इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, ७ जेठ (सीआरआई) । मे २५ देखि ३० सम्म आयोजना हुने चोङक्वानछुन मञ्चको प्रविधि व्यापार मेलामा ‘१०० नयाँ प्रविधि तथा उत्पादनको सूची’ र ‘१०० अन्तर्राष्ट्रिय प्रविधि व्यापार तथा नवीन योजनाहरूको सूची’ सार्वजनिक गरिने छ । विश्वका दर्जनौँ देशबाट सङ्कलित नवीनतम, अग्रणी नयाँ प्रविधि र उत्पादनहरू सोही अवधिमा सामूहिकरूपमा देखाइने छ ।
पेइचिङ चोङख पावर टेक्नोलोजी कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हान वैले भन्नुभयो, “१०० नयाँ प्रविधि र उत्पादनहरूको सूचीमा समावेश भएपछि, हाम्रा सञ्चालकरहित ट्रयाक्टरहरू पाकिस्तानलगायतका देशमा अब परीक्षणात्मकरूपमा प्रयोग गरिँदै छ ।”
सन् २००७ देखि आयोजना हुँदै आएको चोङक्वानछुन मञ्चको मुख्य उद्देश्य ‘नवीनता र विकास’ भन्ने हो र विज्ञान तथा प्रविधिको नवाविष्कारमा विश्वव्यापी आदानप्रदान र सहयोगलाई बढाउनु हो । हालसम्म ‘१०० नयाँ प्रविधि र नयाँ उत्पादनहरूको सूची २०२३’ ले विश्वका विभिन्न ३३ देशका २८८० भन्दा बढी संस्थाहरूको तर्फबाट आवेदन गरिएका ३ हजार २ सय २० भन्दा नयाँ प्रविधि र नयाँ उत्पादन परियोजनाहरू पाइसकेको छ ।
Leave a Reply