भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १२ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिका वडा नं. ८ मा शुक्रबार चारदिने प्राङ्गारिक कृषि खेती तालिम सुरु भएको छ । तालिमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाको कृषि समितिमार्फत किसानलक्षित विभिन्न गतिविधिहरू अगाडि बढिरहेको बताउँदै प्राङ्गारिक कृषि खेती तालिम सञ्चालनबाट विषादीरहित तरकारी उत्पादन, प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग र व्यवसायिक उत्पादनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपाले यसअघि कौसी खेती तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले कृषिप्रधान देशलाई वैज्ञानिक खेतीको आवश्यकता रहेको बताउनुभयो । कृषि उत्पादन बढेसँगै देश आत्मनिर्भर हुँदै जाने र विदेशबाट कृषिजन्य वस्तुको आयात घट्दै जाने हुँदा यहाँका स्थानीयहरूलाई कम जग्गामा धेरै उत्पादन हुने विधि सिकाउन यस तालिमको आयोजना भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले तालिम सञ्चालनबाट धेरै किसानहरू लाभान्वित हुने विश्वास व्यक्त गर्दै यसबाट स्वस्थ खाद्यान्न उत्पादन हुने बताउनुभयो ।
तालिमका प्रशिक्षक अनिता राजचलले तालिममा प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिने र यो जीवन उपयोगी तालिम पनि भएको बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजु र रामसुन्दर बासीले तालिमको उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले प्रशिक्षक राजचललाई माटो परीक्षण गर्ने मेसिन हस्तान्तरण गर्नुभएको थियो ।
Leave a Reply