लाख, ८ हजार ५३० रुपैयाँ बजेट रहेको उक्त योजनामा ८.६ किमि सडक १२ मिटर चौडा पारिने छ । सुरुमा ५ किमि कालोपत्र गरिने र क्रमागत बजेटमार्फत बाँकी खण्ड कालोपत्र गरिने बताइएको छ ।
Leave a Reply