भर्खरै :

बजेट आर्थिक सङ्कट समाधानतर्फ केन्द्रित हुनु आवश्यक

बजेट आर्थिक सङ्कट समाधानतर्फ केन्द्रित हुनु आवश्यक

हेटौँडा, १० जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशका रक्षक हुनुपर्नेहरू नै भक्षक भएर निस्केको बताउनुभएको छ । वाग्मती प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले थाँक्रोले काँक्रो चो¥यो भन्ने कहावत व्यवहारमा देखिएको चर्चा गर्नुभयो ।
प्रदेशसभा सदस्य गोसाईले रासायनिक मलको समस्या रोपाइँ सुरू हुनुभन्दा अगाडि नै समाधान गर्न माग गर्दै किसान समस्या समाधान नभई अन्य समस्या समाधान नहुने बताउनुभयो । बजेट निर्माणको सन्दर्भमा उहाँले भन्नुभयो, “बजेट वर्तमान आर्थिक सङ्कट समाधानतर्पm केन्द्रित हुन आवश्यक छ । बजेट वितरणमा पक्षपात तथा असन्तुलन नहोस् । मितव्ययिता अपनाइयोस् ।”
वाग्मती प्रदेश सरकारलाई नेमकिपाले बजेट तथा नीति निर्माणको सवालमा ५३ बुँदे सुझाव दिएको उल्लेख गर्दै उहाँले प्रदेश र प्रदेशवासीको हितका निम्ति प्रदेश सरकारले परिपक्वता देखाउने अपेक्षा व्यक्त गर्नुभयो ।
वाग्मती प्रदेशसभालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय सवालमा चिन्तन–मनन गर्ने थलोको रूपमा परिणत गर्न आवश्यक भएको विचार राख्दै प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो, “काठमाडौँ आन्तरिक कलह तथा समस्यामा फसिरहँदा भारतले कालापानीतिर नेपाली भूमिमा अवैध ढङ्गमा भौतिक संरचना निर्माण गर्दै छ । यी विषयमा पनि सबैको ध्यान जाओस् । नागरिकता विधेयक नयाँ राष्ट्रपतिले अगाडि बढाउन खोज्दै छन् । नागरिकता विधेयक पारित भए नेपाली जनता देशभित्र शरणार्थी बन्ने छन् । सिँहदरबार र बालुवाटार नक्कली नेपाली नागरिकताधारीहरूको कब्जामा जानेछ । नक्कली भुटानी शरणार्थीको चर्चा चलिरहँदा यो संवेदनशील विषयतर्पm पनि सबैको ध्यान पुग्न आवश्यक छ ।”
प्रदेशसभा सदस्य गोसाईले लामो समयसम्म प्रदेशसभाको हल निर्माण सम्पन्न नभएको र त्यस कार्यमा अनियमितता तथा भ्रष्टाचारको गाइँगुइँ सुनेको बताउनुभयो । सो सभा हल शीघ्र निर्माण सम्पन्न गर्न र संसदीय समिति गठन तथा प्रदेश सभालाई प्रविधिमैत्री बनाउन उहाँले सभामुखको रूलिङ माग गर्नुभयो ।
सभामुखले तरून्तै यो वर्षभित्र सभा हल निर्माण सम्पन्न गर्न र अन्य कारबाही अगाडि बढाउन सरकारलाई निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *