भर्खरै :

ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

ख्वप अस्पतालका स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण

भक्तपुर, १० जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताले अपनत्व ग्रहण गरेको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गर्न खोजिरहेको बताउनुभयो ।
बुधबार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूसँग अभिमुखीकरण कार्यक्रममा उहाँले ख्वप अस्पताल सञ्चालनको उद्देश्यबारे प्रस्ट पार्दै ख्वप अस्पतालले कोभिड महामारीको प्रतिकूल अवस्थामा पनि स्थानीय जनतासँग हातेमालो गरी निरन्तर जनताको सेवामा अगाडि बढिरहेको बताउनुभयो ।
अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले जनताको मन जित्ने ढङ्गले काम गर्न प्रेरित गर्दै उहाँले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाको कार्यशैलीबाट सिक्न देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू अनुभव आदानप्रदानको क्रममा भक्तपुर आउने क्रम चालु रहेको बताउनुभयो ।
कर्मचारीहरूले समयको परिपालना, बिरामीहरूसँग गरिने व्यवहार र अनुशासनमा विशेष जोड दिन मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नगरवासीलाई २० मिनेटभित्र स्वास्थ्य सेवा दिन सक्ने व्यवस्था गर्नुका साथै नागरिकहरूको स्वास्थ्यसम्बन्धी जानकारी लिन घरदैलो नर्सिङ कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरिरहेको बताउनुभयो ।
अभिमुखीकरणमा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *