भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
भक्तपुर, १२ जेठ । ग्रामीण विकास लिई अध्ययनरत विद्यार्थीहरूको बिहीबार एकदिने शैक्षिक भ्रमण सम्पन्न भयो । गोदावरीस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रमा अवलोकन गरिएको थियो ।
शिक्षक सुशीला घजू र सुन्दर ग्वाछाले किताबमा पढेको ज्ञानलाई व्यवहारमा देखाउन र विद्यार्थीलाई जागिरमुखीभन्दा उद्यमशील बन्न प्रेरित गर्न यस्ता भ्रमणहरू नियमितरूपमा गराउँदै आएको जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका पूर्णबहादुर भुजेलका अनुसार उक्त केन्द्रमा विभिन्न प्रविधि र दिगो विकासको लागि उपयोगी र कम लगानीमा खेती र परीक्षण, चयन र प्रदर्शन गरिन्छ । उहाँले पहाडी विकास र कृषिमा एकीकृत दृष्टिकोणमा संलग्न सबै पक्षहरूलाई समेट्ने उद्देश्यका साथ परीक्षण र प्रदर्शन सङ्ख्या बढेको जानकारी दिनुभयो ।
अवलोकनकर्ता काजल थापाले उद्यमशील बन्न र ग्रामीण क्षेत्रका विकासका लागि अन्न र तरकारी खेतीमा मात्र सीमित नरही बिरुवा, जर्मप्लाज्म स्रोतहरू, पुष्प र जीवजन्तु, जैविक विविधताको भण्डारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
आफ्नो अनुभवको आधारमा उद्यमी बन्न उत्साहित युवाहरूलाई अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र पुगी उद्यमी बन्न विभिन्न ज्ञान र तालिम लिन सकिने पनि उहाँले बताउनुभयो ।
प्रशिक्षार्थी
Leave a Reply